निर्णय नं. १९३ - जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९३ - जालसाजी भाग: ६ साल: २०२० महिना: बैशाख अंक: १ फैसला मिति :२०१९/०८/०१ २१०७ निर्णय नं. १९३ ने.का.प. २०२० फुल बेञ्च माननीय न्यायाधीश श्री हरिप्रसाद प्रधान माननीय न्यायाधीश श्री स.ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री वाशुदेव शर्मा नं. १७२ निवेदक, प्रतिवादी : मुक्तिमायाको मुद्दाको सकार गर्ने कमलप्रताप मान जोशी समेत विरुद्ध विपक्षी, वादी : वीरमायाको मुद्दा सकार गर्ने कान्छी श्रेष्ठनी समेत मुद्दा : जालसाजी (१) शर्त र।खी बकसपत्र गरी दिएकोमा सोबमोजिम नगरे बकसपत्र गरी दिनेको हकदारको उजुर लाग्ने । देवीप्रसादले आफ्नो मावलीतर्फबाट बकस पाएको उनको निजी आर्जन भएकाले वादी वीरमायाको त्यसमा हक नपुग्ने हुँदा देवीप्रसादले बकस दिंदा अंशबण्डाको ३८ नं.बमोजिम मञ्जुरी लिन नपर्ने भन्ने निवेदक पक्षको जिकिरलाई अपुतालीको १ नं. मा “मर्नेका स्वास्नी छोराहरू र अरुसँग बसेका ३ पुस्ता भित्रको हकवाला भएसम्म छोरीले अपुताली पाउँदैनन भन्ने उल्लेख भएकोले मर्ने देवीप्रसादको शेषपछि उनको सम्पत्तिमा स्वास्नी वादी वीरमायाँका हक लाग्ने देखिएको । देवीप्रसादले गरिदिएको शेषपछिको बकसपत्र पास नहुँदैमा देवीप्रसाद मरेका र उसमा पनि “म र मेरो स्वास्नी तिम्रो बजैलाई बाँचेसम्म पालनपोषण स्याहार सम्भार गरी मरे पछि दागबत्ति पिण्डपानीसमेत चलाई शेषपछिको बकस लेखि दिएँ भन्नेसमेत बकसपत्रमै लेखिएकोले वीरमायाँको उजुर गर्ने हकै नपुग्ने भन्ने जिकिर मनासिव देखिएन । (प्रकरण नं. १५) (२) लिखत गरिदिने कारणी पास नहुँदैको अवस्थामा मरेकोमा रजिष्ट्रशनको १२ नं. अनुसार पास गराउनु पर्ने–अपुताली खाने हकदार भएको जानी जानी थाहा पाई छैन भनी ढाँटी पास गराएको ठहरे पास बदर गरी ऐनबमोजिम सजायसमेत गर्नुपर्छ । लिखत जालसाजबाट पास गराए नगराएको र सदर हुन सक्ने हो होइन ? भन्नेतर्फ विचार गर्दा, लिखत गरिदिने कारणी पास नहुँदैको अवस्थामा मरेकोमा रजिष्ट्रेशनको १२ नं. मा मर्ने पट्टिका मुख्य हकदारले लिखत सकार गरी पास गरीदिने मञ्जुर गरे सो लिखतको शिरमा व्यहोरा जनाई सहीछाप गराई पास गरी दिनु भन्ने र १२ क.नं. मा अपुताली खाने हकदार भएको जानी जानी थाहा पाई छैन भनी ढाँटी दरखास्त दिई पास गराएको ठहरे पास बदर गरी ऐनबमोजिम सजायसमेत गर्नु भन्ने लेखिएको । पास भएको लिखतमा बकस दिने साहु देवीप्रसाद मरेकोले निज मेरा बाबु देवीप्रसाद मरी ३ पुस्ता भित्रका हकदार कोही नभई म हकदार हुनाले सो बकस दिएको समेत साँचो हो भनी कागज सकार गरी सहीछाप गर्ने निज ना.सु. देवीप्रसादको छोरी मुक्तिमायाँ श्रेष्ठनी भनी जनिएबाट पास हुने भएको । मिसिलबाट देवीप्रसादको अहिले अपुताली पाउने मुख्य हकदार खुद स्वास्नी वीरमायाँ छँदै बकस पाउने शिव, प्रतापमानकी आमा मुक्तिमायाँले उक्त व्यहोरा लेखी पास गराई लिएको व्यवहारमा मुक्तिमायाँलाई मुख्य हकदार मानी मान्यता दिन र शुद्धरुपले पास गराएको भन्न नमिल्ने देखिएबाट रजिष्ट्रेशनको १२।१२क नं. विरुद्ध पास गराएको देखिन आएकोले सो लिखत पास गराएको सदर नहुने हुँदा सो बदर गर्ने ठहराएको शुरु अपीलको सदर गरेको डिभिजन बेञ्चको ०१९।३।२५।२ को इन्साफ मनासिव छ । (प्रकरण नं. १७) निवेदकतर्फबाट : विद्वान एडभोकेट श्री कृष्णप्रसाद भण्डारी विपक्षीतर्फबाट : विद्वान प्लिडर श्री सुधानाथ पन्त, श्री इच्छाहर्ष फैसला १. डिभिजन बेञ्चबाट भएको फैसलामा चित्त बुझेन मुद्दा दोहर्‍याई पाउँ भनी निवेदकको सर्वोच्च अदालत नियमावली, ०१३ को संशोधित नियम ९२ अन्तर्गत निवेदन परी ऐ., नियमावली संशोधित नियम ६