निर्णय नं. ३१२२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३१२२ - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: असोज अंक: ६ फैसला मिति :२०४४/०४/१२ २४२८ निर्णय नं. ३१२२ ने.का.प. २०४४ अङ्क ६ संयुक्तइजालश माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश हरिहरलाल राजभण्डारी सम्वत् २०४३ सालको रिट नं. १६२६ विषय : उत्प्रेषण । निवेदक : काठमाडौं न.पं. वडा नं. २२ खिचापोखरी बस्ने द्वारिका दास श्रेष्ठ । विरुद्ध विपक्षी : मालपोत कार्यालय काठमाडौं । गुठी संस्थान ऐन,२०२१ अन्तर्गत स्थापित गुठी संस्थान रामशाहपथ काठमाडौं । आदेश भएको मिति: २०४४।४।१२।३ मा सम्बन्धित गुठी संस्थान र मालपोत कार्यालय समेतले गरेको निर्णयमा प्रतिकार नगरी रिट निवेदन दिई रिट क्षेत्रमा आएको देखिएबाट यस अदालतले रिट क्षेत्रबाट तथ्यमा प्रबेश गरी हेर्न नमिल्ने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री होराप्रसाद जोशी विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री शोभाकर उपाध्याय र विद्वान सह-न्यायाधिवक्ता श्री राजकिशोर सिंह उल्लेखित मुद्दाःX आदेश न्या.गजेन्द्र केशरी बास्तोलाः नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा मिति ०४३।५।९।३ मा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छन् । २. दुर्गादेवी श्रेष्ठको छोरा ठाकुरदास, ठाकुरदास श्रेष्ठको छोरा निवेदक द्वारिकादास श्रेष्ठ, ठाकुरदासको परलोक २०२८ सालमा र दुर्गादेवी २०३० सालमा परलोक भएकोले चल अचल श्रीसम्पत्ति सबैको हकदार निवेदक रहे भएको प्रष्ट छ । दुर्गादेवी श्रेष्ठको नाममा काठमाडौं ब्रम्हटोल पोता लगत नं. २४८ मा दर्ता रहे भएको ससुख्यात १० आना, कृष्ण पाटी १ रोपनी, चपली गाउँ ३ रोपनी र किमडोल ४ रोपनी समेत ८ रोपनी १० आना जग्गा मध्ये किमडोल ४ रोपनी जग्गा नामसारी रैकर परिणत समेत गरी जग्गा धनी दर्ता प्रमाण पाउँ भनी विपक्षी मध्येका मालपोत कार्यालय काठमाडौंमा ०३६।६।५ मा निवेदकले दिएको निवेदनबाट कारवाही चलाई ०३६।१२।१ मा निर्णय गरी गराई काठमाडौं स्वयम्भु गा.पं. वडा नं. २ को कि.नं. ३६ बाट ३ रोपनी १ आना २ पैसा क्षेत्रफल कायम भई नापी भए गरेको का.जि. भलननी बस्ने सन्तु महर्जनले मोही भई जोती कमाई आएको जग्गाको जग्गा धनी दर्ता प्रमाण पूर्जा ०३६।१२।५ मा तयार गरी गराई निवेदकलाई दिएको थियो । ३. सोही पोता लगत नं. २४८ को ८ रोपनी १० आना जग्गा मध्ये चपली गाउँ ३ रोपनी र कृष्ण पाटा १ रोपनी समेत ४ रोपनी जग्गा नापी हुँदा काठमाडौं विष्णु गा.पं. वडा नं. ३(क) को कि.नं. ४०, ७१, १२४, १२५ र वडा नं. ३(ख) को कि.नं. २७ बाट रोपनी २ आना, ४ रोपनी ६ आना, २ रोपनी ४ आना, ७ आना २ पैसा, ६ आना क्षेत्रफल कायम भएको हुँदा रैकर परिणत गरी जग्गाधनी दर्ता प्रमाण पूर्जा पाउँ भनी निवेदकले ०३९।११।२९ मा दिएको निवेदनपत्र तथा ऐ.गा.पं. को कि.नं. ४० को २ रोपनी २ आना जग्गा साविक मोही खाने कामीबाट ०३७।१।१३ मा राजीनामा पास गराई मेरो नाममा जोताहा नामसारी समेत भई सकेको ज.ध. दुर्गादेवी श्रेष्ठले रैकरमा परिणत नगरेकोले सो जग्गा मेरो नाममा रैकर परिणत गरी ज.ध.द.प्र.पू. पाउँ भनी रत्नबज्र लामाको ०४०।६।१८ को निवेदनपत्र दिइएको र ऐ.गा.पं. को कि.नं. ७१ को कित्ताकाट भई कि.नं. १७७ को ६ आनामा बनेको घर समेत मोही लोकबहादुरबाट हालै देखिको बक्स ०३५।११।२ मा पाएको हुँदा रै.प. गरी ज.ध.द.प्र.पू. पाउँ भन्ने कृष्णबहादुर राना मगरको ०४१।२।२८ को निवेदनपत्रबाट कारवाही चली विपक्षी मालपोत कार्यालय काठमाडौंबाट ०४१।१०।१ मा पेश भएको कागजातबाट जग्गा विर्ता देखिएको र साविकको