निर्णय नं. १८९ - उत्प्रेषणको रीट जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८९ - उत्प्रेषणको रीट जारी गरी पाउँ भाग: ६ साल: २०२० महिना: बैशाख अंक: १ फैसला मिति :२०२०/०२/१५ २३४९ निर्णय नं. १८९ ने.का.प. २०२० डिभिजन बेञ्च न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री उपेन्द्रराज पण्डितज्यू रीट नम्बर १८/५८ निवेदक : श्रीधरप्रसाद तिमिल्सिना विरुद्ध विपक्षी : नेपाल राष्ट्र बैंकका गभर्नर श्री लक्ष्मीनाथ गौतम मुद्दा : उत्प्रेषणको रीट जारी गरी पाउँ (१) कानूनी अधिकार बन्चित गराइएको भए र निर्णय कानून अनुरुप नदेखिएमा रीटद्वारा बदर हुने । कानूनले प्रदान गरेको अधिकार कानूनबमोजिम स्वयं आफैंले प्रयोग नगरी, फाइलहरू संचालक समितिमा पेश गरी संचालक समितिबाट निवेदकलाई बर्खास्त गर्ने निर्णय भएकोले, उक्त नियमबमोजिम गभर्नरको आदेशमा चित्त नबुझ्ने कर्मचारीले १ तहमात्र संचालक समितिमा अपील गर्नपाउने कानूनले दिएको अधिकारबाट पनि निवेदकलाई बन्चित गराइएको देखन्छ । सो कानूनबमोजिम बर्खासीको निर्णय गभर्नरले नगरी अन्तिम तहको संचालक समितिमा सोझै पठाइ संचालक समितिले बर्खास्त गर्ने निर्णय गरेको कानून अनुरुप नदेखिएको र त्यस्तो गर्न अधिकार छ भनी विपक्षी नेपाल राष्ट्र बैंकले पेश गर्न वा जिकिर लिनसमेत नसकेकोले कानूनको रीत नपुर्याइ भए गरेको उक्त निर्णयलाई कानूनी मान्यता दिन नमिल्ने हुँदा उक्त अनियमित तरिकाबाट भए गरेको निर्णय उत्प्रेषणको रीट जारी गरी बदर गरिएको छ । (प्रकरण नं. १२,१३,१४,१५) निवेदकतर्फबाट : प्लिडर गंगाप्रसाद तिमिल्सिना नेपाल राष्ट्र बैंकतर्फबाट : सिनियर एडभोकेट देवनाथप्रसाद बर्मा आदेश १. ०१८।३।१५ को निवेदकको निवेदन देहायबमोजिम रहेछ । (१) नेपाल राष्ट्र बैंकबाट १७।१२।२४ तथा १८।२।१५ मा मलाई दिएका दुवै पत्रहरूको १–१ कपी यसैसाथ प्रस्तुत गरेकोबाट त्यसमा लेखिएका कुराहरू श्री मानमा अवगत हुने नै छन् (२) प्रतिवादी माग्ने गरी पहिले दिएको १७।१२।२४ का समेत पत्रमा उल्लेख भएका दफाहरू मध्ये पहिला दफामा लेखेको नाम फरक तह नाघी लेखापढी गर्यो भन्ने कुरोलाई लेखापढी गर्दा भूल हुने स्वभाविकै कुरा हुँदा भूललाई अपराधको संज्ञा दिइ अपराध सिद्ध नहुने । (३) आरोपपत्रमा उल्लेखित दोश्रो तेश्रो दफाको हकमा सजायको रूपमा नसिहद दिइ १७।१०।१५ मा लेखी पठाएको पत्र महजुदै हुनाले फेरी तेही कलमलाई पनि लिइ दोहरा अपराध कायम गर्न नागरिक अधिकार ऐन दफा ११ (२) अनुकूल हुँदा सो कलमहरूमा अघि नै निर्णय भईसकेको । (४) लिन नहुने टेण्डर लिएको भन्नेबारे दफाको हकमा पनि सो विषयमा तलब बृद्धि वा प्रमोशन रोक्का किन नगर्नु भनी अघि नै मबाट प्रतिवाद लिइसकेको र मैले लेखेको कुरो कायम नमानिएको भए एक कुरामा रोक्का हुनुपर्ने सो नभएबाट मेरो जिकिर मनासिव देखिन आई टुंगो लागिसकेको भन्नुपर्ने । त्यस कुरामा पनि फेरी प्रतिवाद मागी अपराध कायम गर्न नहुने । (५) सर्टिफिकेटमा लेखिएको कुरा ढांटेको भन्ने लेखिएको आरोपलाई छोटकरी कुरा जाहेर गरेकोबाट ढांटेको भन्न नहुने मेरो जिकिर भएपछि यति कुराबाट जिकिर अनुचित हो भनी बर्खासीपत्रमा उल्लेख नभएकोबाट ढाँटेको भनी लगाइएको आरोप मनासिव भन्न नहुने र सोही अपराधमा १७।९।२६।२ मा मलाई पत्रदिएको देखिनाले आईन्दा कामकाज गर्दा राम्रो ध्यान राखी गर्न हुन तपाँईको ध्यान आकर्षित गरिन्छ भनी नसिहद तवरबाट सो आरोपको पनि अन्तिम कारवाइ भईसकेपछि पुनः सोही कुरामा दोहर्याई आरोप भनी नामकरण दिन नहुने । (६) छैठौं दफाको आखिरमा रकम आफूले लिन खोज्ने र रु. ४। सम्म पनि मिठाइ किन्न कटाइ लिने गरेका भन्ने कुरासम्म आरोपपत्रमा लेख