निर्णय नं. २६९० - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २६९० - लेनदेन भाग: २८ साल: २०४३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४३/०४/१३ २७७२ निर्णय नं. २६९० ने.का.प. २०४३ २०४३ अङ्क – ४ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको दे.पु.नं. ७५५ फैसला भएको मिति : २०४३।४।१३।२ मा पुनरावेदक/प्रतिवादी : जिल्ला भोजपुर गा.पं.वडा नं.४ बस्ने ध्यानबहादुर राई विरुद्ध विपक्षी/वादी : जि.मोरङ रंगेली गा.पं.वडा नं.७ बस्ने बखतबहादुर खड्का मुद्दा : लेनदेन (१) कुनै शर्त नभई राजीनामा सरहको लिखित भनी लिखतमै उल्लेख गरेको चुक्ता राजीनामाको लिखत भएको देखिएको समेतका कारणबाट यसलाई सामान्य शर्तनामा मात्र हो भन्न नमिल्ने । (प्रकरण नं. १५) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री छविरमण सिटौला फैसला न्या.गजेन्द्रकेशरी बास्तोला : पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको फैसलामा पुनरावेदनको अनुमति प्राप्त गरी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरणहरू यसप्रकार छन् : विपक्षीले निजका छोरा संग्राम सिंह समेत दर्ताको ४ विगहा जग्गा सर्भे नापी हुन बाँकी रहेको भए तापनि पछि सर्भे नापी हुँदाका बखत जसका नाममा दर्ता हुने भए तापनि निजबाट रीतपूर्वकको छोड पत्र राजीनामा लिखत गराई तपाइका नाउँमा पारीत गरी दिन्छु । सो जग्गा नभोगाई कच्चा ठहरिन गए साँवा ब्याज सहित बुझाउने छु भनी मिति ०२६।२।१५।४ मा मबाट रु.६०००।– लिनु भएकोमा जग्गा विपक्षीले मेरो नाउँमा सर्भे नापी गराई नदिएकोले रुपैयाँ दिनु होस् भनी ताकेता गर्दा आजसम्म साँवा ब्याज समेत नबुझाएकोले लेनदेन व्यवहारको २ नं. अन्तर्गत फिराद गर्न आएको छु । विपक्षीबाट साँवा ब्याज दिलाई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी । २. अन्य व्यक्तिको नाममा दर्ता रहेको जग्गा वादीको नाउँमा नापी गराई लिखत गरी दिन्छु भनी शर्तनामाको लिखत गरी दिएको भए तापनि जुन मितिबाट शर्तको पालना हुँदैन सो मितिले करार ऐन, ०२३ को दफा १९(२)(ग) को म्याद अर्थात् मुद्दा गर्नुपर्ने कारण परेको मितिले ३ महीनाभित्र नालेश गरी सक्नु पर्नेमा सो नगरी लेनदेन व्यवहारको २ नं. अन्तर्गत गरिएको फिराद दावी लाग्न नसकिने हुँदा खारेज गरिपाउँ भन्ने समेत प्रतिउत्तरपत्र । ३. शर्तनामा लिखतको सहिछाप ध्यानबहादुर राइकै हो लिखत सद्दे हो भन्ने समेत प्र.वा.बमबहादुर बोहराले गरेको बयान । ४. शर्तनामा कागजलाई कपाली तमसूक भनी डायर गरेको फिरादबाट तहकिकात इन्साफ गर्न नमिलेकोले वादी दावी खारेज हुने ठहर्छ भन्ने समेत मोरङ्ग जि.अ.को ०३७।८।४।४ को फैसला । ५. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत वादीको कोशी अञ्चल अदालतमा परेको पुनरावेदनपत्र । ६. वादी दावी खारेज गरेको इन्साफ मिलेको नदेखिएकोले बदर हुने ठहर्छ । कानुन बमोजिम निर्णय गर्न मिसिल शुरु जिल्ला अदालतमा पठाई दिने ठहर्छ भन्ने समेत कोशी अञ्चल अदालतको फैसला । ७. फिराद कानुन अनुकूल नदेखिँदा वादी दावी पुग्न सक्दैन भन्ने समेत मोरङ्ग जिल्ला अदालतको ०३९।४।१३ को फैसला । ८. फिराद दावी बमोजिम इन्साफ गरिपाउँ भन्ने समेत कोशी अञ्चल अदालतमा परेको पुनरावेदनपत्र । ९. शुरु मोरङ्ग जिल्ला अदालतले वादी दावी नठहराएको इन्साफ बेमनासिब भन्न मिलेन । अतः सो उपरको पुनरावेदन जिकिर पुग्न नसक्ने ठहर्छ भन्ने समेत कोशी अञ्चल अदालतको फैसला । १०. उक्त फैसलामा पुनरावेदनको अनुमति दिइएको भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको आदेश । ११. वादी प्रतिवादीको बीचमा भएको लिखतमा रु.६०००।– कर्जा लिएँ । लेखिएका रुपै