निर्णय नं. १८८ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १८८ - लेनदेन भाग: ६ साल: २०२० महिना: बैशाख अंक: १ फैसला मिति :२०१९/१२/१४ ३१४३ निर्णय नं. १८८ ने.का.प. २०२० फुल बेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री दुर्गादत्त उपाध्याय न्यायाधीश श्री वाशुदेव शर्मा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह दे.फु.नं. ३६ निवेदक, वादी : श्री ३ माहिली महारानी कृष्णकुमारी राणाजीनी विरुद्ध विपक्षी, प्रतिवादी : तारा शम्सेर ज.ब.रा. समेत मुद्दा : लेनदेन (१) साहुले ऐनको म्याद भित्रै ऋणीबाट आफ्नु लेना असूल गर्न आयस्ता रोक्का गरेमा र आसामीबाट सोही नै कर्जा विषयमा पत्र लेखिएको भएमा त्यसै चुप लागी बसेको भन्न नमिल्ने । म्यादै भित्र कारवाई उठाएको भन्न पर्ने । लिखत भएको मितिले १० बर्षभित्र साहु आसामीको २ नं.बमोजिम ब्याज असूली वा भाखापत्रसमेत भएको देखिन नआएकाले म्याद नाघी सकेको हो कि भन्ने हकमा लिखतमा ब्याज लिने शर्त नभएकाले ब्याज असूली जनिने अवस्यै नभएपनि सोही लेनामा ०३ साल देखि रानी रत्नकुमारी समेत ३ जनाका आयस्ता वादीको एकाघरको ज. निर सम्मेशरले रोक्का राखी निर भवन तहवीलबाट सावाँतर्फ कटाउँदै लगेकोमा प्रतिवादीहरू सावितै रहेको र सो कुरामा साहु आसामीको ३५ नं.बमोजिम म्याद भित्र नालिस उजुर नगरी चित्त बुझाई बसेको मात्र नभई सो कुरालाई मञ्जुर गरी मेरोतर्फको आयस्ता रोकी राखी बक्सेकोले खरिदी दाज्येज्यूतर्फको ५।६ सालको मिन्हा होस भन्ने ज. निर सम्शेरले र आयस्ता रोक्का गरी बक्सेकोले सारै संकटमा परेको छु सबै माफी बक्सने वा ३ जनाको २५०० दरले ७५०० लिई बक्सी अरु फुकुवा बक्सने चाँडो छिनी पाउँ भन्ने भन्ने रत्नकुमारीले तहबीलको सुब्बा मार्फत चिठ्ठी लेखिएको देखिएको । आयस्ता फुकुवा गरीपाउँ भन्ने मुद्दाको वादी लेखाइबाट उक्त चिठ्ठीको रुपैयाँ सोही कर्जा विषयमा उल्लेख भएको हो भन्ने कुराको परिपुष्टि हुन आएकाले साहु त्यसै बसी केही नगरी आसामीको मोलाहिजामा रहेको भनी भन्न नहुने हुनाले म्याद नाघेको भन्ने प्रतिवादीतर्फको जिकिर पुग्न सक्तैन । (प्रकरण नं. २२) (२) एउटै लिखतको आधारमा–धेरै व्यक्तिहरू भएमा एउटा उपर चलाइएको म्याद भित्रै कारवाई भएमा पछि अरुहरूले म्याद नाघेको दाबी भन्न नपाउने बाबुले लिएको ऋण सबै अंशियारले व्यहोर्नुपर्ने । वादी दावीको कर्जा सापटी आयस्ता रोक्का रहने रत्नकुमारी, बिनायक सम्शेर, उदय सम्शेर, बाहेक अरु प्रतिवादीले तिर्नुनपर्ने हो कि भन्नलाई कर्जा सापटी लिने क. मान सम्शेर, प्रतिवादी आमा, छोराहरूका लोग्ने र बाबु भई एउटै तमसुकको कर्जा देखिएको र उक्त कर्जा सापटी असूल गर्नाको निमित्त माथि उल्लेख भएबमोजिम साहुतर्फबाट १० बर्षभित्रै चलेकोले अरु प्रतिवादीहरूको हकमा पनि सोही तमसुकको म्याद गएको भन्न नमिल्ने । रत्नकुमारी, बिनायक सम्शेर, उदय सम्शेरले मात्र तिर्ने गरी साहुको समेत मञ्जुरी लिई साहु आसामीका २१ नं.बमोजिम निजहरूको भागमा परेका प्रमाणीत हुन नआएको र लोग्ने बाबुले लगाएको ऋण निजको सम्पत्ति बण्डा गरी लिने सबै अंशियार स्वास्नी छोराहरूले तिर्नुपर्ने हुनाले सबै अंशियारले दामासाहीले पर्न आउने रु. २५००। का दरले बुझाउनु पर्ने हुन आउँछ । फैसला १. फुल बेञ्चबाट भएको फैसलामा चित्त बुझेन । मुद्दा दोहर्‍याइ पाउँ भनी निवेदीकाको निवेदन परी बक्स भई आएका हुकुम प्रमांगीबमोजिम दोहोर्‍याउने भई दुवै पक्ष राखी पेश हुन आएको मुद्दा हेर्दा : २. क. मान सम्शेरले मसँग २ महिनाको भाखा गरी ९६ साल मार्ग महिनामा नोट रु. २० हजार निब्र्याजी सा