निर्णय नं. १८६ - बढी अन्न स्टक राख्यो भन्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८६ - बढी अन्न स्टक राख्यो भन्ने भाग: ६ साल: २०२० महिना: बैशाख अंक: १ फैसला मिति :२०१९/११/२७ २२०४ निर्णय नं. १८६ ने.का.प. २०२० फुल बेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री स. ईश्वरीराज मिश्र फौ.फु.नं. १५० निवेदक, प्रतिवादी : मुद्दा सकार गर्ने, न्हुछे थंकु ज्यापुनी विरुद्ध विपक्षी, वादी : कालुचा ज्यापु मुद्दा : बढी अन्न स्टक राख्यो भन्ने (१) वस्तुनियन्त्रण अल्पकालीन अधिकार ऐन, २०१२ अन्तर्गत मुद्दा कारवाई गर्दा सूचित आदेशद्वारा तोकिएको अधिकारी समक्ष मुद्दा दायर हुनु पर्ने–सूचित आदेश बेगर मैजिष्ट्रेटले गरेको कारवाई फैसला कानूनको अनुरुप भन्न नमिल्ने र बदर हुने, सूचित आदेशको अर्थ । वस्तुनियन्त्रण अल्पकालिन अधिकार ऐन, २०१२ अन्तर्गत मुद्दा कारवाई गर्ने बारेमा भएको ऐनको दफा १२ हेर्दा दफा ४ अन्तर्गत (जस्मा आवश्यक पदार्थको सप्लाई वितरण इत्यादिलाई नियन्त्रण गर्ने अधिकार दिएको छ) गरिएको आदेश बर्खिलाप काम भएमा सरकारले सूचित आदेशद्वारा तोकिएको अधिकारी समक्ष मुद्दा दायर भई ठाडो कारवाई हुनेछ भन्ने लेखिएको र सूचित आदेशको अर्थ नेपाल गजेटमा प्रकाशित सरकारी आदेशलाई भनिन्छ भन्ने सोही ऐनको दफा ३ मा परिभाषा दिएको हुनाले उक्त टिप्पणी सदर अनुसारको आदेश ऐनबमोजिम सम्बन्धित मन्त्रालयबाट गजेटमा प्रकाशित गराई मात्र मुद्दा हेरिनु पर्नेमा सोबमोजिम कानूनको रीत पुर्याई गजेटमा प्रकाशित भएकै नदेखिएको हुनाले काठमाडौं मैजिष्ट्रेटले गरेको कारवाई फैसला कानून अनुरुप नभई कानूनी अधिकार बेगर भएको देखिन आएकोले सो मैजिष्ट्रेटको फैसला बदर हुने ठहर्छ । (प्रकरण नं. १४) निवेदकतर्फबाट : एडभोकेट सर्वज्ञरत्न विपक्षीतर्फबाट : सरकारी एडभोकेट जगन्नाथ उपाध्याय फैसला १. डिभिजन बेञ्चबाट भएको फैसलामा चित्त बुझेन । मुद्दा दोहर्याइ पाउँ भनी निवेदीकाको स.अ. नियमावली, २०१३ को नियम ६२ अन्तर्गत निवदेन परी ऐजन नियमावली नियम ६३बमोजिम दोहर्याउने निस्सा भई दुवै पक्ष राखी पेश हुन भाएको मुद्दा हेर्दा, २. जितलाल ज्यापुको घरमा अं.१००।१२५ जति अनाज स्टक राखी छाडेकाले निजको घर खानतलासी होस भन्ने कालुचा ज्यापुको रिपोर्ट । ३. खाद्य विभागको पत्रानुसार ललितपुर मैजिष्ट्रेटबाट निज जितलालको घर खानतलासी हुँदा धान मुरी ६७।१६ स.चा ।६ गहुँ १३।१५ तोरी २।१५ च्यूरा १।१३ निस्केको भन्ने ०१२।३।१३ को खानतलासी मुचुल्का । ४. खानतलासी हुँदाको बखत मेरो घरमा परिबार जवान १० भएको । हालसम्म पनि महजुदै छ । सरकारी रासन कार्ड लिएको छैन भन्नेसमेत जितलालको कागज । ५. जितलालले रासन कार्ड लिएको छैन भन्ने ल.पु. रक्षा मण्डलको जवाफ । ६. खानतलासी हुँदा निस्केको मध्ये परिबार जवान १० लाई खानतलासी हुँदाका मिति देखि ०१२ साल कात्र्तिक मसान्त तकलाई खाना र घर व्यवहार समेतको लागि छुट्याइ बढी देखिन आएको धानमुरी ६१।१७ बढी देखिन आएको । वस्तु नियन्त्रण अल्पकालिन ऐन, २०१२ को (ज) दफाबमोजिम जफत गर्नेसमेत ठहर्छ भन्ने काठमाडौं मैजिष्ट्रेट अफिसको ०१३।१२।६।३ को फैसला । ७. सानूकाजी जितलालको जग्गा मगनीमा र लामा भाजु, जितलाल टमोत जेठाकाजी कृष्णप्रसाद, तुयु भाजु, बुद्धिलालको जग्गा मोहियामा कमाएको तल्सिंह बोटी र वेखामान गुभाजुको गुठी जग्गाको मकैको सट्टा धान मुरी ५।१० समेत तिर्न बुझाउनु पर्ने विचारै नभई का. मैजिष्ट्रेटबाट भएको फैसला उपर चित्त बुझेन भन्ने जितलाल मरी मुद्दा सकार गर्ने हांराचा ज्यापुको अपील । ८. जाहेरव