निर्णय नं. ३११३ - उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३११३ - उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । भाग: २९ साल: २०४४ महिना: असोज अंक: ६ फैसला मिति :२०४४/०५/११ २३१८ निर्णय नं. ३११३ ने.का.प. २०४४ अङ्क ६ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४३ सालको रिट नं. १७५९ विषय : उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । रिट/निवेदक: जि.कास्की राखी गा.पं. वडा नं. ९ कन्धर्नी डाँडा बस्ने हीमबहादुर कनियल । विरुद्ध विपक्षी : भूमि सुधार शाखा कास्की पोखराका शाखा अधिकृत श्री बाबुराम श्रेष्ठ । श्री संचालक समिति भवानी कालिका मा.वि.धार्रा पाटन राखी गा.पं. वडा नं.८ कास्की । आदेश भएको मिति: २०४४।५।११।५ मा प्रत्यर्थीबाट जग्गा कमाउन लिएको कबूलियत रिट निवेदकले पेश दाखिल गर्न सकेको छैन, विवादित जग्गा विद्यालयले प्राप्त गर्नु भन्दा अघि नै रिट निवेदकले मोहियानी प्राप्त गरेको भए साविकको अमुक जग्गावालाबाट मोहियानीमा कमाउन लिएको भन्न सकेको छैन, ४ नं. जो.अ.नि. पाएको भनेको छ, तर त्यसमा झगडा जनाएको देखिन्छ, यस्तो स्थितिमा प्रत्यर्थी जिल्ला कार्यालय भूमिसुधार शाखा रिट निवेदकको मोही दर्ता गरिपाउँ भन्ने निवेदनमा सबुद प्रमाणबाट वादी दावीको विवादित जग्गामा निवेदक वादीको दावी पुग्न नसक्ने हुँदा खारेज हुने ठहर्छ भनी गरेको निर्णयलाई त्रुटिपूर्ण भन्न सकिने स्थिति नदेखिने । (प्रकरण नं. ९) रिट, निवेदकतर्फबाट: विद्वान अधिवक्ता श्री राजन ढुंगाना प्रत्यर्थीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा,विद्वान अधिवक्ता श्री बद्रिप्रसाद शर्मा उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस इजलासमा पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ : २. जिल्ला कास्की कन्धर्नी डाँडा गा.पं. वडा नं. ९ कि.नं. ४४५ को ४–३–०–२ र कि.नं. ४४० को ११–१३–२–३ समेत जग्गाको भवानी कालिका मा.वि. जग्गाधनी र म निवेदक कानून बमोजिमको मोही हुँ सर्भे नापीका अवस्थामा फिल्डबुकमा मेरो नाम कायम भई हालसम्म मैले नै जोती कमाई आएको एवं भूमिसम्बन्धी ऐन नियम बमोजिम ४ नं. जो.अ.नी. प्राप्त गरेको उक्त जग्गा हाल विजयपुर वेगनास सिंचाई योजनाले अधिग्रहण गरेको हुँदा मुआवजा दिलाई मेरो नाममा मोहियानी समेत दर्ता गरी अर्थात् जोताहाको स्थायी प्रमाणपत्र दिलाई पाउँ भन्ने निवेदकले मिति २०४१।३।२० मा विपक्षी कार्यालयमा निवेदन दिएकोमा श्री भवानी कालिका मा.वि. का संचालक समितिका तर्फबाट उक्त जग्गा २०२४ सालमा नै श्री भवानी कालिका मा.वि. ले प्राप्त गरेको र वादीको जग्गाको मोही होइन भन्ने व्यहोराको प्रतिवाद बयान मिति २०४१।४।१० मा भएको थियो । विपक्षी कार्यालयले मिति ०४३।३।९ मा वादीले प्रमाण पेश गर्न नसकेको भनी वादी दावी नै खारेज गर्ने निर्णय गरेकोले नेपालको संविधानको धारा ७१ अन्तर्गत रिट निवेदन गर्न आएको हुँ । ३. मोहियानी हकको तेरो मेरो सम्बन्धी प्रस्तुत विषय विपक्षी कार्यालयको अधिकार क्षेत्रभित्र पर्ने भएकोले अधिकार क्षेत्रको प्रयोग गर्नुका सट्टा मुद्दा नै खारेज गर्ने गरेको निर्णयमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३१क. को प्रत्यक्ष त्रुटि छ । मैले कानून बमोजिम प्राप्त गरेको ४ नं. जो.अ.नि. एवं फिल्डबुक समेत बदर भएको छैन । मैले पेश गरेको यी प्रमाणहरू के कति कारण, प्रमाण नलाग्ने हो निर्णय कर्त