निर्णय नं. २६८४ - लिखत दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २६८४ - लिखत दर्ता बदर भाग: २८ साल: २०४३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४३/०४/०७ २७४० निर्णय नं. २६८४ ने.का.प. २०४३ २०४३ अङ्क – ४ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको दे.पु.नं. ७२३ फैसला भएको मिति : २०४३।४।७।३ मा पुनरावेदक/वादी : वीरगञ्ज नगर पञ्चायत वडा नं.६ बस्ने कृष्णकुमारी भन्ने चेतकुमारी शाह विरुद्ध विपक्षी/प्रतिवादी : जिल्ला झापा अर्जुनधारा गा.पं.वडा नं.४ बस्ने लेखनाथ गुरागाइसमेत मुद्दा : लिखत दर्ता बदर (१) अधिकारविहिन व्यक्तिबाट भएको राजीनामा लिखत र सोही आधारबाट भएको दर्ता समेत बदर गर्नुपर्ने । (प्रकरण नं. ११) पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री शिवराज अधिकारी र विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल फैसला न्या. सुरेन्द्रप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।९।२५ को फैसलामा चित्त नबुझेकोले पुनरावेदनको लागि अनुमति पाउँ भनी वादीको परेको निवेदनमा मिति २०४२।२।२ मा पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार रहेछ । २. मेची अञ्चल अदालत पाराखादी गा.पं.वडा नं.२ मा दर्ता भाग भएको दामकाम गर्नलाई विपक्षी मध्येका कृष्णराजलाई मिति २०३३।२।१५।६ मा मञ्जूरनामा गरी दिएकी हुनाले सो साल देखि दामकाम गरी आउनु भएकोमा निज कृष्णराजले सन्तोषजनक काम नगरेकोले दामकामबाट हटाउन परी मिति २०३५।७।५।१ मा दामकाम गरेसम्मको पारिश्रमिक बुझाई दिएपछि दामकाम गर्दा बिक्री भएका बाहेक बाँकी जग्गामा कित्ताहरू खुलाई जग्गा घर र धनमाल बुझाई विभिन्न मुद्दा मामिला समेतका कामलाई वारिसनामा लिखतका कागजमा सीर पुछारमा मेरो सहिछाप भएको व्यहोरा लेखी लिफा थान आठ बाँकी रहेको र मेरा नामको नागरिकता प्रमाणपत्र तथा धनिपुर्जी समेत १ महीनाभित्र बुझाउनु भनेर मलाई दिएको दामकाम गर्ने मञ्जूरनामा बदर छ भन्ने समेत व्यहोराका भर्पाई सरहको उक्त २०३५।७।५ मा लिखत गरी दिनु भएको भाखामा बुझाउन नआएकोले ताकिता गरी रहेको अवस्था कृष्णराजले दामकाम छाडी सकेकोले जग्गा घर बेच्ने र लिने लेखनाथ समेतको मानिसलाई भई रजिष्ट्रेशन गर्दैछ चाँडो आउनु भन्ने प्रमाणका मानिस मध्ये हरिबहादुरले २०३५।९।२२ मा खबर पठाएकोले २०३५।९।२३ गते मालपोत कार्यालयमा आई बुझ्दा विपक्षी कृष्णराजले लिखतमा उल्लेख गरी बुझाएको कित्ता मध्ये कि.नं. ३४१, ३७४, ६७९ को ज.वि.१–१२–५ र कि.नं. ३४१ को कित्तामा बनेको घर कटेरा समेत विपक्षी मध्येका लेखनाथ मोहनप्रसादलाई र कि.नं. ६७८ को जग्गा चन्द्रप्रसादलाई कि.नं. ६५८ मध्ये ०–४–१० को जग्गा दातारामलाई कि.नं. ६५७ मध्ये ०–३–० ठगबहादुरलाई भर्पाई कागजले बदर भइसकेको मञ्जूरनामा कागजबाट २०३५।८।२२ मा राजीनामा पारीत गरी लिनु दिनु गरेको २०३५।९।२४ मा थाहा पाएको र हक नपुग्ने व्यक्तिबाट लिनु भएको मेरो सम्पत्ति फिर्ता गर्नु होस् भनी विपक्षी लेखनाथ समेतलाई भन्दा ठगबहादुर दातारामले जग्गा फिर्ता दिन मञ्जूर गरेकोले निजहरू बाहेक लेखनाथ चन्द्रप्रसाद मोहनप्रसाद कृष्णराजका हकमा ज.मि.को १८ नं. बमोजिम फिराद गर्न आएकी छु । अनाधिकार मिति २०३५।८।२२ मा विपक्षीहरूले र.नं. ७३७ मा गरेको राजीनामा लिखत र दर्ता समेत बदर गरिपाउँ भन्ने मिति २०३६।३।१९ को कृष्णकुमारी भन्ने चेतकुमारी शाहको मिति २०३६।३।१९ को फिरादपत्र । ३. सर्वप्रथम कृष्णकुमारी भन्ने मानिस क