निर्णय नं. २६७२ - घर जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २६७२ - घर जग्गा खिचोला भाग: २८ साल: २०४३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४३/०४/३१ २२४० निर्णय नं. २६७२ ने.का.प. २०४३ २०४३ अङ्क – ४ फुलबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४१ सालको दे.पु.नं. ७७ फैसला भएको मिति : २०४३।४।३१।६ मा निवेदिका/प्रतिवादी : का.न.पं.वडा नं.२८ को हाल वडा नं.३३ डिल्लीबजार बस्ने मैयाँनानी देवी जोशी विरुद्ध विपक्षी/वादी : का.न.पं.वडा नं.२३ धर्मपथ बस्ने सानु बाबा जोशीसमेत मुद्दा : घर जग्गा खिचोला (१) मर्नेका नाउँको वादीले दावी लिएका घर जग्गाहरूमा प्रतिवादीले खिचोला गर्‍यो भन्ने दावी पुग्न सक्ने देखिएन । (प्रकरण नं. ११) निवेदिका/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुङ्गाना र विद्वान अधिवक्ता श्री कुलराज गुरुघराना विपक्षी/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारी प्रसाद सिंह र विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल फैसला न्या.पृथ्वीबहादुर सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्चबाट मिति २०३९।८।२४।४ मा फैसला भएको उपरोक्त मुद्दा फुलबेञ्चबाट दोहर्‍याई पाउँ भन्ने निवेदिका मैयाँनानी देवी जोशीको श्री ५ महाराजाधिराजका हजूरमा विन्तिपत्र परेकोमा यसमा व्यहोरा साँचो भए त्यस अदालतको डिभिजनबेञ्चबाट छिनिएको बिन्तिपत्रमा लेखिएको घर जग्गा खिचोला मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहोराई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने मौसूफका विशेष जाहेरी विभाग मार्फत हुकुम बक्स भई आए बमोजिम फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. स्वर्गीय शन्तलाल जोशीका हामी पत्‍नी छोरा हौं ०१९ सालमा शन्तलालले केही सम्पत्तिको हक गराई दिनु भए पनि पछि रितपूर्वकको बण्डा हुन गर्न बाँकी नै थियो वहाँको पालन स्याहार सम्भार हेर विचार हामीले नै गरी रहेको अवस्था ०३१।२।२४ गते परलोक हुँदा दागबत्ती काजक्रिया समेत कुल धर्म अनुसार सबै हामीले नै गर्‍यौं । विपक्षीले शन्तलालका नाउँमा रहेको महोत्तरी जिल्ला अन्तर्गतका जग्गा नामसारी गराएको जालसाजी सिफारिश जालसाजी ठहराई माग्न दिएको मुद्दा बा.अं.अ. मा र नामसारी मुद्दा महोत्तरी जिल्ला अदालतमा तथा सर्लाही जिल्ला अन्तर्गतको नामसारी बदर मुद्दा म.क्षे.अ. मा दायर छ । विपक्षी मैयाँनानी देवी हाम्रो पिता शन्तलालको पत्‍नी भएको हामीलाई थाहा थिएन । शन्तलालले विपक्षीलाई प्रकाश गरी पत्‍नी बनाई राख्‍नु भएको कानुनी मान्यता प्राप्त कुनै सबूद प्रमाण विपक्षीले दाखिल गर्न सक्नु भएको छैन । अंशबण्डाको ८ नं. अनुसार शन्तलाल परलोक भएपछि उहाँको सम्पत्तिमा दावी गर्न पाउने हक विपक्षीलाई कुनै कानुनले प्रदान गरेको छैन । हाम्रा पति पिता स्वर्गीय शन्तलालका नाउँमा यसै सर्लाही जिल्ला चन्द्रनगर गा.पं.वार्ड नं. ३ख. कि.नं. ८९, कि.नं.१०२, १०३, १०४, १०५, १०६, १५३ वार्ड नं. ३ग. कि.नं. ७ ऐ.४क. कि.नं. १८ ऐ.५(ख) कि.नं.६१ का जग्गा र विष्णुपुर गा.पं.वडा नं.९ कि.नं. २८ को जग्गामा बनेको २ तले घर समेत प्रचलित मोल रु.१६,०००।– जाने घर समेत छ हामीले दिएको जग्गा नामसारी बदर मुद्दामा विपक्षीले प्रतिउत्तर दिँदा जग्गा आफ्नो भनी लेखी दिएको सो नक्कल ०३१।७।२५ मा लिई थाहा हुन गयो । विपक्षीले त्यसै दिन जग्गा घर मेरो हो तिमीहरूलाई चलन उपभोग गर्न दिन्न भनी हटक खिचोला गर्न