निर्णय नं. ३१२१ - हक कायम गरी खिचोला मेटाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३१२१ - हक कायम गरी खिचोला मेटाई पाउँ भाग: २९ साल: २०४४ महिना: असोज अंक: ६ फैसला मिति :२०४४/०४/१० २४५४ निर्णय नं. ३१२१ ने.का.प. २०४४ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको दे.पु.नं. ५९१ मुद्दा : हक कायम गरी खिचोला मेटाई पाउँ । पुनरावेदक/वादी:का.जि.का.न.पं. वार्ड नं. २७ असन किसीढोका बस्ने भिम लाल कायस्त। विरुद्ध विपक्षी/प्रतिवादी:का.जि.का.न.पं. वार्ड नं.२७ न्हैकतला ब्रम्हचोक बस्ने हर्ष दास तुलाधर । ऐ.ऐ बस्ने हर्षदासका एकाघर सगोलमा बस्ने स्वास्नी हीरा तुलाधर । ऐ.ऐ बस्ने चक्रपति राज उपाध्याय । ऐ.ऐ बस्ने हिरा बहादुर कर्निकार । ऐ.ऐ बस्ने गोपाल शर्मा । ऐ.ऐ बस्ने गोपालकी श्रीमती ललिता शर्मा । ऐ.ऐ बस्ने भुवनेश्वर उपाध्याय । ऐ.ऐ बस्ने मदन राजोपाध्याय । ऐ.ऐ बस्ने मुकुन्द राजोपाध्याय । ऐ.ऐ बस्ने मदन शर्मा । ऐ.ऐ मोहन काजी शर्मा । ऐ.ऐ बस्ने प्रेम जीवन शर्मा । ऐ.ऐ बस्ने हरि ओमकाजी शर्मा । ऐ.ऐ बस्ने कदम मैया शर्मा , फैसला भएको मिति: २०४४।४।१०।१ मा दावी नै नलिएको कुरामा अदालतबाट इन्साफ गर्न नमिल्ने । (प्रकरण नं. १६) पुनरावेदक, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल उल्लेखित मुद्दाःX फैसला न्या.गजेन्द्र केशरी बास्तोलाः म.क्षे.अ. को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. असन टोल एताछे चोकदेखि पूर्वपट्टि ४ तले ५ कवलको घर लगापात र सो एताछे चोक देखि दक्षिण पट्टिको ९ कवल मध्ये ६ कवले १ नाले ४ तले घर र त्यसको लगापात पताल चोक समेत ११ कवल घर र सो घरको लगापात चोक समेत मिति १९६९।३।२४।१ मा असन टोल किसी ढोका बस्ने गंगादेवीबाट फार्छे गरी गराई लिई र सोही एताँछे चोक देखि दक्षिणपट्टिको ९ कवल मध्ये ३ कवल १ नाले ४ तले घर र सो घरले चर्चेको लगापात समेत अघि नै बुद्धिमान राजभण्डारी संग खरीद गरी लिई फिरादीका बाबु सिद्धिलाल र वहाँका शेष पछि वादीले भोग चलन गरी आएको घर जग्गामा नापी हुँदा सो एताछे चोक र एताछे चोक देखि उत्तर फिरादी कै पर्खाल सो देखि दक्षिणमा रहे भएको पूर्व पश्चिम १४ फिट ११ इन्च लामो उत्तर दक्षिण १० फिट १०” चौडा फिरादीको हक भोगचलनको पाताल जग्गा समेत एताछे चोक र फिरादीको पर्खाल देखि उत्तर तर्फ रहे भएको ब्रामण चोकमा मिलाई कि.नं. ४५१ बाट साझा जनिई नापी भएकोमा फिरादीले सबै व्यहोरा खोली सो कि.नं. ४५१ को साझा चोक जनिएको कित्ताबाट फिरादीको हक भोगचलनको पाताल जग्गा र एताछे चोक कित्ता फोड गरी फिरादीका नाममा दर्ता गरिपाउँ भनी निवेदन गरेकोमा ३ नं. नापी गोश्वाराबाट नापीका समयमा फिल्डबुक सरजमीनबाट साझा चोक भनी उल्लेख भई आएको मनासिब देखिँदा त्यसैलाई कायम राख्ने गरी मिति ०३६।१०।१ मा निर्णय गरिएको छ यस्मा चित्त नबुझे ३५ दिनभित्र अदालतमा उजूर गर्न सक्ने गरी मिति ०३६।१०।२२ मा सूचना बुझी पाएको मितिले ३५ दिनभित्र मुलुकी ऐन जग्गा मिच्नेको १ नं. तथा नाप जाँच ऐन, ०१९ को दफा ६ को उपदफा ७ अन्तर्गत फिराद गर्न आएको छु । अतः फार्छे पत्र बमोजिम एताछे चोक र पाताल समेत छैन । भनी सबुद प्रमाण विना साझा भनी बयान गरी गराई विपक्षी मध्येका हर्षदास तुलाधार तथा लक्ष्मी हिरा तुलाधर समेतले साझा भनी खिचोला गरे गराएकोले पूर्व फिरादीको घर पश्चिम बाटो