निर्णय नं. ३१२७ - डाँका

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१२७ - डाँका भाग: २९ साल: २०४४ महिना: असोज अंक: ६ फैसला मिति :२०४४/०४/१७ २९४५ निर्णय नं. ३१२७ ने.का.प. २०४४ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको दे.वि.नं. ७१ मुद्दा : डाँका । निवेदक/प्रतिवादी:जि. धनुषा साविक औरही गा.पं वडा नं.३ हाल चकर गा.पं. वडा नं.७ बस्ने वैद्यनाथ मण्डल । विरुद्ध विपक्षी/वादी: मधुसुदन पाण्डेको जाहेरीले श्री ५ को सरकार । फैसला भएको मिति: २०४४।४।१७।१ मा एक पटक आफूले बके भनेको कुरा अक्षरस त्यही नै हुनपर्छ भन्नु स्वाभाविक हुन सक्ने देखिन आउँदैन, एकपटक व्यक्त गरी सकेको कुरा पुनः केही समयपछि व्यक्त गर्नु पर्दा सामान्य फेरबदल हुँदैमा त्यसलाई आफैले भनेको कुरा एक आपसमा बाझियो भनी भन्न मिल्ने देखिँदैन, यसरी अक्षरको फेर बदल हुन जानु सामान्य कुरा हो । (प्रकरण नं. १९) डाँकाहरूलाई मौकैमा देखे चिनेको भनी चस्मदिद व्यक्तिहरूले अदालतमा समेत प्रष्ट रुपमा बकपत्र गरी लेखाई दिएको अवस्थामा डाँका वारदात भएको छैन भनी स्वयं प्रतिवादीहरूले नै खण्डन गर्न नसेकेकोमा प्रतिवादीहरूका साक्षीले जाहेरवालाको घरमा डाँका वारदात नै भएको छैन भनी लेखिदिएको भरमा नै यी प्र. ले डाँका वारदात नगरेको होला भनी भन्न नमिल्ने । (प्रकरण नं. १९) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगाना र विद्वान अधिवक्ता श्री प्रकाश वस्ती विपक्षीतर्फबाट : विद्वान उप न्यायाधिवक्ता श्री वलराम के.सी. उल्लेखित मुद्दाःX फैसला न्या. महेशरामभक्त माथेमा: म.क्षे.अ. बाट छिनिएको मिसिल झिकाई इन्साफ जाँची कानून बमोजिम गरी निर्णय गर्नु भनी बक्स भई आएको हु.प्र. बमोजिम दायर भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं विवरण संक्षेपमा यस प्रकार छ । २. मिति २०३५।१०।६ का दिन रातको अं. १२ बजेको समयमा म आफ्नो ढोका नभएको दलान घरमा सुतिरहेको अवस्थामा ३०,३५ जनाको जमात हातहातमा बन्दूक लगायत गडासा लाठी समेतका हतियारले लेस भई म सुतेको ठाउँमा आई मलाई पिट्दै सन्दुस र आलमारीको साँचो कहाँ छ भन्दै भनेकोले व्यूँझी हेर्दा त्यही बलेको लालटेनको प्रकाशबाट विरुद्ध खण्डमा लेखिएका वैजनाथ, विश्वनाथ, असर्फी, खैका, मनसीफ, गंगा, किशोरी, सिरिया, रौदीया, समेतका चिन्हेका र अरु नचिन्हेका व्यक्तिहरूले मलाई कुटपिट बाँधछाँद गरी पाता फर्काई मेरो नजिक सुतेका छोरा श्याम नन्दन पाण्डे, रामनन्द पाण्डे र टाढाको भाइ पर्ने समेतलाई त्यही घेरामा राखी मेरो घर तोडफोड गरी रु. २४,३८५।– मूल्य बराबरको क्यास र अरु धन सम्पत्ति डाँका गरी लगेकोले कानून बमोजिम सजायँ गरी बिगो समेत भराई पाउँ भन्ने मिति २०३५।१०।१२ गतेको मधुसुदन पाण्डेको जाहेरी दर्खास्त । ३. वैजनाथ मण्डल समेतका जाहेरीमा उल्लेखित व्यक्तिहरूले कुटपिट गरी डाँका गरेकोले कारवाही गरिपाउँ भन्ने २०३५।१०।१६ को जाहेरवाला मधुसुदन पाण्डेको सनाखत कागज । ४. जाहेरवालाको घरमा मार्‍यो पिट्यो भन्ने हल्ला भएकोले व्यूँझी जाहेरवालाको घर गई हेर्दा उल्लेखित अभियुक्तहरूले डाँका गरी भाग्दाको बेला लखेट्दाको अवस्था चिन्हेका हौं भन्ने विभिन्न मानिसको लेखाई भएको मिति २०३५।११।१६ को सरजमीन मुचुल्का रहेछ । ५. बुझिएसम्मको संकलित कागज प्रमाणबाट अभियुक्त खण्डमा लेखिएका व्यक्तिहरूले जाहेरवालाको घरमा डाँका वारदात गरेको सिद्ध भएकोले चोरीको १४(४) बमोजिम सजायँको माग दावी गरिएको छ भन्ने प्रहरी प्रतिवेदन । ६. जाहेरवाला