निर्णय नं. १९४ - घरको बाहाल भराई घरबाट उठाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९४ - घरको बाहाल भराई घरबाट उठाई पाउँ भाग: ६ साल: २०२० महिना: बैशाख अंक: १ फैसला मिति :२०१९/०८/१९ २००८ निर्णय नं. १९४ ने.का.प. २०२० फुल बेञ्च माननीय न्यायाधीश श्री हरिप्रसाद प्रधान माननीय न्यायाधीश श्री स.ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री वाशुदेव शर्मा दे.फु. नं. १८४ निवेदक, प्रतिवादी : हिरालाल श्रेष्ठ विरुद्ध विपक्षी : धर्मदेव तुलाधर मुद्दा : घरको बाहाल भराई घरबाट उठाई पाउँ (१) अपुतालीको २ नं.– बाजेका आर्जनको अचल बेचबिखन दानदातब्य गर्न पाउँदैन । ....मर्नेकासँग बसेका वा भिन्न भई बसेका स्वास्नी छोराहरू अथवा ३ पुस्तासम्मको सँग बसेका हकवाला पनि रहेनछन् । विवाह नभएकी कन्या छोरी मात्र वा विवाह भएका अथवा आफू मिल्दामा पोइल गएका छोरीहरू पनि रहेनछन् भने विवाह भएका र पोइला गएका छोरीले पाउँदैनन् । विवाह नभएका कन्या छोरीले मात्र विवाह नहुन्जेल र आफू मिल्दामा पोइला नजाउन्जेल बाबु आमाको अपुताली पाउँदछन । बाजेका आर्जनको अचल बेचबिखन दानदातब्य गर्न पाउँदैनन । (प्रकरण नं. २२) (२) आफ्नो हकभन्दा बढी हक कसैले कसैलाई प्रदान गर्न नसक्ने । अपुतालीको २ नं.बमोजिम बाजेको आर्जनमा कन्या अवस्थामा जीवित रहुन्जेल उपभोग गर्न पाउने हक मात्र लानीदेवीको भएको हुँदा निजको मृत्युको साथै निजको वा निजबाट हक प्राप्त गर्नको उपभोग गर्ने हक स्वतः खतम हुने र आफ्नो हक भन्दा बढी हक कसैले कसैलाई प्रदान गर्न नसक्ने हुँदा लानीदेवीको वादीको स्वीकृति बिना गरी दिएको लिखतको आधारमा लानीदेवी मरेपछि घर भोग चलन गर्ने वादीको हक छैन भन्ने र रत्नदेवको अपुतालीका नाताबाट घरमा हक पाउने वादीले लानीदेवीले लिएको ऋण रु. ६५। नतिरेसम्म वादीको बाहाल भराई उठाई पाउँ भन्ने दावी पुग्न सक्तैन भन्ने जिकिर कानून मिल्दो देखिएन । (प्रकरण नं. २५) निवेदकतर्फबाट : प्लिडर श्री सुधानाथ विपक्षीतर्फबाट : प्लिडर श्री नारायणप्रसाद फैसला १. डिभिजन बेञ्चबाट भएको फैसलामा चित्त बुझेन । मुद्दा दोहर्‍याई पाउँ भनी निवेदकको सर्वोच्च अदालत नियमावली, २०१३ को नियम ६२ अन्तर्गत निवेदन परी ऐ. नियमावली ६३ बमोजिम दोहर्‍याउने निस्सा भई पेश हुन आएको यो मुद्दा हेर्दा, २. जेठा धर्मदेव माहिला चन्द्रदेव, कान्छा रत्नदेव भएकोमा अघि नै अंशबण्डा भएकोमा स्वास्नी अघि नै र भाइ रत्नदेव ९६ सालमा मर्दा मेरो हक हुन आएको । छोरो ३ लाई पालनपोषण गरी २ जनाको विवाहसमेत गरी दिई कान्छी लानीदेवी मैसँग रहेको अवस्थामा हिरालालले मलाई बाहालमा बस्न देउ भनी ९७।३।२३।७ मा कबुलियत गरी बस्ने बन्दोबस्त गरी बसेकोमा लानीदेवीलाई बेथा बढेका अवस्थामा लक्ष्मीदेवीले बकसपत्र गराएको केही दिन पछि मरी काज कृया समेत मैले गरी उमेर नपुगेकासँग बकसपत्र गराएकोमा मुद्दा परी प्रधान न्यायालय दोश्राबाट पुर्खाको पालाको घर भन्ने वादीको उजुर भएकोमा ऐनले उठाउन पाउनेसँग दिएको भनी ०७।१२।२ मा फैसला भएको । पुर्खाको पालाको घर अपुतालीका ऐनले उठाउन नपाउने भई मेरै हक रहेको प्र. हिरालाल उठी जाउ भन्दा नउठेको र लक्ष्मीदेवीले उठ्नु पर्दैन भनेकोले सजाय गरी सो घरको ०५ सालदेखि ०७ साल तक बर्ष ३ को बाहाल मोहरू १८०। भराई घरबाट उठाई पाउँ भन्ने धर्मदेवको वादी । ३. रत्नदेवको भाग कोतवालीका फैसला समेतबाट लानीदेवीको हक भई निजका बकसपत्रबाट लक्ष्मीदेवीको हक भई लानीदेवी छँदै मबाट मोहरू ६५१। मा दृष्टिबन्धक त्यसपछि लानीदेवीको कृया गर्न समेत ०८।१।१५ मा थप समेत जम्मा १६०१। को ब्याजमा भाग गरी आएको हुँदा कबुलियत हात पारी झुट्टा उजुर गरेका