निर्णय नं. २६७८ - उत्प्रेषण लगायतको आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २६७८ - उत्प्रेषण लगायतको आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४३/०४/१२ २००४ निर्णय नं. २६७८ ने.का.प. २०४३ २०४३ अङ्क – ४ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् ०४२ सालको रिट नं. २३१० आदेश भएको मिति : २०४३।४।१२।१ मा निवेदक : भद्रपुर नगर पञ्चायत वा.नं.३ बस्ने भजू कामत विरुद्ध प्रत्यर्थी : नेपालगञ्ज न.पं.वडा नं.१३ बस्ने गौरीशंकर मोहपालसमेत विषय : उत्प्रेषण लगायतको आदेश वा पुर्जी जारी गरिपाउँ (१) मोहीले बाली बाँकी राखेकोमा मोही निष्कासन हुनु नपर्ने अन्य आधारको अभावमा मोही निष्कासन गरेको कुरालाई त्रुटिपूर्ण छ भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री नारायणराज खरेल प्रत्यर्थीतर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री मोहनमणी दाहाल र विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. विपक्षी गौरीशंकर मोहपाल नाउँ दर्ताको जि.झापा चन्द्रगढी गा.पं.वा.नं.९ को कि.नं.१३५ को जग्गा विगहा ३–१९–० को म निवेदक दर्तावाला मोही भएकोमा सो जग्गाको ०३५।०३६ र ०३७ सालको बाली दिलाई मोही निष्कासन गरिपाउँ भन्ने विपक्षी गौरीशंकरको बेग्ला बेग्लै उजूरीहरू परी ०३८।८।१५ मा विपक्षी कार्यालयबाट बाली भराई दिने तर मोही निष्कासनतर्फ कारवाही गर्न नपर्ने ठहर भए उपर विपक्षीको यस सम्मानीत अदालतमा तीन बेग्ला बेग्लै रिट निवेदनहरू परी ०४०।४।१६ मा मोही निष्कासनतर्फ केही कारवाही नगर्ने भन्ने हदसम्म बदर भई मोही निष्कासनतर्फ कानुन बमोजिम पुनः निर्णय गर्नु भनी परमादेश समेत जारी भएपछि विपक्षी कार्यालयबाट ०४१ साल फाल्गुण ४ गते निर्णय भयो । उक्त मुद्दाहरू मध्ये ०३५।०३६ सालको बाली तर्फका मुद्दा तामेलीमा राखी दिने र ०३७ सालको वालीको मुद्दामा वादी पक्षबाट अनागरिक मोही भएकोले निष्कासन हुन पर्ने भनी जिरह लिई अनुसूची १(क) को नक्कल पेश गरेको र सो अनुसूचीबाट भारतको जन्म भन्ने देखिएको प्रतिवादीले नागरिकताको प्रमाणपत्र पेश गर्न नसकेकोले भू.सु.ऐनको दफा २५(५)(ख) तथा २९(१) बमोजिम प्रतिवादी मोही, मोही हकबाट निष्कासन हुने समेत ठहराई मुद्दा फैसला भयो । ३. विवादको मुद्दामा पहिले मिति ०३८।८।१५ मा निर्णय हुँदा र यस सम्मानीत अदालतबाट परमादेश जारी हुँदासम्म नागरिक अनागरिकको विवाद आएको छैन । उजूरीमा पनि उल्लेख छैन । भनिएको अनुसूची १(क) को नक्कल के कस्तो हो निवेदकले देख्‍न सुन्न र भन्ने मौका पाएको छैन । नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नगरी सकेको सबै स्वतः विदेशी नागरिक हुन जाने होइन । सो ठहरले निवेदकको मोहियानी हक मात्र गएको नभई निवेदक अनागरिक समेत हुन पुगेको छ । त्यस्तो ठहर गर्ने अधिकार विपक्षी कार्यालयलाई छैन । फैसला अ.बं. ३५ नं. समेत विपरीत छ । यसरी विपक्षी कार्यालयले मिति ०४१ साल फाल्गुण ४ गते गरेको फैसला र सो अनुसार भए गरेको काम कार्यबाहीबाट निवेदकलाई नेपालको संविधान २०१९ को धारा १०(१) र ११(ग)(ङ) द्वारा प्राप्त हकहरू तथा माथि उल्लेख गरिएका कानुनी हकहरू कुण्ठित भएकोले उक्त निर्णय र काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत रिट निवेदन । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आए पछि वा अवधि नाघेपछि पेश गर्नु भन्न