निर्णय नं. १९० - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९० - अंश भाग: ६ साल: २०२० महिना: बैशाख अंक: १ फैसला मिति :२०१९/०२/१२ २२९२ निर्णय नं. १९० ने.का.प. २०२० फुल बेञ्च माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान माननीय न्यायाधीश श्री स.ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री वासुदेव शर्मा दे.फु.नं. १८ निवेदक, प्रतिवादी : गणेशबहादुर श्रेष्ठ विरुद्ध विपक्षी, वादी : आशालाल श्रेष्ठ मुद्दा : अंश (१) चल धानमाल बुझेको छोडपत्र पास गर्नु नपर्ने । ...चल धनमाल बुझेको कागज रजिष्ट्रेशनको ३।४ नं. का ऐनले पास गर्नुनपर्ने भएकोले चल धनमाल अर्थात लत्ताकपडा नगद सुनाचाँदीको हकमा सो लिखतबाट वादीले लिइसकेको कायम हुने भएकोले चल धनमालतर्फ बण्डा गरी दिनपर्ने देखिएन । (प्रकरण नं. २५) (२) अचल घर जग्गा गैह्रको हकदावी छाड्दा अड्डामा गई पास गराउनु पर्ने । रजिष्ट्रशनको ३ नं. मा देहायमा लेखिएबमोजिमको कागजपत्र गर्दा गराउँदासमेत रजिष्ट्रेशन अड्डामागै पास गराउनु भन्ने र देहायमा आफ्नो हक छोडी दिएको इत्यादि कागजपत्र भन्ने लेखिएको हुनाले उक्त ऐनले अचल घर जग्गा गैह्रको हकदावी छाड्दा अड्डामागै पास गराउनुपर्ने देखिन्छ । पास नगराएको सदर नहुने भएकाले अचल घर जग्गाको हकमा बण्डा गरी दिनै पर्ने देखिन आयो । (प्रकरण नं. २७) निवेदकतर्फबाट : एडभोकेट श्री कृष्णप्रसाद भण्डारी विपक्षीतर्फबाट : प्लिडर श्री पूर्णनारायण प्रधान फैसला १. बाबु वीरबहादुरको ३ छोरामा जेठा म, माहिला गंगाबहादुर, कान्छा गणेशबहादुर भएको । मे.ज. महाबीर सम्शेरको बैठके भई कलकत्तामा रहने र घरमा जहान बालबच्चासमेत रहेको । मैले नोकरी गरी कमाएको घरमा बराबर पठाउने गरेको थिएँ । जेठा बाबुको स्वास्नी वनदेवी र छोरा समेत भई उनीहरूको घर दिलबहादुर समेतलाई बेचेको कुरा सुनें ।०११ साल जेष्ठ १७ गते घर आई बुझ्दा सगोलको धनबाट भाइ गंगाबहादुरले घर निखनाइ पाउँ भनी रु. ८००१। धरौट राखी उजुर गरेको रहेछ । मेरो निखन्नेतर्फ नालेस परेकै छ । धरौट रुपियाँ फिर्ता लेउ भन्दा नलिएको हुनाले ०११।३।१। देखि मानु छुट्टि नालेस गर्न आएको छु । धरौट राखेको रु. ८००१। मध्ये ३ खण्डको १ खण्ड मोरु २६६७। भाइहरूले नपाउने गरी रोकी मलाई दिलाई ३ खण्डको १ खण्ड अंशसमेत छुट्याइ पाउँ भन्ने वादी । २. बाबु बीरबहादुरको जेठो वादी माहिलो म, साहिला गणेशबहादुर, कान्छा भिमबहादुर समेत ४ छोरा जन्मेको । बाबु परलोक भई आमा र हामी भाइहरू सगोलै बसी आएको । ९१ सालमा ज. महावीर सम्शेरका साथ इलामतर्फ गएको । निजले ईलाममै विवाह गरी ९८ सालमा घर आई आमासँग आफ्नो भागको नगदी कसन तमन घरको मोल गर्दा मोरु. ६०००। ठहरेकोले त्यसको ५ भागको १ भाग रु. १२००, ।९८।४।२०।२ मा बुझी आमाका नाउँमा अंश हक दावी छोडी छोडपत्र गरी दिएकोले २००० साल आश्विन ११ गते मैले पनि रु. १२००। लिई हक छाडी दिएको । आमा र कान्छो भाइ परलोक भईसकेको हुनाले घरमा वादीको र मेरो अंश नभई गणेशबहादुरको एकलौटी हक भोग छ । घर निखनाइ पाउँ भनी नालेस गरी अंशमा समेत झुट्टा दावी गरेको हो । सगोलको धनबाट धरौट राखी निखनाइ पाउँ भनी नालेस गरेको होइन । वादीको जहान बच्चा घरमा बस्न आएको र निजले खर्च पठाउने गरेको समेत होइन भन्नेसमेत गंगाबहादुरको प्रतिवादी। ३. वादीले ९८ सालमा आई अंश छुट्याई दिनुहोस भनी घरको मोल रु. ६०००। राखी त्यसको ५ भागको १ भाग मोरु १२००। अचल धनमालसमेत बुझी ९८।४।२० मा अंश छाडेको छोडपत्र लेखी देशतर्फ गएको र माहिला दाजु गंगाबहादुरले पनि २०००।६।११ मा रु. १२००। लिई छोडपत्र गरी बेगल बस्न गएको । आमा र म कान्छो भाइ सगोल ब