निर्णय नं. १९२ - जग्गा निखनाई पाउँ भन्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १९२ - जग्गा निखनाई पाउँ भन्ने भाग: ६ साल: २०२० महिना: बैशाख अंक: १ फैसला मिति :२०१९/०७/२४ २२८९ निर्णय न. १९२ ने.का.प. २०२० फुल बेञ्च माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान माननीय न्यायाधीश श्री स. ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह दे.फु.नं. ४० निवेदक, प्रतिवादी : गुणनीधि घिमिरे जैशी विरुद्ध विपक्षी : छविन्द्र शर्मा घिमिरे मरी मुद्दा सकार गर्ने निजको स्वास्नी मणिकर्णी ब्राम्हणी मुद्दा : जग्गा निखनाई पाउँ भन्ने (१) साहु आसामीको ९ नं. अनुसार ६ महिनासम्मको अवधिमा थाहा पाएको ३५ दिन भित्र निखन्न पर्ने । साहु आसामीको ९ नं. मा “बेचे किनेको मितिले हकवाला यसै सरहदमा भए ६ महिना विदेश गएको भए १ बर्षसम्म थाहा पाएका ३५ दिन भित्र हकवालाले लिन्छ भने पाउँछ” भन्ने उल्लेख भएको । उक्त ऐनमा ६ महिना बर्ष दिन भित्र भन्ने बोली नपरी “सम्ममा” भन्ने लेखिएकाले ६ महिना र एक बर्षसम्म थाहा पाउने म्याद र सो अवधिसम्ममा थाहा पाएका ३५ दिन भित्र निखन्ने म्याद दिएको देखिन आएकोले निखन्न पाउने अन्तिम हद ६ महिनासम्म हो र सो अवधिमा थाहा पाएको ३५ दिनभित्र नालेस दिनपर्ने भन्ने निवेदक तर्फका विद्वान वकीलको जिकिर उक्तकानूनको मनसायबमोजिम देखिएन । (प्रकरण नं. २०) (२) हकदारले निखन्नलाई थाहा पाएको मिति कसरी कायम गर्ने ? वादी हकदारै होइन भन्ने प्रतिवादी नपरेकाले र अघि करकाप मुद्दामा पुरुषोत्तमले वारेस दिंदा वादी साक्षी बसेकोबाट थाहा पाएको भन्ने हकमा लिखत पास हुनुभन्दा अगावैको हुनाले सो मिति कायमै मान्न नमिल्ने र वादीको शुरु उजुरीमा “म हकदारलाई थाहा नदिई राजिनामा लिन दिन गरेछन र लिखत पासमा नालिस परी पास हुने ठहराई फैसला भई ०१२।४।१३ मा पास गरी लिएछन । सो कुरा ०१२।१०।५ मा नक्कल सारी लिए पछि थाहा पाए” भन्ने उल्लेख भएको । यो किसिमबाट नक्कल लिई थाहा पाएको भन्ने नभएकोले अगाडि नै वादीले यो कुरा थाहा पाईसकेपछि मात्र नक्कल लिन गएको भन्ने झल्किन आए पनि लिखत पास भएपछि यो मितिमा वादीले थाहा पाएको भनी प्रतिवादीले सबुद पुर्याई खण्डन गर्न नसकेको हुनाले वादीले थाहा पाए भनेको ०१२।१०।५ गते नै थाहा पाएको मिति कायम मान्नु पर्ने हुन आई कानूनको अवधि भित्रैको वादीको दावी उजुर परेको देखिंदा वादीले निखन्न पाउने नै देखिन ठहर्न आएकोले निजले निखन्न पाउने गरी ०१४।११।१५ मा डिभिजन बेञ्चबाट भएको फैसला मनासिव छ । (प्रकरण नं. २२) निवेदकतर्फबाट : विद्वान वकील श्री कृष्णप्रसाद उपाध्याय विपक्षीतर्फबाट : विद्वान प्लिडर श्री इच्छाहर्ष फैसला १. यसमा डिभिजन बेञ्चबाट ०१४।११।१५।४ मा फैसला भए उपर दोहराइ पाउँ भन्ने निवेदकको बिन्तिपत्र परी दोहराई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुमको प्रमांगी बक्स भई आई दायर भई दुवै थरी झगडीया राखी पेश हुन आएको यो मुद्दा हेर्दा, २. मेरो सहोदर दाजु पुरुषँेत्तमले गुणनिधिलाई दुर्गा फाँट भन्ने खेत मुरी ।२० मोहरू ५८२५। मा म हकदारलाई समेत थाहा नदिई घरायसमा राजिनामा गरी दिई पास गराइ पाउँ भन्ने साहुको नालेस परी पास हुने ठहराई पाल्पा अदालतबाट फैसला भई ०१२।४।१३ मा पाल्पा मालबाट पास गराइ लिएको ०१२।१०।५ मा नक्कल लिंदा थाहा भयो । साहु गुणनिधिसँग निखन्न देउ भन्न जाँदा निखन्न दिएन । थैली धरौट राख्न ल्याएको छु । सो थैली साहुलाई बुझाई जग्गा निखनाई पाउँ भन्नेसमेत छविन्द्र शर्माको ०१२।१०।१३ को दर्खास्त । ३. यही जग्गा ०१०।११।१६ मा घरायसमा राजिनामा लिएमा करकाप गरे भन्ने आसामी पुरुषोतमले म उपर प