निर्णय नं. ३११४ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३११४ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: असोज अंक: ६ फैसला मिति :२०४४/०५/१५ २२५९ निर्णय नं. ३११४ ने.का.प. २०४४ अङ्क ६ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट नम्बर १६६१ विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । रिट निवेदक: महेशकुमार एण्ड ब्रदर्श धरानको प्रोप्राइटर कृष्ण कुमार अग्रवाल । विरुद्ध विपक्षी : श्री विराटनगर भन्सार कार्यालय । श्री अञ्चलाधीशको कार्यालय कोशी अंचल विराटनगर । श्री वाणिज्य विभाग,काठमाडौं । आदेश भएको मिति : २०४४।५।१५।२ मा स्पोर्ट सामान झिकाउने इजाजतबाट रिट निवेदकले पैठारी गरेको क्यानभास जूत्ता स्पोर्ट सामान भित्र पर्छ पर्दैन भन्ने विवादको कुरामा भन्सार महसूल दरबन्दीको आधारभूत पुस्तक समेतको आधार उल्लेख गरी सो जुत्ता स्पोर्ट सामान भित्र पर्दैन भन्ने समेत तथ्यको निरोपण गरी विराटनगर भन्सार कार्यालयबाट निर्णय गरेको र सो निर्णय कोशी अञ्चलाधीशबाट सदर गरेको देखिएको र तथ्य सम्बन्धी विवादमा सो जुत्ता स्पोर्ट सामान भित्र पर्छ पर्दैन भनी रिट क्षेत्रबाट तथ्यको निरोपण गर्न नमिल्ने । (प्रकरण नं. १२) रिट, निवेदकतर्फबाट: विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हा प्रत्यर्थीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ : २. निवेदकले गणतन्त्र चीनबाट खेलकूदका सामान झिकाउन २१ डिसेम्बर १९८२ अर्थात् २०३९ सालमा इजाजतपत्र लिई चीनका कम्पनीबाट स्पोर्टसको लागि चाहिने विशेष किसिमको तलुवामा रबरको गोलो किला समेत भएको स्पोर्ट कयानभास जुत्ता झिकाइएको र सो माल नेपालमा आई नपुग्दै आयात इजाजतपत्रको प्रतिलिपि साथ राखी सो इजाजतमा आयात हुन लागेको सो स्पोर्ट क्यानभास सुजको इन्भ्वायस र अन्य सम्बन्धित कागज भन्सार विभागमा तत्कालै पेश गरेको थिएँ । ३. भन्सार विभागले इन्भ्वायस नं. ८३ को २८१८१० ता १२।४।१९८२ अन्तर्गत आयात हुने सो स्पोर्टस क्यानभास जुत्ताको विजक मूल्यमा भन्सार लिने गरी श्री ५ को सरकारको मिति २०४०।२।२४ मा निर्णय भएकोले सो अनुसार गर्नु भनी भन्सार कार्यालय विराटनगरका नाममा मिति २०४०।२।२५ मा आदेश गरी पठाएको थियो । सो आदेश पुगेको दुई साता पछि उक्त स्पोर्ट सुजहरू भन्सारमा आइपुगे सो स्पोर्ट क्यानभास सूज सिल्ड प्राप्त भई जोगवनी ट्रेनबाट आएकोलाई छुटाई भारतीय कस्टममा माल इन्भ्वाइस र इजाजतपत्र जन्याउन पास गराई विराटनगर भन्सार कार्यालयमा सो माल ल्याई भन्सार ऐन, २०१९ को दफा ५ बमोजिम सो मालको विवरण र मूल्य इत्यादी प्रज्ञापनपत्रमा भनी पेश गरेकोमा भन्सार निर्धारण गर्नुपर्नेमा गरिएन । उक्त स्पोर्टस सूज स्पोर्टस समान होइन सामान्य जुत्ताको दरमा भन्सार लाग्छ भनियो । उक्त स्पोर्टस सूजको नमुना खेलकुद परिषद्मा पेश गरी खेलकूदको सामान भित्र पर्दछ वा पर्दैैन भनी निवेदन गर्दा खेलकूद परिषद्ले उक्त क्यानभास जुत्ता खेलकूदको सामान हो स्पोर्टसमा प्रयोग गरिन्छ भनी मिति २०४०।४।२८ मा लेखेको पत्र पेश गर्दा पनि सामान छाडिएन । बरु पुर्गाग्रहद्वारा प्रेरित भई हाम्रो इजाजत अनुसार झिकाइएका स्पोर्टस क्यानभास सूजलाई गैर खेलकूद सामान ठहर्‍याई निकासी पैठारी नियन्त