निर्णय नं. २६७७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २६७७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४३/०४/१२ २०६० निर्णय नं. २६७७ ने.का.प. २०४३ २०४३ अङ्क – ४ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४२ सालको रिट नं. २४३५ आदेश भएको मिति : २०४३।४।१२।१ मा निवेदक : सुनसरी ईटहरी गा.पं.वडा नं.४ बस्ने हरिप्रिया पौडेल विरुद्ध विपक्षी : जि. सुनसरी सिमरिया वडा नं.४ बस्ने हल्लु उराव झागरसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) रिट निवेदिकालाई आफ्नो कुरा भन्न पाउने अवसर प्रदान गरी निजको कथनलाई समेत विचाराधीनमा राखी निर्णय गर्नुपर्ने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री नारायणराज खरेल विपक्षीतर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री मोहनमणी दाहाल र विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : भूमिसुधार कार्यालय सुनसरीको ०४१।१२।७ को निर्णय र काम कारवाही बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ : २. निवेदिकाले विपक्षी मध्येको लिलादेवी र निजका नावालख छोराहरूको संयुक्त दर्ता हक भोगको कोही मोही नभएको जि. सुनसरी सिमरिया वडा नं.८क. कि.नं.९० को अवलको ज.वि. ३–२–७½ मध्ये उत्तर तर्फबाट ज.वि.२–०–० मिति ०४०।१।२ मा हक टुटाई लिई कित्ताकाट हुँदा कि.नं. १०१ कायम भई अहिले सम्म आफैं जोतभोग गरी आएको छु । विपक्ष हल्लु उराव झागर ०३९।११।२६ मा मरी सकेका साविक जग्गाधनी विजयकुमार उपर मोही कायम गरिपाउँ भन्ने उजूरी मैले हक प्राप्त गरी सकेपछि ०४०।२।३१ मा दिनु भएको र सो उजूरीमा भूल सुधार गरिपाउँ भनी ०४०।८।४ मा समेत निवेदन दिई ०४१।१२।२७ मा कागज समेत गरी दिनु भएछ मूल दावी मध्ये अरु सबै दावी छाडी मैले हक प्राप्त गरेको कि.नं.९० को जग्गाबाट कित्ताकाट भएको ज.वि.२–०–० समेतको ज.वि. २–१–१९ मा मात्र मोही कायम गरिपाउँ भन्ने दावी रहेछ । विपक्षी लिला देवीले प्रतिउत्तरमा कि.नं. ९० को जग्गा आफ्ना नाउँमा थियो भन्ने लेखी मलाई हक टुटाई दिएको कुरा भने देखाउनु भएनछ । तापनि कुनैको मोही होइन भन्ने जिकिर रहेछ । विपक्षी कार्यालयबाट ०४१।१२।२७ मा कि.नं. ९० मध्येको मेरो हकको तर्फको ज.वि. २–०–० सम्पूर्ण समेत गरी ज.वि.२–१–१९ को भू.सं.ऐन, ०२१ को दफा २५(१) अनुसार विपक्ष हल्लु उराव मोही कायम हुने फैसला गर्नुभएको मैले ज्येष्ठको अन्तिम हप्तामा थाहा पाई निवेदन गर्न आएको छु । ३. विपक्ष हल्लु उरावले तत्कालीन जग्गाधनी उपर मोहियानीको प्रमाणपत्र पाउँ भनी सिमरिया गा.पं.वडा नं.८ को कि.नं.४७ को जग्गा दावी गरेकोमा मोहियानी हकको प्रमाणपत्र दिने ०३८।२।२६ मा निर्णय भएको देखिन्छ । प्रस्तुत मुद्दा सो कि.नं.४७ बाहेकको अरु विभिन्न कित्ता समेत खोली मोही प्रमाणपत्र पाउँ भनी उजूरी गरेको छ । उल्लिखित मुद्दामा अ.बं.७३ नं. आकर्षित र क्रियाशिल हुनु पर्दछ । तसर्थ उजूरी दावीमा अ.बं. ७३ नं. अनुसार निर्णय इन्साफ गर्न नमिल्नेमा निर्णय भएको कानुन विपरीत छ । दुवै विपक्षीहरूको मिलेमतोबाट मोहियानी हक प्राप्त गर्ने गराउने षड्यन्त्र गरेको स्पष्ट छ । कि.नं. १०१ कायम भएकोमा विवाद छैन । कि.नं. ९० आफ्नो नाममा नभएको प्रतिउत्तरमा लेखिसकेपछि श्रेस्ता कार्यालय बुझी देखिने जग्गा धनीलाई नबुझी गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत छ । विपक्ष कार्यालयको ०४१।१२।२७ को निर्णय र काम कारवाही उत्प्