निर्णय नं. २६८१ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २६८१ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४३/०४/१७ २२९९ निर्णय नं. २६८१ ने.का.प. २०४३ २०४३ अङ्क – ४ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४२ सालको रि.नं. २२५३ आदेश भएको मिति : ०४३।४।१७।६ मा निवेदक : जिल्ला रौतहट प्रेमपुर गौनाही गा.पं.वा.नं. बस्ने मुखाहजरा दुसादसमेत विरुद्ध विपक्षी : भूमिसुधार अधिकारी, भूमिसुधार कार्यालय रौतहटसमेत विषय : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) चेला छोरालाई छोराको परिभाषा भित्र पर्छ भन्न कानुन व्याख्या सम्बन्धी ऐनले मिल्ने देखिँदैन । (प्रकरण नं. १०) (२) भूमिसम्बन्धी ऐनको दफा २६ को उपदफा (१) ले चेला छोराले मोही हक प्राप्त गर्न सक्ने व्यवस्था गरेको नदेखिने । (प्रकरण नं. १०) (३) ऐनले छोरा भनेकोमा चेला छोरालाई छोरा भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं. १०) निवेदिकातर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल विपक्षीतर्फबाट : विद्वान मुख्यन्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. भागीरथ दास वैरागी नाम दर्ताको प्रेमपुर गौनाही गा.पं.वडा नं.६ कि.नं. ५६४ को २–९–० जग्गाको मोही मेरो गुरुबाबु रामसुरत दास वैरागी मिति ०३४।४।१५ मा परलोक भई निजको हकवाला चेला छोरा मैले मोहीमा कमाई आएको, उक्त जग्गा भागीरथ दास बाहेक चार जनाले खरीद गर्दा कि.का.भई कि.नं.५८७ को ०–२–० मुखा हजराको नाउँमा, कि.नं. ५८८ को ०–१–१५ जग्गा सितल हजराको नाउँमा, कि.नं. ५८९ को ०–०–१२ जलेसर हजराको नाममा, कि.नं. ५८० को हरदेव हजराको नाममा, कि.नं.६१८ को १–१०–१६ भागीरथ दासका नाममा कायम रहेको मलाई पत्याई कमाउन दिनु भएकोले मोही नामसारी गरिपाउँ भन्ने विपक्षी सियराम दासले दावी लिएकोमा रामसुरत दास वैरागी भएकोले विवाद भएको छैन । सियारामलाई चेला बनाई राखेको मात्र हो छोरा होइन मोही नामसारी हुने होइन भन्ने म मुखा हजरा र भागीरथ दासको बयान भयो । विपक्ष भूमिसुधार अधिकारीज्यूबाट ०४१।११।९ मा रामसुरत दास वैरागीले छोरा चेला भनी आफ्नो नाउँको जग्गा समेत सियाराम दास वैरागीको नाममा ०३३।४।२४।१ मा बकसपत्र समेत गरी दिएको आधारमा मरुवा मोही रामसुरत दास वैरागीको कि.नं.५९०, ५८८, ५८९, ५८७ र ६१८ समेतको जग्गाको मोही निजको चेला छोरा सियाराम दास वैरागीको नाममा भू.सं. ऐन, २०२१ को दफा २६(१) बमोजिम मोही नामसारी गरी दिने ठहर्छ भनी निर्णय भयो । ३. चेला छोरा छोराको परिभाषा भित्र आउन नसक्ने भई उक्त फैसला कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २(म) र भू.सं.ऐन, ०२१ को दफा २६(१) को प्रतिकूल छ । मठमा पूजा गरी भिक्षाटन आदि गरी जीवन गुजारा गर्ने फकिर भू.सं.ऐन, ०२१ को दफा २(ख) मा गरिएको परिभाषा भित्र पर्न सक्दैन । विपक्षीको गुरुको भू.सं.नियम, ०२१ को दफा ३, ६, ९ अनुरुपको १ नं. २ नं.आदि लगत प्रकाशन नै छैन । शेषपछिको बकसपत्रको आधारमा मोहीयाी नामसारी हुन नसक्ने अर्थात् अपुतालीको रुपमा मोहियानी जान नसक्नुको साथै मोहीले इच्छाएको व्यक्तिलाई प्राप्त हुन नसक्ने हुनाले उक्त निर्णय ने.का.प. ०२९ फु.बे.नि.नं.९६७ मा प्रतिपादित सिद्धान्तको विपरीत छ । उपरोक्त बमोजिम नेपालको संविधानको धारा १०(१), ११(२)