निर्णय नं. २६८५ - उत्प्रेषण मिश्रित परमादेश लगायतका उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६८५ - उत्प्रेषण मिश्रित परमादेश लगायतका उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४३/०४/२१ २६०५ निर्णय नं. २६८५ ने.का.प. २०४३ २०४३ अङ्क – ४ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको रिट नम्बर २२३७ आदेश भएको मिति : २०४३।४।२१।३ मा निवेदक : का.न.पं.वडा नं.३० तलाछी टोल बस्ने बुद्धिरत्न तुलाधर विरुद्ध विपक्षी : श्री ५ को सकार अर्थ मन्त्रालय मालपोत विभाग बबरमहल, काठमाडौंसमेत विषय : उत्प्रेषण मिश्रित परमादेश लगायतका उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) विभागीय परिपत्रले कानुनको रुप लिन्छ भन्न मिल्दैन कानुनमा प्रष्ट व्यवस्था भएको अवस्थामा सोही बमोजिम न्यायिक अथवा अर्धन्यायिक निकायले निर्णय गर्नुपर्ने । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश न्या. सुरेन्द्रप्रसाद सिंह : नेपालको संविधान २०१९ को धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार छ । २. २००४ साल माघ ५ गते रजिष्ट्रेशन समेत गराई लिएको राजीनामा अनुसार मेरो हक भोग चलनको मौजे हाँडी गाउँ साविक दर्ता नं. ३९४ मा दर्ता भएको हिजाखुसी खेत रोपनी ६ कपडोल खेत रोपनी ०–१२–० बडिम्वात खेत रोपनी ०–८–० तोमीन खेत रोपनी ०–१२–० समेत जम्मा रोपनी ८–०–० आठ रोपनी भएकामा सो जग्गाको पूर्वतर्फ २०२० सालमा धोवी खोलाको बाढी पसी केही जग्गा खोलामा परी २०२० सालको सर्भे नापीमा का.न.पं.वडा नं.२५(क) बाट नाप नक्शा हुँदा नदी काटमा परेको छाडी बाँकी जग्गा कि.नं. ५९ क्षेत्रफल रोपनी ६–४–० मा कायम भई सोही अनुसार दर्ता भएको र साविक मध्ये बाँकी रोपनी १–१२—० जग्गा सोही सर्भे नापीले कायम गरेको कि.नं.१९० को धोवी खोलामा परेको थियो । धोवी खोलाले पुनः आफ्नो बाटो बदली साविक ठाउँबाट बग्न थालेपछि खाली हुन आएको उक्त जग्गा मैले भोग चलन गर्दै आएको थिएँ । मुलुकी ऐन जग्गा मिच्नेको महल २ नं. र ज.प.को ८ नं. का कानुनी व्यवस्था समेतले दर्ता गराई लिन मेरै हक लाग्ने हुँदा २०४१ साल वैशाख २० गते मा.पो.का.का.मा निवेदन दिँदा मा.पो का. बाट भएको आदेशानुसार मेन्टिनेन्स नापी शाखाबाट डोर समेत खटिई साविक दर्ता मध्ये केही वादी क्षेत्रफल २–०–३ ठहर कायम हुन आई माथि उल्लिखित कानुन र सोहरत तेलीको केश (ने.का.प.भाग ५ अंक ८,९) मा सम्मानीत अदालतबाट प्रतिपादीत सिद्धान्त समेतले उक्त १७ जग्गा मेरै नाममा हुनुपर्ने स्वसिद्ध भएको अरु कसैको दावी विवाद समेत नगरेको हुँदा दर्ता गरिपाउँ भनी मिति २०४१।११।१६ मा पुरक निवेदन दिएको थिएँ । विपक्षी मा.पो.का.ले कुनै कानुनी आधार तर्क र नजीरको ख्याल नै नराखी हचुवाको भरमा दर्ता गर्न नमिल्ने हुँदा दावी खारेज गर्ने गरी मिति २०४१।१२।२५ मा टिप्पणी आदेश भयो । ३. नापी भएपछि खोला जनिएको जग्गा स्वतः लगत कट्टा हुने नेपाल कानुनमा उल्लेख गरिएको छैन । माल तथा मालपोत निर्देशिका परिच्छेद ५ का निम्न प्रकरण १ मा उकास जग्गा दर्ता गर्न हदम्याद तोकिएको छैन । मेरो निवेदनमा उल्लिखित जग्गा मिच्नेको २ नं. जग्गा पजनीको ८ नं. मा पनि उकास दर्ता गर्न हदम्याद तोकिएको छैन । अतः हदम्यादको कुरा उठाई दर्ता गर्न नमिल्ने भनी निर्णय गरेको र सो को आधारमा नापी गरेको टिप्पणी आदेश लगायत कानुन एवं अ.बं.३६ नं. बमोजिम विपरीत