निर्णय नं. २६७४ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २६७४ - कर्तव्य ज्यान भाग: २८ साल: २०४३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४३/०३/२६ १९६२ निर्णय नं. २६७४ ने.का.प. २०४३ २०४३ अङ्क – ४ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४२ सालको फौ.सा.नं. ४८ फैसला भएको मिति : २०४३।३।२६।५ मा वादी : काले सार्कीको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादी : जि.सुर्खेत लगाम गा.पं.वडा नं.७ बस्ने खड्गे सार्की मुद्दा : कर्तव्य ज्यान (१) अभियुक्तले मर्नेलाई आंशी (खुर्पा) जस्तो धारिलो जोखिमी हतियारले दुईपटकसम्म हिर्काई गर्दन छिनाली कर्तव्य गरी मारी लाश समेत नदीमा फालेमा समेत सावित भई बयान गरेको देखिएकोले समेत यस्तोमा मार्ने पूर्व मनसाय नभएको भन्ने आधारमा अ.बं. १८८ नं. बमोजिम राय लगाएको मिलेको देखिएन । (प्रकरण नं. १३) फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १४ अनुसार साधक सदरको लागि जाहेर गरेको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. जिल्ला सुर्खेत लगाम गा.पं.मा पर्ने जंगल डोर भन्नेमा ढुङ्गा निकाल्ने सल्लाह भई ०३९।९।१५ गते गई ढुङ्गा निकालेका थियौं । बाबु चन्द्रे सार्की र ससुरा खड्गे सार्की जंगलमा पटुवा झिक्न भनी गएको खड्गे सार्की मात्र आएको बाबु नआएकोले खोज तलास गर्दा फेला नपरेकोले ०३९।१०।२९ गते शङ्का लागी ससुरालाई सोधपूछ गर्दा पटुवा काट्दा ढुङ्गा लडी सम्धी मरे मलाई शङ्का गर्लान् भन्ने डरले बेद खोलामा लगी गाडेको भेल आई बगाई सक्यो होला भनेकोले ज्यानसम्बन्धी महल अनुसार कारवाही गरिपाउँ भन्ने समेत जाहेरी दर्खास्त । ३. ०३७ साल बैशाखमा दुहुने गाई उधारो ल्याएको सो गाईको रुपैयाँ बुझाई, बाँकी रु.१९०।– थियो ०३९।१०।१२ गते भोटे जंगलमा ढुङ्गा निकाली सकेपछि बाटोमा बाँकी रु.१९०।– को विषयमा झगडा वादविवाद भई हाताहात हुँदा रिसको झोकमा आँसीले दुई चोटी हानी मारेपछि स्याउलाले छोपी दिएँ सो कुरा साला मनेलाई मात्र थाहा थियो । ०३९।१०।१३ गते रात साला र म भई कर्णाली नदीमा फ्याँकी दियौं भन्ने समेत खड्गे सार्कीले प्रहरीमा गरेको बयान । ४. जाहेरवालाको बाबु हराएको हल्ला हुँदा खड्गे सार्की माथि शङ्का लागी सोधपूछ गर्दा चन्द्रेको लाश बेल खोलामा फाली दिएको पहिले भनेको र आज भोली मने म भई कर्णाली नदीमा फाली दियौं भनेको हुँदा दुवैजना मिली चन्द्रेको लाश कर्णाली नदीमा फालेको विश्वास लाग्छ भन्ने समेत सरजमीन मुचुल्का । ५. खड्गे सार्कीलाई ज्यानसम्बन्धी १३(३) अनुसार, लाश बगाउन सहमति हुने मने कामीलाई ऐ.को ४ नं. अनुसार सजायँ गरिपाउँ भन्ने प्रहरी प्रतिवेदन । ६. लेनदेन विषयमा सम्धिसँग झगडा भई मलाई दुई थप्पड हिर्काए पछि भूइँमा लडाई घुँडाले टेकेपछि छाडी दिएँ मैले पनि रिसको झोकमा निजकै खसेको आँसीले हिर्काउँदा गर्दनको हड्डी छुट्टिएको छाला मात्र बाँकी भई नछिनेकोले अर्को चोट हिर्काई लाशलाई छोडी डेरामा आएँ । अपराधको विषयमा साला भिनालाई मात्र थाहा थियो । ०३९।१०।१३ गते रात साला भिना दुवै भई लाश कर्णाली नदीमा फालेका हौं भन्ने समेत खड्गे सार्कीले अदालतमा गरेको बयान । ७. ०३९।१०।१२ गते भोटेचीन भन्ने जंगलमा ढुङ्गा झिक्ने काम गरी सकेपछि म र पद्माखर घाँस काट्न गयौं । पटुवा झिक्न भनी बाबु र प्र.अर्कोतर्फ गए बेलुका ससुरा मात्र आउँदा बाबु खोई भनी बहिनीले सोद्धा भिनाजु तल्लो बाटो आउनु होला भने रात जंगलमा खोज्दा पत्ता नलागेको सोध खोज गर्दा ढुङ्गा पल्टी भिनाजुको पानी कोखमा लागी मरे ज्यान