निर्णय नं. ३१२३ - खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१२३ - खिचोला भाग: २९ साल: २०४४ महिना: असोज अंक: ६ फैसला मिति :२०४४/०४/१७ २२७५ निर्णय नं. ३१२३ ने.का.प. २०४४ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री रुद्रप्रसाद सिंह सम्वत् २०४२ सालको दे.पु.नं. ७०७–७०८ मुद्दा : खिचोला । पुनरावेदक/वादी: का.जि.का.न.पं. वार्ड नं. ३ बस्ने नरेश्वरानन्द वैद्य । विरुद्ध पुनरावेदक/प्रतिवादी:का.जि.का.न.पं. वार्ड नं. ३० महावौद्ध बस्ने रमेशचन्द्र वैद्य । ऐ.ऐ बस्ने रन्जन वैद्य । ऐ.ऐ बस्ने रामेश्वरानन्द वैद्य । फैसला भएको मिति: २०४४।४।१७।१ न.नं. १४ को पूर्वपट्टि न.नं. ६ को प्र्र्र्र्रतिवादी रामेश्वरानन्दको जग्गा भएको र प्रतिवादीको न.नं. ६ को जग्गालाई पश्चिम र दक्षिण तर्फबाट पर्खालले छुट्याई दिएको र सो पर्खाल नाघी प्रतिवादीको न.नं. १४ मा हक कायम हुने स्थिति नदेखिएकोले न.नं. १४ को जग्गा जोडिएकै देखिएकोले न.नं. १४ को जग्गा वादीको कायम गर्ने गरी शुरुको सदर गरेको वागमती अञ्चल अदालतको इन्साफलाई मनासिब ठहर्‍याई म.क्षे.अ. ले गरेको निर्णय मिलकै देखिने । (प्रकरण नं. १५) वादीको न.नं. १३ को घर सो घरसंग वादीको कायम हुन आएको न.नं. १४ को जग्गा न.नं. ५ को कृष्ण मन्दिर संग उत्तर तर्फको न.नं. १२ को साझा चोक समेत जोडिएको, विवादित न.नं. ५ को कृष्ण मन्दिरमा वादीले आवत जावत गर्न सक्ने नै देखिएको, न.नं. ३ र न.नं. ६ को जग्गालाई पश्चिम तर्फबाट प्रतिवादीहरूले पर्खाल लगाई छुट्याएको छ, त्यसरी नै न.नं. ५ को पश्चिम तर्फ पर्खाल लगाई छुट्याएको पनि देखिन नआएकोबाट दुवै पक्षको पूर्खाले निर्माण गरेको न.नं. ५ को कृष्ण मन्दिर वादी प्रतिवादी दुवै पक्ष समेतको साझा देखिने । (प्रकरण नं. १५) पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी एवं विद्वान अधिवक्ता श्री सिताराम तिवारी पुनरावेदक, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी एवं विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर उल्लेखित मुद्दाःX फैसला न्या.गजेन्द्र केशरी बास्तोलाः म.क्षे.अ.को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. का.न.पं. वार्ड नं. ३० मेरो घर पूर्व म समेतको साझा कृण मन्दिर र रामेश्वरानन्दको जग्गादेखि पश्चिम आफ्नै जग्गादेखि उत्तर मिलापत्रबाट आफ्नो ठहर भएको २ फिट जग्गा हाल नापी भएको साझा इनारमा गाभिएको जग्गादेखि दक्षिण यति ४ किल्ला भित्रको साविकमा पूर्व उत्तर २ फिट २ इन्च र पूर्व दक्षिण फराकिदै गएर ३ फुट ६ इन्च र उत्तर दक्षिण लम्वाई ११ फुटमा म फिरादीले का.न.पं. बाट पास भएको नक्शामा हेरफेर गरी घर बनाउँदा घरको क्षेत्रफल घट्न गई पूर्व उत्तरमा २ फिट २ इन्चको साटो ३ फिट २ इन्च हुन गई करीव ४३ वर्ग फिट कायम भएको जग्गामा म फिरादीको साविक देखिको स्ववासी जग्गामा २०३३।११।११।३ मा विपक्षी रामेश्वरानन्दसंग का.न.पं. समक्ष भएको मिलापत्र का.न.पं. बाट नै ०३४।८।२३।४ मा पास भएको नक्शा ०३४।८।२० मा म दिनेश्वरानन्द संग भएको मिलापत्रबाट समेत पुष्टि हुन्छ । का.न.पं. बाट नक्शा पास गरी घर बनाउन लाग्दा विपक्षी रमेश चन्दले नक्शा विपरीत घर बनायो भनी उजूर परी छानबीन गर्दा घरको लम्वाई घटी गरी बनाएको आधार लिई उपत्यका नगर विकास योजना कार्यान्वयन समितिबाट म फिरादीलाई रु. १,५००।– जरिवाना गरेकोमा सो उपर विपक्षी रामेश्वरानन्दको पुनरावेदन परी निर्माण तथा यातायात राज्य मन्त्र