निर्णय नं. २६८६ - विष खुवाई मारेको ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६८६ - विष खुवाई मारेको ज्यान भाग: २८ साल: २०४३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४३/०२/१६ २९९० निर्णय नं. २६८६ ने.का.प. २०४३ २०४३ अङ्क – ४ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको फौ.पु.नं. ६५५ फैसला भएको मिति : २०४३।२।१६।६ मा पुनरावेदक/प्रतिवादी : हाल जिल्ला कार्यालय कारागार शाखा त्रिपुरेश्वर काठमाडौंमा थुनामा रहेकी रेशममाया थापा मगर्नी विरुद्ध विपक्षी/वादी : तेजबहादुरको जाहेरीले श्री ५ को सरकार मुद्दा : विष खुवाई मारेको ज्यान (१) प्र.को र मृतकको बीचमा पहिलेदेखि मुद्दा परी निजहरू पहिलेदेखिको झगडीया पनि भएको देखिएको र मृतक र अभियुक्तहरू बीचमा बारम्बार घरायसी झगडा पनि भइरहेको देखिन आएका र प्र. गाउँ घरकी अशिक्षित महिला हुनुको साथै निज मृत्युको परिणाम यस्तो हुन्छ भन्ने कुराको साथै आवेशमा आएर मृतकलाई मार्नमा षडयन्त्र गरेको देखिन आएको साथै प्र. ६५ वर्षकी बृद्ध आइमाईलाई जन्मकैद गर्दा चर्को हुन जाने र ६५ वर्षकी महिलालाई ५ वर्षको अवधि नै निजको लागि सजायँ पर्याप्त हुने । (प्रकरण नं. २२) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल विपक्षी/वादीतर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान आदेश न्या. बब्बरप्रसाद सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४०।१२।३० को फैसला उपर चित्त नबुझी प्रतिवादी रेशममाया थापा मगर्नीको पुनरावेदन परी पेश भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. मिति ०३७ साल पौष ७ गते आइतबार म गाउँकै बलबहादुर थापाको कोदो कुट्ने मेला गएको थिएँ सो दिन खाना बलबहादुरको घरमा खाएँ बेलुकी मृतक बाबु नरबहादुर थापा मगर जो तामा कोदो पिस्ने बहिनी बेलकुमारी मगर खाना बनाउने गरी सकी बाबुले पिसेको कोदोबाट बनेको खाना खाएपछि पेट पोल्यो भन्दै छटपटाउँने गरी वान्ता समेत गरी बाबु नरबहादुरको ऐ.८ गते विहान १२ बजे परलोक हुनुभएका र बहिनी बेलकुमारीलाई नुनपानी उमाली खुवाई छदाएपछि केही विशेक भई घरमै बसी रहेको र सो खाना सँगुरलाई खुवाउँदा सँगुर पनि मरेको र कुखुरा समेत मेरेको हुँदा मेरा छुट्टी भिन्न भएका कान्छा बाबु र हामीहरूको जग्गा सम्बन्धी झगडा चलेको हुँदा सो जाँतोमा मेरो परिवारले थाहा नपाउने गरी विषालु चीज पिनी छोडी दिएको कान्छी आमा (चेतबहादुरको श्रीमती) उपर शङ्का लागेकोले पक्राउ गरी कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको तेजबहादुर थापाको जाहेरी दर्खास्त । ३. ०३७।९।७ गते मैले कपडा बुनी रहेको तानमा बुहारी निमकुमारी आई निजको ससुरा मेरो जेठाजुलाई मार्ने विचार उठी बुहारीलाई मुसाको औषधी रु.२।– को किनी लेउ भनी रु.५।– दिई पठाए औषधी र रु.३।– फिर्ता दिई औषधी तेरो ससुरालाई खुवाउन पर्यो भन्दा खुवाउन्न भनी मैले झगडा परेको घरमा गएर हाल्न सक्छु र । तैले हालिदे भनी फकाएर जाँतोको छेउछाउमा हाल्ने भनी औषधी दिई पठाएँ, मैले भैंसी बाँध्ने ठाउँबाट हेरें, भने जस्तो गरी हाल्दै गई बुहारीले सो काम गरेकी मलाई धेरै मान्ने भई हार्न नसकेकी र माइत जान पाउँला भनी लोभिएर हो । पहिले नाइँ भनेकी थिई जे परेका मैले व्यहोरुँला तलाइँ गाल पर्दैन भनेकी हुँ भन्ने समेत व्यहोराको रेशममाया थापाले प्रहरीमा गरेको कागज । ४. ०३७ पौष ७ गते कान्छी सासूको घरमा गई चुरोट खान मन लाग्यो भने १ खिल्ली खान दिनु भयो १ खिल्ली पैंचो दिनुस् बजार जानुछ ल्याई दिउँला भने पंचो पर्दैन भनी १ खिल्ली दिनु भयो र बज