निर्णय नं. १८० - जग्गा निखनाई पाउँ भन्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १८० - जग्गा निखनाई पाउँ भन्ने भाग: ५ साल: २०१९ महिना: माघ अंक: १० फैसला मिति :२०१९/०७/२४ २३४६ निर्णय नं. १८० ने.का.प. २०१९ फुल बेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश स. श्री इश्वरीराज मिश्र न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह दे.फु.नं. ४० निवेदक, प्रतिवादी : गुणनिधि घिमिरे विरुद्ध विपक्षी, वादी : छविन्द्र शर्मा घिमिरे मरी मुद्दा सकार गर्ने निजको स्वास्नी मणिकर्णी ब्रम्हणी मुद्दा : जग्गा निखनाई पाउँ भन्ने (१) साहु असामीको ९ नं. हकवालाले निखनी लिने म्यादसरहदमा भए छ महिना विदेशमा गएको भए १ वर्ष थाहा पाउने म्याद थाहा पाएको ३५ दिनभित्र कारवाई गर्नुपर्ने । साहु असामीको ९ नं. मा बेचे किनेको मितिले हकवाला यसै सरहदमा भए छ महिना र विदेश गएको भए १ वर्षसम्म थाहा पाएका ३५ दिनभित्र हकवालाले लिन्छ भने पाउँछ” भन्ने उल्लेख भएको । उक्त ऐनमा ६ महिना वर्ष दिनभित्र भित्र भन्ने बोली नपरी “सम्ममा” भन्ने लेखिएको छ महिना १ वर्षसम्म थाहा पाउने म्याद र सो अवधिसम्ममा थाहा पाएका ३५ दिनभित्र निखन्ने म्याद दिएको देखिन आएकोले ..... (प्रकरण नं. २०) निवेदक तर्फबाट : वकील कृष्णप्रसाद उपाध्याय विपक्षी तर्फबाट : वकील ईच्छाहर्ष फैसला १. यसमा डिभिजन बेञ्चबाट ०१४।११।१५।४ मा फैसला भएउपर दोहर्‍याई पाउँ भन्ने निवेदकको बिन्तिपत्र परी दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुमको प्रमांगी बक्स भई आई दायर भई दुवै थर झगडिया राखी पेश हुन आएको यो मुद्दा हेर्दा । २. मेरो सहोदर दाजु पुरुषोत्तमले गुणानिधिलाई दुर्गा फाँट भन्ने खेत मुरी ।२० मोहरू ५८२५। मा म हकदारलाई समेत थाहा नदिई घरायसमा राजीनामा गरी दिई पास गराइपाउँ भन्ने साहुको नालिस परी पास हुने ठहराई पाल्पा अदालतबाट फैसला भई ०१२।४।१३ मा पाल्पा मालबाट पास गराई लिएको ०१२।१०।५ मा नक्कल लिँदा थाहा भयो । साहु गुणनिधिसँग निखन्न देउ भन्न जाँदा निखन्न दिएन । थैली धरौट राख्न ल्याएको छु । सो थैली साहुलाई बुझाई जग्गा निखनाइपाउँ भन्नेसमेत छविन्द्र शर्माको ०१२।१०।१३ को दर्खास्त । ३. यही जग्गा ०१०।११।१६ मा घरायसमा राजीनामा लिएमा करकाप गरे भन्ने असामी पुरुषोत्तमले मउपर पाल्पा अदालतमा उजुर दिएको ०११ साल चैतमा डिसमिस भएको र सो राजीनामा ०१२।४।१३ गते पास गराई लिएको ०११।०१२ सालदेखि नै जग्गा मैले भोग गरेको गाउँघरमै भएको वादीले मौकैमा थाहा पाएको थाहा पाएका ३५ दिनभित्र उजुर गर्न नसकेको र पास भएको ०१२।४।१३ ले ०१२।१०।१२ गते ६ महिना पुगेकोमा ऐ. १३ गते ६ महिना नाघेपछि उजुर गरेको हुँदा खारेज हुनुपर्ने थैली बुझ्न कर नलाग्ने भन्नेसमेत गुणिनिधिको ०१२।१२।१२।१ को कागज । ४. अगावै थाहा पाएको प्रमाण दिन नसकेको र पास भएको ०१२।४।१३ को मितिले म्याद ६ महिनाभित्रकै उजुर देखिने र वादी हकदार होइन भन्न नसकेकोले समेत थैली बुझी निखन्न दिनुपर्ने, निखन्न नदिएको ठहर्छ । धरौट राखेको थैली ऐनसबालबमोजिम म्यादभित्र लिन आएमा साहुलाई दिने । उजुरवालालाई जग्गाको चलन पुर्जी गरिदिने भन्नेसमेत गुल्मी तमघास मालको ०१२।१२।१९ को पर्चा । ५. सोउपर चित्त बुझेन भन्ने प्रतिवादी गुणनिधिको अपील । ६. अ.बं. ७० नं. ले हदम्याद तारिखको लागि दिनको हिसाब गर्नुपर्दा महिना वर्ष तोकिएकोमा जति दिनको महिना भए पनि संक्रान्तिले हिसाब गर्नु भन्ने किटिएको ०१२।४।१३ ले ०१२।१०।१२ नै ६ महिना पुग्ने ऐ. १३ गते ६ महिना १ दिन हुने र विदेश गएको थिएँ भन्न नसकेकाले साहु असामीको ९ नं. ले सरहदमा हुनेले ६ महिनाभित्रैको थाह