निर्णय नं. १८२ - लुटपीट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८२ - लुटपीट भाग: ५ साल: २०१९ महिना: माघ अंक: १० फैसला मिति :२०१९/१२/०७ २४९८ निर्णय नं. १८२ ने.का.प. २०१९ फुल बेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री वाशुदेव शर्मा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह फौ.फु.नं. ५९ निवेदक, प्रतिवादी : ल. विष्णुकुमार श्रेष्ट विरुद्ध विपक्षी, वादी : कृष्णवदन रन्जितकारनी मुद्दा : लुटपीट (१) वारदाताको दिन (वा कुनै खास दिन) अन्यत्र फलाना ठाउँमा थिए भन्ने जिकिर लिएमा सोको सबूत जिकिर लिनेले नै गुजार्नपर्ने । .......आफू अन्यत्र रहेको भन्ने कुरा प्रमाणित गर्ने पूर्णअभिभारा निवेदक प्रतिवादी माथि नै रहन्छ । (प्रकरण नं. १५) (२) आफूले लिएको जिकिर प्रमाणित गर्न नसकेमा वादी जिकिर नै साँचो मान्नुपर्ने । ...... अन्य शंका रहित सबुद प्रमाण निवेदकतर्फबाट कुनै पेश दाखिल भएको देखिएन । जब प्रतिवादीले आफू अन्यत्र रहेको कुरा प्रमाणित गराउन सक्दैन तब समान्यतः वादीले भनेअनुसारको स्थानमा प्रतिवादी रहेछ भन्ने कुरा देखिन आउँछ । (प्रकरण नं. १५) निवेदकतर्फबाट : प्लिडर दुर्गाप्रसाद वादीतर्फबाट : सिनियर एडभोकेट देवनाथप्रसाद बर्मा फैसला १. डिभिजन बेञ्चबाट भएको फैसलामा चित्त बुझेन मुद्दा दोहर्याई पाउँ भनी सर्वोच्च अदालत नियमावली, २०१३ को संशोधित नियम ६२ अन्तर्गत निवेदन परी ऐजन नियमावलीको संशोधित नियम ६३ को उपनियम ४ बमोजिम दोहर्याउने निस्सा भई दुवै पक्ष राखी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल हेर्दा, २. ०९।५।२३ गते राती १०।१२ जवान पुलिसफोर्स आई पिस्तोलसमेत देखाई धनमाल कहाँ छ भनी खानतलासी गरी धनमाल र लोग्नेसमेत १० जवानलाई पक्राउ गरी लगेको फेरि १ घण्टापछि ले. विष्णुकुमारसमेत आई बाह्रमासे जुवा खेलाएको भनी खनतलासी गरी धनमालसमेत लगेको र सबै दाखिल नगरी पर्चाई खाने नियत गरेकोले बुझी पाउँ भनी दिएको निवेदनमा जो बुझ्नुपर्छ बुझी बाह्रमासे मुद्दा र जागिरदार उपरको भएकोले दुवै मुद्दा अपीलावट कारवाई गरी दिनु भन्नेसमेत श्री माननीय प्रधान न्यायाधीशज्यूको आदेश भएकाले तपसीलबमोजिमको धनमालको बिगो मोहरू १०३४०।१७ दामासाहीबाट बिगो भराई सजाय गरीपाउँ भन्नेसमेत वादी कृष्णबदन रन्जितकारनीको बयान । ३. सि. रणबहादुरले बालकृष्णको घरमा बाह्रमासे जुवा खेलाएको भनी रिपोर्ट गरेकोले कम्याण्डर च्याम्जुङसमेत गई सो भाद्र २३ गते पक्राउ गरेकोमा बरामद भएको रक्सीसमेत गारतमा जिम्मा दिई बालकृष्णलाई छुट्टा राखी म त्यही पालो बसेको हुँ दालिख भएको माल गोश्वारामा बुझाएकै छु वादीका दावीबमोजिम धनमाल लिए खाएको होइन भन्नेसमेत ह. चिरन्जीवीका रिपोर्ट । ४. चिरन्जीवीका मिलानको रणबहादुर थापा क्षेत्रीको रिपोर्ट । ५. ०९।५।२२ गते बिहान ९।९।। बजेका टायममा पूर्ण शाक्यसमेत १० जवान बज्रबाराही गई २४ गते बेलुकी फर्की आएकाले वारदाता गरेको होइन भन्नेसमेत ले. विष्णुकुमारको रिपोर्ट । ६. सिं. रणबहादुर चिरन्जीवीबाट बाह्रमासे खेलाएका छन् भन्ने रिपोर्ट पर्न आएकाले नं. ८६ का मोटरी लिई सिपाही साथ लिई पक्रन जाँदा खेली रहेको अवस्था फेलापारी पक्रेको हुँ भन्नेसमेत वि.वि. च्याम्जुङको रिपोर्ट । ७. वि.वि. च्याम्जुङ विष्णुकुमार चिरन्जीवी रणबहादुरसमेतले विगो मोहरू. ९१४२।१७ को धनमाल लूटपीट गरेको र रु ११९८। बढी वादीले दावी गरेकोसमेत ठहराई ०१२ साल पौष २२ गते अपील दोश्रा फाँटबाट फैसला गरेको । ८. उक्त फैसला चिक्त बुझेन मोहरू. ११९८। पनि लूटपीट गरेकै हो भन्नेसमेत वादीकृष्णबदनको अपील । ९. घटना स्थलैमा नगएकोमा इ