निर्णय नं. ३११९ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३११९ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: असोज अंक: ६ फैसला मिति :२०४३/०३/२३ २४२९ निर्णय नं. ३११९ ने.का.प. २०४४ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्र केशरी वास्तोला सम्वत् २०४३ सालको रि.नं. १५६३ मुद्दा : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक : जि.सप्तरी त्रिर्कोल गा.पं. वा.नं. ६ बस्ने अनुपलाल सुतिहार । विरुद्ध विपक्षी : भूमिसुधार कार्यालय, सप्तरी । जि.स.त्रिर्कोल गा.पं.वा.नं.२ बस्ने विश्वनाथ प्रसाद रौनियार । आदेश भएको मिति: २०४३।३।२३।३ मा नियम ६ मा भूमिसुधार टोलीले कुनै गाउँ वा नगर पञ्चायतको कुनै एक वार्डको लगत अनुसूची २ बमोजिमको ढाँचामा तयार गरिसकेपछि सो लगत वार्डको यथासम्भव सबै व्यक्तिहरूलाई एकत्रित गरी सुनाउनु पर्दछ भन्ने व्यवस्था गरेबाट त्यस्तो लगत सम्बन्धित वार्डबाटै प्रकाशन हुनु पर्ने बाध्यात्मक व्यवस्था भएको पाइन्छ तसर्थ लगत प्रकाशन कानून बमोजिम भएको नदेखिएकोले त्यसलाई मान्यता दिन नमिल्ने । (प्रकरण नं. १२) एउटा व्यक्ति (जग्गाधनी) को नामबाट प्रकाशन भएको लगतका आधारमा अर्को व्यक्तिको नामको जग्गाको मोही कायम हुन सक्ने अवस्था नहुँदा दावीको जग्गामा रिट निवेदकलाई मोही कायम हुन नसक्ने गरी भू.सु.का. बाट भएको निर्णयमा कुनै कानूनको त्रुटि भएको नदेखिने । (प्रकरण नं. १४) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शिवानन्ददास सरस विपक्षीतर्फबाट :विद्वान सह-न्यायाधिवक्ता श्री राजकिशोर सिंह र विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली उल्लेखित मुद्दाःX आदेश न्या.पृथ्वी बहादुर सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य जिकिर यस प्रकार रहेछ । २. जि. सप्तरी, त्रिकोल गा.पं. वा.नं. ७(क) को कि.नं. २१६ को ०–१६–३ तत्कालीन जमीनदार इश्वरी थापाको भई मैले धेरै अघि देखि मोहियानीमा कमाई आएकोले भूमिसुधार लागू हुँदा १ नं. लगत भरी २ अनुसूची प्रकाशित भई ४ नं. जो.अ.नि. प्राप्त गरी कमाउँदै साल सालको वाली कारिन्दालाई बुझाई भोग्दै आएकोमा हाल सर्भे अवस्थामा म अनुपस्थित रहेकोले सर्भे श्रेस्तामा मोही लेखाउन नपाएकोले जमीदारको कारिन्द सौखितलाल छिटान यादवले जग्गा खोस मोस गर्न खोज्दा मोही स्थापित गरिपाउँ भनी मिति २०३५।३।२० मा उजूरी गर्दा जग्गा इश्वरी थापाका नाममा सर्भेमा दर्ता नभएकोले पछि दर्ता भएपछि दर्तावालाको नाम समेत पत्ता लगाई उजूरी परेका बखत कारवाही गर्ने गरी मिति ०३८।१२।४ मा मुलतवी आदेश भयो । पछि सोही जग्गा इश्वरी थापाले दर्ता गराई विपक्षी विश्वनाथ प्रसादलाई बिक्री गरिदिएको कुरा थाहा पाई मैले मोहियानीमा कमाएको जग्गा मेरो नाममा मोहियानी दर्ता गरी प्रमाणपत्र पाउँ भनी उजूरी गर्दा मोही होइन, १ र २ नं. लगत रीतपूर्वक छैन, जग्गा धनीको प्रतिउत्तर परेको जग्गा रहेको वा.नं. बाट २ नं. लगत प्रकाशन भएको नदेखिएको जमिदारको नामबाट जग्गाको स्वामित्व सरेको प्रमाण नभएकोले मोही कायम गर्न नमिल्ने, दावी खारेज हुने ठहर्छ भनी २०४३।२।२५ मा विपक्षी कार्यालयबाट निर्णय भयो । ३. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(१) अन्तर्गतको मोही हुन ऐनको दफा ३० र नियम ३ बमोजिम १ नं. लगत भरेको २ नं. अनुसूची नियम ६ बमोजिम प्रकाशित भई नियम ९(२) बमोजिम ४ नं. जो.अ.नि. प्राप्त गर्नु पर्ने कानूनी व्यवस्थानुसार निवेदकले २०२२ सालमा भूमिसुधार लागू हुँदा तत्कालीन जम