निर्णय नं. १९१ - राजिनामा बदर गराई लुटपीटको बिगो भराई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १९१ - राजिनामा बदर गराई लुटपीटको बिगो भराई पाउँ भाग: ६ साल: २०२० महिना: बैशाख अंक: १ फैसला मिति :२०१९/०४/३० ४६०५ निर्णय नं. १९१ ने.का.प. २०२० फुल बेञ्च माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान माननीय न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री माननीय न्यायाधीश श्री वाशुदेव शर्मा दे.फु.नं. १३४ निवेदक, वादी : प्रेमकुमारी क्षेत्रीनी विरुद्ध विपक्षी : सूर्यप्रसाद विष्ट समेत मुद्दा : राजिनामा बदर गराई लुटपीटको बिगो भराई पाउँ (१) न्हेडिक साहु तिरेको फट्टाहरूसमेत रीतपूर्वक पेश भई पास हुनुपर्ने – नगद लिएको भनेको कुन कामको निमित्त आवश्यक परी लिएको हो । सो कुराको वापत जनिनु पर्ने । फैसलाले सदर भएको मोहरू. १७२०।५८ भन्ने लेखिए पनि प्रधान न्यायालयको फैसलाबाट रु. ११६६। मात्र सदर भएको देखिएकोले रुपैयाँको अंक मिल्न नआई फरक परेको र न्हेडिक साहु तिरेको फट्टाहरूसमेत रीतपूर्वक पेश गरी पास भएको पनि देखिएन । यदि साहुहरू तिरेको नगद रु. ६०९१।४२ लिएको भए आसामीले पाईन भनी उजु गरे म बुझाउँला भनी बजराजले कबुल गर्नुपर्ने कारण प्रयोजन नै देखिन नआउने र सो नगद लिएको भनेको रु. ६०९१।४२ निज लक्ष्मीदत्तले कुन कामको निमित्त आवश्यक परी लिएको हो ? सो कुराको वापत पनि जनिएको नदेखिएको हुनाले शुद्ध व्यवहार भन्न भएन । (प्रकरण नं. २७) (२) अगावै रजिष्ट्रेशन पास गरी अर्कै साहुलाई लेखी दिएको–दोहोरा पारी लिखत गराई लिएको जाल गरी पास गराएको हुने । अगावै रजिष्ट्रेशन पास गरी अर्को साहुलाई लेखी दिएको सो साहुहरूको रुपैयाँ नबुझाई दोहरा पारी लिखत गराई लिएकोबाट र साहु जीवकुमारीको हकको जग्गालाई मेरो हकको भनी लक्ष्मीदत्तबाट कागज गराइएकोले जाल गरी पास गराई लिएको भन्ने उजुर मनासिवै देखिन आउँछ । (प्रकरण नं. २८) (३) घरको जेठो बाठो मुख्य दाज्यू छँदाछँदै लठेब्रो भाइसँग भएको व्यवहार साहु आसामीको ६ नं. ले सदर मान्न नहुने । घरको मुख्य व्यवहार गर्ने निज लठेब्रो लक्ष्मीदत्तको एकाघरको दाजु हेमनिधि विदेशतर्फ गैरहेको भन्ने कुरा प्रतिवादी पक्ष सावितै भएको हुनाले लठेब्रो लक्ष्मीदत्तले लेखी दिए भनेको खेत पाखोमा निजको समेत हक पुग्नेमा घरको जेठो बाठो मुख्य दाज्यू छँदाछदै लठेब्रो भाइसँग विनाकारण त्यतिका रुपैयाँको अंक हाली भएको व्यवहार साहु आसामीका ६ नं. ले सदर मान्न नहुने हुनाले समेत ०६।१०।१५ मा घरसारमा र ०७।४।१५ मा पास भएको धनी सूर्येप्रसाद ऋणी लक्ष्मीदत्त भई गरेको राजिनामा लिखित बेरीतको देखिएकाले बदर हुने ठहर्छ । (प्रकरण नं. २९) निवेदकतर्फबाट : प्लिडर ईश्वरीलाल झा, दिनानाथ झा विपक्षीतर्फबाट : एडभोकेट कृष्णप्रसाद भण्डारी फैसला १. लोग्ने मरी सौतेनी छोरासँग मिली बस्न नसक्दा अंशवापत रु. १०००। लिई माइत सुनानिधि कहाँ आई सो रुपैयाँ दाजु सुनानिधिलाई दिई अंशमा आफ्नो समेत कालफाल जोडी मिलाई बसेकी थिएँ । ९४ सालमा दाजु सुनानिधि मरे । प्रतिवादीहरूसँग कृया खर्च निमित्त ५८। रु. लिएकोमा १४००। चानचुनको कागज झुक्याई गरेछन । त्यसमा उजुर पर्दा केही काँचो केही पाको भई आखिरी तहबाट फैसला भयो । यस्तैमा भदाहा लक्ष्मीदत्तलाई प्र. हरूले फकाई घरबाट ०६ सालमा भगाए । ०७।७।२९ मा कुवा पानी भन्ने मेरो जग्गाको बाली प्रतिवादीहरूले लुटपीट गरे । सोद्धा लक्ष्मीदत्तबाट राजिनामा गराइ लिएकोले लुटपीट गरेको हौं भन्ने जवाफ दिएबाट राजिनामा के कस्तो कसरी गराएछन ? भनी बुझ्दा ०७।४।५ मा सूर्यप्रसाद धनी लाटो लठेब्रो लक्ष्मीदत्त ऋणी भई रु. १०७०६। को राजिनामा गराइ लिएको रह