निर्णय नं. ३११५ - उत्प्रेषणयुक्त प्रतिषेध वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३११५ - उत्प्रेषणयुक्त प्रतिषेध वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: असोज अंक: ६ फैसला मिति :२०४४/०५/१६ २०५७ निर्णय नं. ३११५ ने.का.प. २०४४ अङ्क ६ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट नं. २६०० विषय : उत्प्रेषणयुक्त प्रतिषेध वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ । निवेदक :का.जि.का.न.पं. वडा नं. १ नक्साल भगवती बहाल बस्ने शेरबहादुर गौतम । विरुद्ध विपक्षी : प्रमुख जिल्ला अधिकारी, जिल्ला कार्यालय काठमाडौं । का.जि.का.न.पं. वडा नं.१ नक्साल भगवती बहाल बस्ने मोहन देव भट्टराई । ऐ.ऐ बस्ने नुनु देवी भट्टराई । आदेश भएको मिति: २०४४।५।१६।३ मा हक बेहकको विवाद उत्पन्न भएमा अदालतको निर्णयले मात्र हक बेहक हुन सक्ने भएकोले सो कागज बदर गरी रहन पर्ने अवस्था नहुँदा निवेदकका माग अनुसारको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल प्रत्यर्थीतर्फबाट : विद्वान सह-न्यायाधिवक्ता श्री जीतबहादुर कार्की उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंहः जिल्ला कार्यालय तथा काठमाडौं प्रमुख जिल्ला अधिकारीले मिति २०४३।३।२४ मा गराएको कागज बदर गरिपाउँ भनी नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ : २. मेरो हकको भोगचलनको का.जि.का.न.पं. वडा नं. १ कि.नं. ७३३ को जग्गा रोपनी ०–२–३ मा मेरो घर समेत भएको र सो घर संगै पश्चिमपट्टि केही खाली जग्गा बाँकी रहेको हुँदा सो जग्गामा मैले ढल बनाएकोमा मेरो उत्तर पट्टीको संधियार विपक्ष नुनु देवी भट्टराईको नाउँबाट टहराको दक्षिणपट्टिको जग संगै खाडल पारी पानी जम्मा गरेकोले ज्यू धनको सुरक्षा तुरुन्त पाउँ भन्ने समेत व्यहोराको उजुरी ०४३।३।८ मा विपक्ष कार्यालयमा दिएको रहेछ । सोही दिन प्रहरीद्वारा मलाई कार्यालयमा उपस्थित गराउँदा मैले मेरो जग्गामा ढल बनाएको हुँ कसैको जग्गा मिची बनाएको छैन ढल निकास सम्बन्धी उजुरी लिई कारवाई किनारा गर्ने यस कार्यालयको अधिकार क्षेत्र भित्र पर्दैन भन्दा भन्दै पनि मलाई विभिन्न मितिमा तारिखमा राख्दै लग्दै मिति ०४३।३।२४ गते प्रमुख जिल्ला अधिकारीज्यूले विभिन्न डरत्रास देखाई हाल बनेको ढल तोडी पुर्नेछु साविक बमोजिम बनाई प्रयोग गर्नेछु भन्ने समेत व्यहोराको कागज लेखाई मलाई सहिछाप गर्न बाध्य तुल्याइयो । सम्पूर्ण व्यहोरा पढी वाची सुनाइएन, उजूरी तथा गराइएको कागजको नक्कल पाउँ भनी माग गर्दा नक्कल समेत दिइएन । विपक्षी प्रमुख जिल्ला अधिकारीज्यूबाट गरिएको उक्त कार्य तथा ०४३।३।२४ को कागज अधिकार विहिन तथा कानूनी त्रुटिपूर्ण हुनाले बदर गराउनका लागि यो रिट निवेदन गर्न आएको छु । ३. ढल निकास सम्बन्धी उजुरी लिन तथा सो सम्बन्धमा कारवाही संचालन गर्न, कागज गराउन समेत प्रमुख जिल्ला अधिकारी ज्यूलाई स्थानीय प्रशासन ऐन, २०२८ तथा कानूनले समेत अधिकार प्रदान गरेको छैन । आफूलाई अधिकारै नभएको विषयमा उजूरी लिई मुद्दाको कारवाही गरिएकोबाट सो अधिकार विहिन गैरकानूनी कारवाही अ.बं. ३५ नं. ले स्वतः बदरभागी छ । विपक्षी नुनु देवीको जग्गा मिची ढल बनाएको भए सो सम्बन्धमा जिल्ला अदालतमा फिराद दिन सक्ने र अन्य ढल निकास नाली सम्बन्धमा कारवाही गर्न सक्ने अधिकार खाने पानी तथा ढल निकास नाली सम्बन्धमा कारवाही गर्न सक्ने अधिकार खाने पानी तथा ढल निकास समिति तथा नगरपञ्चायत ऐन,