निर्णय नं. २६७३ - हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६७३ - हक कायम भाग: २८ साल: २०४३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४३/०४/३१ २२४० निर्णय नं. २६७३ ने.का.प. २०४३ २०४३ अङ्क – ४ फुलबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् ०४१ सालको दे.फु.नं. ७८ फैसला भएको मिति : २०४३।४।३१।६ मा निवेदिका/प्रतिवादी : का.न.पं.वडा नं.२८ को हाल वडा नं.३३ डिल्लीबजार बस्ने मैयाँनानी देवी जोशी विरुद्ध विपक्षी/वादी : का.न.पं.वडा नं.७ को हाल वडा नं.२३ धर्मपथ बस्ने सानु बाबा जोशीसमेत मुद्दा : हक कायम (१) अंश लिई बेग्लै बसेपछि त्यस्तो बेग्लै बस्नेले मर्नेको संग बस्ने छँदाछँदै अंश हक पाउन सक्ने देखिएन । (प्रकरण नं. २०) निवेदिका/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुङ्गाना र विद्वान अधिवक्ता श्री कुलराज गुरुघराना विपक्षी/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल र विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज विहारीप्रसाद सिंह फैसला न्या.पृथ्वीबहादुर सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्चबाट मिति ०३९।८।२४।५ मा फैसला भएको उपरोक्त मुद्दा फुलबेञ्चबाट दोहर्याई पाउँ भन्ने निवेदिका मैयाँनानीदेवी जोशीको श्री ५ महाराजाधिराजका हजूरमा विन्तिपत्र परेकोमा “यसमा व्यहोरा साँचो भए त्यस अदालतको डिभिजनबेञ्चबाट छिनिएको बिन्तिपत्रमा लेखिएको हक कायम मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहोराई हेरी कानुन बमोजिम निर्णय गर्नु” भन्ने मौसूफका विशेष जाहेरी विभाग मार्फत हुकुम बक्स भई आए बमोजिम फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. बाबा शन्तलालले रामबहादुर श्रेष्ठ उपर डिग्री बमोजिम बिगो भरी पाउँ भनी लेनदेन बिगो मुद्दा दायर गरी पूर्पक्षमा रहनु भएकोमा निज शन्तलाल २०३१।२।२४ का दिन आफ्नो कालगतिले परलोक हुनु भयो । बाबा शन्तलालका दुई श्रीमती र दुई छोरामा क्रमश श्रीमती सानु बाबा, ल्याइते श्रीमती मैयाँ देवी भन्ने मैयाँनानी १, छोरा निर्मलाल १ र म पुरुषोत्तमलाल भएकोमा बाबा शन्तलालले विरामीको अवस्था हामी सबैलाई नगदी तथा असामी र असल जग्गामा जिम्मा रहेको मेरा शेष पछि सबै श्रीसम्पत्ति चारै जना बराबर बाँडी खानु भन्नु भएकोमा सो कुराको बन्दोवस्त गर्न नपाउँदै वहाँको स्वर्गवास हुँदा शन्तलालको नाउमा जनकपुर अञ्चल महोत्तरी जिल्ला भू.प्र.का.मा दर्ता भएको जग्गामा हामी चारै जनाको हक लाग्ने हुँदा दर्ता नाउँ जारी गरी दिन सिफारिशको लागि चारै जनाको संयुक्त दस्तखतबाट प्रमुख जिल्ला अधिकारीको कार्यालय काठमाडौंबाट नाता प्रमाणित गरी पाएका छौ । यस्तै शन्तलालका नाउँमा नेपाल बैंक मलंगवाबाट रु.४,०००।– को टि.टि फो.नं. ३७।३११ मिति २०३१।२।२ को रकम हामी चारै जनाको हक लाग्ने देखाई पुरुषोत्तमलाले झिकी ल्याएकोले हामी चारैजना निजका हकदार सिद्ध भैरहेछ । हाल मुद्दा सकार गर्न जाँदा हामी चारै जनाको हक भनी दर्खास्त परेको र विपक्षी मैयाँनानीले निजको मात्र हक लाग्ने भनी मुद्दामा हाजिर हुन आउनु भएकोले हक कायम गराई आउनु भनी ०३१।८।५ मा का.जि.अ.ले सुनायो । उक्त मितिबाट ३५ दिनभित्र यो फिराद गर्न आएको छु । अतः मर्ने बाबा शन्तलालको सदिच्छा पूरा गर्न सोही अनुरुप काम कार्यबाही प्रारम्भ गर्दै आएको हुँदा मुद्दा शन्तलालको श्रीसम्पत्तिमा हामी चारै जनाको बराबर दर्ले चार भागको एक भाग मेरो एक भाग सानो बाबा