निर्णय नं. ३११८ - उत्प्रेषणयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३११८ - उत्प्रेषणयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: असोज अंक: ६ फैसला मिति :२०४४/०४/१८ २४६६ निर्णय नं. ३११८ ने.का.प. २०४४ अंङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह सम्वत् २०४२ सालको रि.नं. २०७० विषय : उत्प्रेषणयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक :रोल्पा जिल्ला पाछावाङ गा.पं स्थायी ठेगाना भई का.जि. रामशाहपथ स्थित नेशनल ट्रेडिङ लिमिटेड यन्त्र बिक्री तथा मर्मत केन्द्रमा कार्यरत सि.मे.बहादुर सिंह भट्टराई । विरुद्ध विपक्षी : श्री ५ को सरकार वाणिज्य मन्त्रालयका सचिव बबरमहल,काठमाडौं । श्री पदपूर्ति समिति ने.ट्रे.लि.टेकू,काठमाडौं । श्री नेशनल ट्रेडिङ लिमिटेड केन्द्रिय कार्यालय,काठमाडौं । का.जि.का.न.पं.वार्ड नं. १२ टेकू स्थित नेशनल ट्रेडिङ लिमिटेड प्रधान कार्यालय अन्तर्गत कार्यरत नारायण बहादुर के.सी.। आदेश भएको मिति: २०४४।४।१८।२ मा लो.से.आ. को सामान्य सिद्धान्त २०३५ को दफा १३(१)(ग) हेर्दा सेवाकालिन आन्तरिक वा वैदेशिक तालिम वापत कुनै एउटा तालिमलाई मात्र देहाय अंक दिनु पर्ने छ भनी प्रथम श्रेणी १० द्वितीय श्रेणी ८ तृतीय श्रेणी ६ र प्रमाणपत्रमा श्रेणी नखुलेकोले एकमुष्ट द्वितीय श्रेणी वापतको अंक दिनु पर्नेछ भन्ने व्यवस्था भएको पाइन्छ, निवेदकले तालिम लिएकोमा विवाद छैन र सो वापत अंक पाउने उक्त १३(१)(ग) मा व्यवस्था भइरहेकोले निवेदकले तालिम वापत ८ अंक पाउने । (प्रकरण नं. ११) निवेदकले प्राप्त गरेको जम्मा अंक २४७.८७९१ र प्रत्यर्थीले पाएको जम्मा अंक २५८.१५८२ पाएकोबाट निवेदकको अंकमा उक्त तालिम वापत अंक ८ जोडेमा पनि २५५.८७९१ पाउने सो अंक प्रत्यर्थीले पाएको अंक भन्दा बढी अंक नपुग्ने हुँदा रिट जारी गर्दा पनि निरर्थक हुने हुँदा निवेदकको निवेदन माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला प्रत्यर्थीतर्फबाट : विद्वान सह-न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट र विद्वान अधिवक्ता श्री पुष्करनाथ उपाध्याय उल्लेखित मुद्दाःX आदेश न्या.बब्बरप्रसाद सिंहः नेपालको संविधानको धारा १६ तथा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छ : २. मिति २०२७।१।२४ मा मैले तह ५ को प्राविधिक सिं मेकानिक पदमा नियुक्ति पाई मिति २०३३।१०।३ देखि प्रतियोगितात्मक परीक्षा पास गरी सोही पदमा स्थायी नियुक्ति भई विज्ञापन नं. ४।०४१।४२ स्थानीय गोरखापत्रमा बढुवाको लागि प्रकाशित सूचना अनुसार छैठौं तहको प्राविधिक एक पदमा आन्तरिक मूल्यांकनको आधारमा बढुवा पाउनको लागि योग्य उम्मेदवार ठहरी मैले पनि बढुवाको फाराम भरेको थिएँ । मिति २०४२।६।१६ को गोरखापत्रमा प्रकाशित सूचनामा उक्त पदमा मलाई बढुवा नदिई प्रत्यर्थी नारायणबहादुर के.सी. लाई २५८.१५ अंक दिई सिफारिश गरेको पाइयो यसमा चित्त नबुझेकोले प्रत्यर्थी नं. १ समक्ष लोकसेवा आयोगको सामान्य सिद्धान्त (संशोधन सहितको) २०३५ को परिच्छेद ९ को नियम १ र २ का म्यादै भित्र उजुरी गरेको थिएँ । मेरो उजूरी आधारहिन ठहर्याई मिति २०४२।९।१०।४ मा निर्णय भएको भन्ने व्यहोरा मिति ०४२।९।११ प.स.क.यु. १६।०४२।४३ को पत्रबाट सोही मितिमा मलाई प्राप्त भयो । जबकी मैले शैक्षिक योग्यता वापत ५६ र सेवाकालिन तालिम र अंक गरी मैले जम्मा ६४ पाउनेमा विवाद उठाउन सक्ने ठाउँ छैन । प्रत्यर्थी नारायणबहादुर के.सी. को २० मात्र छ