निर्णय नं. १८५ - बन्धकी थैली बुझी फट्टा दिएनन, राजिनामा जालसाजी समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १८५ - बन्धकी थैली बुझी फट्टा दिएनन, राजिनामा जालसाजी समेत भाग: ६ साल: २०२० महिना: बैशाख अंक: १ फैसला मिति :२०१९/१०/०५ २३११ निर्णय नं. १८५ ने.का.प. २०२० फुल बेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह दे.फु.नं. ११२ निवेदक, वादी : हरिप्रसाद सापकोटा विरुद्ध विपक्षी, प्रतिवादी : एकराम पाध्या मरी मुद्दा सकार गर्ने खेमराज पाध्या मुद्दा : बन्धकी थैली बुझी फट्टा दिएनन, राजिनामा जालसाजी समेत (१) अंशबण्डाका ४९ नं. र रजिष्ट्रेशनको ३ नं. – उक्त ऐनहरूको मनसाय बण्डापत्र रजिष्ट्रेशन पास गराउनु नै पर्ने । अंशबण्डाको ४९ नं.बमोजिम रु. १०० भन्दा बढी चल धनसम्पत्ति घर औ जतिसुकै भए पनि अचल जग्गा जमिन कच्ची पक्की घर र दाखिल खारेज गर्नुपर्ने अचल जग्गा जमिन बण्डा गर्दा साक्षी राखी ऐनबमोजिम बण्डा छुट्ट्याई बण्डापत्रको कागज खडा गरी लिने दिनेको र साक्षीको समेत सहीछाप गरी रजिष्ट्रेशनका ऐनले रजिष्ट्ररी पास गर्नुपर्ने अचल जग्गा जमिन कच्ची पक्की घर जतिको छ ऐनका म्यादभित्र रजिष्ट्रेशन पाससमेत गरिदिनु पर्छ । लेखिएबमोजिम नगरी अंशबण्डा गरेको सदर हुँदैन भन्ने लेखिएको । रजिष्ट्रेशनको ३ नं. ले अंशबण्डाको बण्डापत्रमध्ये दाखिल खारेज गर्नुपर्ने अचल जग्गा र पक्की घर जतिको मात्र रजिष्ट्रेशन गराउनु भन्ने भएपछि दाखिल खारेज गर्नुपर्ने अचल जग्गाको बण्डापत्र पास गराउन पर्ने देखियो । (प्रकरण नं. १७) यदि अचल जग्गा महाजाँच आएको बेला वा अरु कुनै बेलामा दाखिल खारेज गराउनु पर्ने रहेछ भने त्यस्तो दाखिल खारेज गराउन जग्गा भाग बण्डा लगाउन परे बण्डापत्र पास गराई राख्नु पर्छ भन्ने ऐनको मन्साय हो । (प्रकरण नं.१८) (२) अंशबण्डाको ३८ नं. विपरीत काम भए गरेकोमा–साहु आसामीका ८ नं.अन्तर्गतको म्याद भित्र नालेस गर्नुपर्ने । साहु आसामीको ८ नं. मा अब उप्रान्त अंश नभई एकाघरसँग बसेकोले अचल गैह्र बेचबिखन गर्दा ऐनले आफू खुसी गर्न पाउने अरुको मञ्जुरी लिन नपर्ने बाहेक अरुमा एकाघरसँग बसेको सबैको मञ्जुरी लिखत गरिदिएको भएमात्र पक्का ठहर्छ । लिखत नभए लिखत नहुनेले यसै सरहदमा भए ६ महिना र विदेश भएको भए १ बर्ष सम्ममा थाहा पाएका ३५ दिन भित्र उजुर गर्नेको हक जति त्यो वस्तु जो हो सो फिर्ता गराई त्यहि बेचबिखन गर्नेको नाउँमा कपाली तमसुक गराई वा जायजातबाट भराई दिनु । आफूले आर्जेको भए सगै बसेकाको मञ्जुर लिनुपर्दैन । बेचबिखनसमेत गैह्र गर्नु हुन्छ भन्ने उल्लेख भएको । ऐनले आफू खुसी गर्न पाउने अरुको मञ्जुरी लिन नपर्ने बाहेक भन्ने वाक्यहरूको सम्बन्ध अंशबण्डाको ३८ (१) सँग रहेछ भन्ने कर लाग्दछ । त्यस्तो अरुको मञ्जुरी लिई व्यवहार चलाउन बिक्री गर्नुपर्ने सम्पत्ति बाबुले बिना मञ्जुरी बिक्री गरिदिएको खण्डमा सो बिक्रीबाट ज–जसका हक जाने हो, उ–उसले आफ्नो हक कायम राख्न साहु आसामीको ८.नं. को म्याद भित्र उजुर गर्नुपर्छ भन्ने व्यवस्था साहु आसामीको ८ नं. मा पाउँछौं । अंशबण्डाको ३८ नं. मा उल्लिखित बन्देज उपर नालिस गर्न हदम्यादको व्यवस्था अंशबण्डाको महलमा छैन भन्दा साहु आसामीको ८ नं. निष्कृय हुन जान्छ । तसर्थ साहु आसामीको सम्बन्ध स्थापित भएको प्रस्तुत मुद्दामा साहु आसामीको ८ नं. लाग्दैन भन्न मिलेन । (प्रकरण नं.२०) निवेदक तर्फबाट : एडभोकेट कृष्णप्रसाद भण्डारी र एडभोकेट वाशुदेवप्रसाद ढुंगाना प्रतिवादी तर्फबाट : एडभोकेट मधुप्रसाद फैसला १. यसमा मध्यमान्चल उच्च अदालत डिभिजन बेञ्चका फैसल