निर्णय नं. ८८५८ - मानव बेचविखन तथा ओसारपसार ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८८५८ - मानव बेचविखन तथा ओसारपसार । भाग: ५४ साल: २०६९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६९/०५/१३ ४०९० ने.का.प. २०६९, अङ्क ७ निर्णय नं. ८८५८ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री भरतराज उपे्रती फौ.पु.नं. ०६८–CR–०७८८ फैसला मितिः २०६९।५।१३।४ मुद्दा : मानव बेचविखन तथा ओसारपसार । पुनरावेदक वादीः क कुमारीको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः उदयपुर जिल्ला रामपुर ठोक्सिला गा.वि.स. वडा नं. ६ बस्ने ज्योति राई § सर्वोच्च अदालतको पुनरावेदकीय क्षेत्राधिकारलाई क्रमशः हलुका गर्दै लैजाने विधायिकाको मनसाय रहेको तथ्य विधायिकी इतिहासबाट स्पष्टै देखिएको अवस्थामा विधायिकाको उक्त मनसायविपरीत हुने गरी न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को व्यवस्थाको प्रयोग गर्न नमिल्ने । (प्रकरण नं.६) § न्याय प्रशासनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०६७ द्वारा संशोधित न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) को खण्ड (ग) को कानूनी व्यवस्थाअनुसार शुरु अदालत, निकाय वा अधिकारीबाट तीन वर्षभन्दा कम सजाय गरेको र पुनरावेदन अदालतले सो सजाय उल्टी वा केही उल्टी गरेको अवस्थामा पुनरावेदन अदालतको उक्त फैसलाउपर यस अदालतमा पुनरावेदन लाग्न नसक्ने । (प्रकरण नं.७) § पुनरावेदन अदालतबाट वादी र प्रतिवादीहरूमध्ये ज–जसको हकमा एकैपटक फैसला भएको छ सो आधारमा एकैचोटि फैसला भएकाको हकमा यस अदालतमा पुनरावेदन लाग्ने र नलाग्ने निष्कर्ष निकाल्नु पर्दछ भन्ने न्याय प्रशासन ऐन २०४८ को दफा ९ को मनसाय भएकाले भविष्यमा के कस्तो होला भन्ने अनुमानको आधारमा अमुक प्रकारको निष्कर्ष निकाल्न नमिल्ने । (प्रकरण नं.८) पुनरावेदक वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता किरण पौडेल प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख), (ग) र (२) § न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(१)(क), (ख) र (५)(क) § मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा ४(२)(ख), १५(१)(च) § अ.बं.१९० नं. (विशेष प्रकृतिका मुद्दाहरूको कारवाहीमा पक्षको गोपनीयता कायम राख्ने सम्बन्धी कार्यविधि निर्देशिका, २०६४ बमोजिम प्रस्तुत मुद्दाका जाहेरवाला/ पीडितको वास्तविक नाम परिवर्तन गरिएको छ । निजको वास्तविक नाम र ठेगानासहितको यथार्थ विवरण सिलबन्दी गरी छुट्टै खाममा मिसिलसाथ राखिएको छ ।) फैसला प्र.न्या.खिलराज रेग्मीः प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार रहेको छः– म घरमा बसी आफ्नो घरायसी काम गरिरहेको अवस्थामा प्रतिवादी ज्योति राई निजको मामाको घरमा आएको बेला मसँग चिनजान भई तिमीहरू यहाँ यसरी बस्नुभन्दा विदेशमा ज्यादै खाँचो छ, केही काम गरेर बस्नुपर्छ । मसँग विदेश पठाउने मान्छे छ । म तिमीलाई विदेश पठाइदिन्छु भनी राहदानीसमेत निज प्रतिवादीले नै पैसा लगाई बनाई दिई मलाई विभिन्न प्रलोभन देखाई निज प्रतिवादीले नै मलाई झापाको काँकडभिट्टासम्म पुर्याई त्यहाँबाट अपरिचित मानिसहरूको जिम्मा लगाई निज फर्किआएको र ती मानिसहरूले भारतको बम्बई हुँदै विदेश पठाउने सिलसिलामा मलाई जवर्जस्ती यौन दुव्र्यवहार गर्ने गरेको र महिना मरेपछि पैसा माग्दा तँलाई मैले नेपालबाट किनेर ल्याएको भनेकोले मलाई बेचेको रहेछ भन्ने कुरा थाहापाई म त्यहाँबाट भाग्न उम्कन सफल भई नेपाल आई यो जाहेरी दरखास्त पेश गर्न आएकी छु । निज ज्योति राईउपर कारवाही होस् भन्ने व्यहोरा