निर्णय नं. ३११७ - उ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३११७ - उ भाग: २९ साल: २०४४ महिना: असोज अंक: ६ फैसला मिति :२०४४/०४/२७ ३०६३ निर्णय नं. ३११७ ने.का.प. २०४४ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह सम्वत् २०४३ सालको रिट नं. २४९५ विषय : उत्प्रेषण । निवेदक :का.जि. का.न.पं. वार्ड नं. ३ महाराजगंज बस्ने गोपालबहादुर के.सी.। विरुद्ध प्रत्यर्थी : गुठी संस्थान केन्द्रीय कार्यालय,काठमाडौं । गुठी संस्थान काठमाडौं,गुठी तहसील कार्यालय,कालमोचन,काठमाडौं । आदेश भएको मिति: २०४४।४।२७।४ मा गुठी संस्थान ऐन, २०३३ को दफा २६(३) मा भएको व्यवस्थालाई हेर्दा श्री ५ को सरकारले शहरी क्षेत्र घोषित गरेको क्षेत्र भित्रको राजगुठी जग्गाको ३ खण्डको २ खण्ड दर्तावालकै नाममा र एकखण्ड खास जोताहाको नाममा दर्ता गरिने छ भन्ने व्यवस्था भएको पाइन्छ, अतः रिट निवेदक उपरोक्त बमोजिम दर्तावाला मोही नभई जोताहा मोही भएको देखिएकोले गुठी संस्थान ऐन, २०३३ को दफा २६(३) बमोजिम खास जोताहा मोहीले पाउने ३ खण्डको १ खण्ड छुट्टाई दिने गरी अधिकार प्राप्त अधिकारीले कानून बमोजिम गरेको निर्णयमा कुनै त्रुटि देखिन नआएकोले निवेदकको निवेदन माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ७) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुंगाना प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री शोभाकर उपाध्याय उल्लेखित मुद्दाःX आदेश न्या.बब्बरप्रसाद सिंहः नेपालको संविधान धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदकको निवेदन तथ्य एवं जिकिर निम्न प्रकार छ । २. का.जि.का.न.पं. वार्ड नं. २३(ख) कि.नं. १०० को कित्ताकाट भई कायम भएको कि.नं. ४५१ को क्षेत्रफल २–९–० जग्गा ज.ध. मा श्री टुडाल देवी गुठी र जोताहा दर्तावाला मोहीमा मेरो नाम दर्ता भई नापी भई मैले बुझाउन पर्ने कुत गुठी संस्थानलाई बुझाई जग्गा आफैंले भोगचलन गरिआएको छु । यस्तो मैले भोगचलन गरिआएको मोहीमा मेरो नाम दर्ता भएको गुठी अधिनस्थ जग्गा आफू खुशी बेचविखन गर्न पाउने गरी गुठी संस्थान ऐन, २०३३ को नेपालको संविधान, २०१९ को धारा ११(२)(ङ) ले पनि मलाई अधिकार दिएको छ र कानूनको अख्तियार विना अपहरण गर्न नपाउने गरी धारा १५ ले हक सुरक्षित राखेको छ । उक्त कि.नं. ४५१ को जग्गाको २०४२ सालसम्मको गुठीलाई बुझाउन पर्ने कुत बुझाई सकेको छु यस्तो मेरो हक भोगको जग्गा गु.स. बाट मिति २०४१।१।२९ च.नं. ९२४० का आदेशानुसार तपाइलाई जोताहाको हैसियतले पाउने ३ खण्डको १ खण्ड कि.नं. ४५१ को क्षे.फ. २–९–० जग्गा मध्ये पूर्व पश्चिम गरी उत्तरतर्फ ०–१३–३ कित्ताकाट गरिदिने र बाँकी जग्गा गुठी संस्थानकै नाममा राख्ने गरी मिति २०४१।१।२६ मा निर्णय भएकोले सोही बमोजिम कार्य गर्नु भनी यस कार्यालयमा आदेश भएकोले तपाइको नाममा कि.नं. ४५१ बाट क्षेत्रफल ०–१३–३ कि.का. भई हाल कायमी कि.नं. ६३२ रहेको र कि.नं. ६३३ मा क्षे.फ. १–११–१ जग्गा गुठी संस्थानकै नाममा कायम भएकोले तपाइले पहिले यस कार्यालयबाट लैजानु भएको जगगा धनी प्रमाण पूर्जाको प्रतिलिपि यस कार्यालयमा बुझाई आफ्नो नाममा कायम भएको कि.नं. ६३२ को ज.ध.प्र.पू. को प्रतिलिपि लिन आउनु हुन यो ३ दिने म्याद लेखिएको छ । म्याद बुझी लिए वा घर दैलामा टाँस भएका मितिले ३ दिनभित्र उपस्थित नभएमा नियमानुसार हुने व्यहोरा यसै पत्रद्वारा सुचित गरिन्छ भन्ने मिति ०४३।२।१४ को पत्र मलाई मिति २०४३।२।१५।५ मा बुझाइयो । मेरा नाउँमा दर्ता भएको कि.नं. ४५१ को जग्गाको जिन्सी कुत मैले बुझाई आएको हुँदा