निर्णय नं. ३१२० - परमादेश समेत ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३१२० - परमादेश समेत । भाग: २९ साल: २०४४ महिना: असोज अंक: ६ फैसला मिति :२०४४/०५/१४ २६०५ निर्णय नं. ३१२० ने.का.प. २०४४ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको रि.नं. १६०८ विषय : परमादेश समेत । निवेदक :जिल्ला बर्दिया ढोडरी गा.पं.वा.नं. ५ घर भई हाल का.न.पं. वा.नं.२२ डिल्लीबजार डेरा गरी बस्ने डा.ऋषिप्रसाद शर्मा । विरुद्ध विपक्षी : त्रिभुवन विश्व विद्यालय सेवा आयोग, त्रिपुरेश्वर काठमाडौं । आदेश भएको मिति: २०४४।५।१४।१ मा न्यूनतम आवश्यक योग्यतामा वा “पि.एच.डी.” भन्ने शब्द उल्लेख भएकोबाट मास्टर डिग्रीमा प्रथम श्रेणीमा उर्तीर्ण भई पि.एच.डि.गरेको हुनपर्ने भन्ने अर्थ गर्न मिल्दैन । सम्बन्धित विषयमा पि.एच.डी. हुनु नै पर्याप्त हुन्छ । निवेदकले संपूर्णानन्द संस्कृत विश्व विद्यालयबाट पि.एच.डि. (विद्यावारिधी) गरेको देखिँदा उक्त संस्कृत विषयको उप प्राध्यापक पदमा सम्मिलित हुन नपाउने भन्न नमिल्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाटःX विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली उल्लेखित मुद्दाःX आदेश न्या. पृथ्वी बहादुर सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार रहेछ । २. म निवेदकले साहित्य विषयमा आचार्य द्वितीय श्रेणीमा र १९८१ मा संपूर्णानन्द विश्वविद्यालयबाट स्नातकोत्तर भाषा विज्ञान प्रमाणपत्रीय परीक्षा द्वितीय श्रेणीमा उत्तिर्ण गरी १९८३ मा विद्यावारिधि (पि.एच.डी.) को उपाधि समेत प्राप्त गरेको छु । प्रत्यर्थी आयोगको मिति ०४१।६।२६ मा गो.प. मा प्रकाशित वि.नं. ६।४१ को क्र.सं. ३ मा संस्कृत विषय समेतको उपप्राध्यापक पदको विज्ञापन गरेको र सो विज्ञापनको आवश्यक न्यूनतम योग्यता मध्ये पि.एच.डि. लाई पनि स्थान दिएकोले म निवेदक संस्कृतमा विद्यावारिधी उपाधि प्राप्त हुँदा उम्मेदवार भई दर्खास्त ०४१।७।२६ मा द.नं. ६२९ मा दर्ता गराएँ । उक्त विज्ञापन अनुसार दर्खास्त दिने उम्मेदवारको नामावली र अन्तर्वार्ता मिति समेत निर्धारित गरी मिति ०४२।८।४ मा सूचना प्रकाशित गरेकोमा ०४२।९।१५ अन्तर्वार्ता मिति निर्धारित गरेको छ । म निवेदकको नाउँ अन्तर्वार्ता दिन पाउनेको सूचीमा समाविष्ट नगरेकोले निवेदन दिन आएको छु । किन समावेश नगराएको हो भनी सम्पर्क राख्दा जानकारी दिइएन । मलाई अन्तर्वार्ताको दिन पाउने हकबाट वञ्चित गरिएको छ । अतः अन्तर्वार्तामा सामेल गर्नु पर्ने भन्ने परमादेश जारी गरी कुण्ठित मेरा मौलिक हकहरू संरक्षित गरी प्रचलित गरिपाउँ, यो रिटको टुंगो नलागेसम्म संस्कृत विषयको उपप्राध्यापक पदको अन्तर्वार्ता स्थगित राख्नु भन्ने अन्तरिम आदेश प्रत्यर्थीका नाउँमा जारी गरिपाउँ भन्ने समेतको रिट निवेदन जिकिर । ३. विपक्षीबाट लिखितजवाफ मगाउनु भन्ने समेतको यस अदालत सिंगल बेञ्जको आदेश । ४. अन्तरिम आदेश जारी गरिपाउँ भन्ने ऋषिप्रसादको पुनः निवेदन परी प्रस्तुत रिट निवेदनमा अन्तिम टुंगो नलागेसम्म अन्तर्वार्ता नगर्नु भन्ने समेतको अन्तरिम आदेश जारी भएको । ५. त्रि.वि.वि. वा यसबाट मान्यता प्राप्त शिक्षण संस्थानबाट सम्बन्धित विषयमा प्रथम श्रेणीमा मास्टर डिग्री प्राप्त गरी सम्बन्धित विषयमा कम्तिमा १ वर्ष पढाएको हुनु पर्ने वा त्रि.वि.वि. अन्तर्गतका अनुसन्धान केन्द्रमा अनुसन्धान कार्य गरेको अनुभव हुनु पर्ने वा पि.एच.डि हुनु पर्ने सम्मको व्यवस्था देखिन्छ । अतः व