निर्णय नं. ३११६ - तायदाती फैसला बदर अंश ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३११६ - तायदाती फैसला बदर अंश । भाग: २९ साल: २०४४ महिना: असोज अंक: ६ फैसला मिति :२०४४/०४/१२ ३५९१ निर्णय नं. ३११६ ने.का.प. २०४४ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको दे.पु.नं. ४५७ मुद्दा : तायदाती फैसला बदर अंश । पुनरावेदक/वादी:का.जि.का.न.पं.वार्ड नं. ३ बस्ने महाराजगन्ज बाँसवारी बस्ने पृथ्वीराज सिग्देल । ऐ.ऐ बस्ने विश्वराज सिग्देल । विरुद्ध विपक्षी/प्रतिवादी:ऐ.ऐ घर भै हाल वीरगंज नेपाल बैंकको नोकरी गर्ने वैजु शर्मा । ऐ.ऐ घर भै हाल धर्मस्थली महांकाल बस्ने थानकुमारी सिग्देल । फैसला भएको मिति: २०४४।४।१२।३ मा अंश लिई भिन्दै बसेपछि छोरा जन्मेमा त्यस्तो छोराले अंश लिई बेगल बसेकोबाट अंश नपाउने । (प्रकरण नं. २४) मानो छुट्टिनु र अंश लिई बेगल बस्ने एउटै कुरा नभई अलग अलग विषय वस्तु हुन, तसर्थ मुद्दा पर्दैको अवस्थामा वादीहरूको जन्म भएको र अंश लिई बेगल बसी सकेको भन्ने ठहर नभई सकेको अवस्थामा समेत मुलुकी ऐन अंश बण्डाको १ र २ नं. बमोजिम आफ्नो अंश भाग पाउनु पर्ने । (प्रकरण नं. २५) पुनरावेदक, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री प्रेमबहादुर विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री विष्णुप्रसाद भट्टराई उल्लेखित मुद्दाःX फैसला न्या.बब्बरप्रसाद सिंहः मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त भई संयुक्त इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा तथा जिकिर यस प्रकार छ : २. हामीहरूको बाबु विपक्षी बैजु शर्माको विवाहिता २ पत्नी मध्ये जेठी विपक्षी थानकुमारी तर्फ १ छोरी मात्र जायजन्म भएको र कान्छी हामीहरूको आमा लक्ष्मीकुमारीतर्फ हामी नावालक वर्ष १० को शक्तिराज सिग्देल १, माहिला वर्ष ८ को विश्वराज सिग्देल १ र कान्छो वर्ष ३ को पृथ्वीराज सिग्देल समेत ३ जना छोराहरूको जायजन्म भएकोमा विपक्षी जेठी आमा थानकुमारीले हाम्रो अंश मार्ने नियतले बाबु बैजु शर्माका नाउँमा ३ जना मात्र अंशियार देखाई नालेश दिएकोमा बाबु बैजु शर्माले प्रतिउत्तर नै नदिएपछि थानकुमारीबाट तायदाती लिई हामी अंशियार छोराहरुको हक नै मेटाई निज विपक्षी थानकुमारीको छोरीलाई विवाह खर्च पर सार्ने गरी ३ भाग अंश गरी दिने भनी २०२७।८।२१।१ मा का.जि.अ. बाट फैसला भएको रहेछ भन्ने कुरा मिति ०२९।७।२ गते विपक्षी गाउँघरमा हल्ला गर्दै हिंडेकोले गएर बुझ्दा हाम्रो अंश मार्ने नियतले फैसला भएको थाहा हुन आएकोले यो नालिश गर्न आएको छु । अतः विपक्षीले दिएको तायदाती र ०३७।८।२१ गते भएको फैसला समेत बदर गरी निजहरूबाट दोश्रो तायदाती लिई निज विपक्षी २ जना र हामीहरूको आमा लक्ष्मीकुमारीको आधी अंश छुट्याई बाँकी हामी ३ जनाको आधी अंश र हाम्रो विवाह खर्च समेत छुट्याई दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको ३ जनाको संयुक्त फिरादपत्र । ३. यी वादीहरू समेत कान्छी स्वास्नी तर्फका छोराहरू भएकोले निजहरू समेत अंशियार हुँदा अघि मेरी जेठी श्रीमती थानकुमारीले अंशमा नालिश गर्दा अंशियार नदेखाई दिएको तायदाती र फैसला समेत बदर गरिपाउँ र मसंग भएको श्री सम्पत्तिको तायदाती लिई वादीहरू तीनजना र दुई श्रीमती समेतको अंश छुट्याई बण्डा गरी विवाह खर्च परसारी दिन समेत मन्जूर छ भन्ने समेत व्यहोराको वैजु शर्माको प्रतिउत्तरपत्र । ४. २०२१।१२।७ मा मेरा पतिदेव वैजु शर्माले घरबाट निकाली दिनु हुँदा यी वादीहरूको जन्म नै भएको थिएन । म उपर सौता लक्ष्मीकुमारी ल्याउनु भएको