निर्णय नं. १८७ - परमादेशको रीट जारी गरी पाउँ भन्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८७ - परमादेशको रीट जारी गरी पाउँ भन्ने भाग: ६ साल: २०२० महिना: बैशाख अंक: १ फैसला मिति :२०१९/०९/२० २७२९ निर्णय नं. १८७ ने.का.प. २०२० फुल बेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश स.श्री ईश्वरीराज मिश्र न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह रीट नं. ५।६ निवेदक : ठाकुररामराज बैद्य समेत विरुद्ध विपक्षी : नेपाल बैंक लिमिटेड विषय : परमादेशको रीट जारी गरी पाउँ भन्ने (१) परमादेशको रीट – निर्विवाद स्थापित भएको शंकारहित हक प्रचलन गर्नामा मात्र प्रयोग गर्न मिल्ने । सम्पत्तिमा हक स्थापना गर्न र तथ्यको जटिल प्रश्नको निर्णय गर्न परमादेशको रीटद्वारा नमिल्ने । बैंकमा रहेको एकाउन्ट अपरेट गर्न पाउने हक विवादस्पद देखिएको र उल्लेखित वोर्ड वा कमिटीहरू मध्ये कसैले सो बैंकमा रहेको रकम अपरेट गर्न पाउने हो सो कुरा साक्षी प्रमाण बुझी कानूनबमोजिम यकिन गर्नुपर्ने देखिन्छ । परमादेशको रीट जारी गर्ने अधिकार सर्वोच्च अदालतको असाधारण अधिकार क्षेत्र हो र निर्विवाद स्थापित भएको शंकारहित हक प्रचलन गर्ना निमित्तमात्र यो रीट प्रयोग गरिन्छ । परमादेशको कारवाईबाट सम्पत्तिमा हक स्थापना गर्न मिल्दैन भन्ने सामान्य सिद्धान्त भएको र जहाँ तथ्यको जटिल प्रश्नको निर्णय गर्नुपर्ने हुन आउँछ । त्यसमा यो रीट जारी गर्न मिल्ने देखिँदैन । (प्रकरण नं. २७) आदेश १. यसमा नेपाल कानून व्याख्या ऐन, २०१० को दफा २ को प्रकरण (घ) ले संस्था समेतलाई व्यक्ति जनाउँछ र नेपाल अधिराज्यको संविधान धारा ६ मा कानूनबमोजिम बाहेक कुनै व्यक्तिको पनि सम्पत्ति कुनै कसैले अपहरण गर्न नपाउने तथा प्रत्येक नागरिकलाई सम्पत्ति आर्जन गर्ने, आफ्नो कानूनी हक भएको सम्पत्ति भोग गर्ने ग्रहण गर्ने, तथा बेचबिखन गर्ने अधिकार सुरक्षित राख्ने व्यवस्था भएको छ । २. नेपाल अधिराज्यका भूतपूर्व प्रधानमन्त्री स्वर्गीय राजर्षि श्री ३ युद्ध शमशेरले नेपालको तत्कालिन खाद्य समस्या समाधानको लागि उहाँकातर्फबाट खरीद गरी खुवाउन श्री ३ मोहन शमशेर जिम्मा दिनु भएको भारतीय नोट २,५०,००० दुई लाख पचास हजार श्री ३ मोहनले मुलुकीखानामा धरौट राख्नु भएको रहेछ । ३. आफ्नो इच्छानुसार कामका लगाई नदिई रुपैयाँ धरौट राखेको खबर श्री ३ युद्दले पाएपछि सो रुपैया निवेदकलाई दिने र निवेदकले जनताका हितको काममा लगाई दिने इच्छा प्रकट गर्नुभयो र यस सम्बन्धमा लेखापढी भयो । ४. दाताले संकल्प गर्नुभएको धनको सदुपयोग होस भन्ने विचारले बोर्ड खडा गरी बोर्डको निर्णयानुसार खर्च गर्ने राय निवेदकले दाता समक्ष पठाउँदा उहाँको प्राइभेट सेक्रेटरी हरिभक्तको भाखाबाट पठाउनु भएको चिठ्ठीको प्रतिलिपि अंगको रूपमा प्रस्तुत गरेको छु । ५. त्यसबाट उक्त रकम निवेदकको विचारले खर्च गर्ने गरी दातव्य गर्नु भएको र त्यस्तोमा आफ्नो र आफ्ना सन्तान समेत हकअधिकार नराखी निवेनदकलाई नै सौपनु भएको स्पष्ट हुन्छ । ६. दाताको विश्वास र पवित्र भावनाको कदर गरी उहाँको इच्छानुसार कार्य गरौं भनी प्रेरीत निवेदकले उक्त रकमको सञ्चालनार्थ श्री युद्धदान ट्रष्टिज बोर्ड नामको एक संघ ०८।२।४ गते गठित गरे । जसमा श्री बालचन्द्र शर्मा अध्यक्ष र श्री ज.उपाध्यक्ष हुनु भयो र निवेदक सेक्रेटरी र श्री कृष्णहरि कोषाध्यक्ष सर्वश्री राम शंकर, ऐश्वर्यलाल, हरिगोविन्द चन्द्रानन्द सदस्य तथा वाशुदेव शर्मा बार यट–ला कानूनी सल्लाहकार हुनु भयो । ७. उक्त बोर्डको गठन पश्चात तत्कालिन श्री ५ को सरकारबाट उक्त रकम सदर मुलुकीखानाबाट झिकी बोर्डको नामको खातामा विपक्षी