निर्णय नं. १९५ - नासो धरौट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १९५ - नासो धरौट भाग: ६ साल: २०२० महिना: बैशाख अंक: १ फैसला मिति :२०१९/१२/०२ ४०१९ निर्णय नं. १९५ ने.का.प. २०२० फुल बेञ्च माननीय प्रधान न्यायाधी श्री हरिप्रसाद प्रधान माननीय न्यायाधीश श्री स.ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री वाशुदेव शर्मा दे.फु.नं. १४४ निवेदक, प्रतिवादी : कपिलमुनी उपाध्याय विरुद्ध विपक्षी, वादी : दीपकुमारी उपाध्यायनी मुद्दा : नासो धरौट (१) नासो धरौट बुझी लिएको कागजमा कागज जाँचको २० नं.बमोजिम अक्षर नजान्नेको र लेख्न जान्नेको पनि कागजमा ल्याप्चे सहीछाप गर्दा, गराउदा दायाँ बायाँ दुवै हातका बुढी औंठाको सहीछाप गर्नुपर्ने । सर्वप्रथम प्रतिवादीले नासो जिम्मा लिइ वादीलाई गरिदिएको भनेको ०१०।११।१७।१ को कागज प्रतिवादीलाई देखाउँदा जि.कृष्णप्रसादको हस्ताले लेखेको भन्ने वादी । निज गाउँको जिम्मावाल भएबाट तिरो बुझी अर्धकट्टीमा रैतीको सहीछाप गराई लिने चलन हुँदा झुक्यानबाट गराई लिएको होला भन्ने प्रतिवादी जिकिर हुनाले त्यसतर्फ विचार गर्दा, कागज जाँचको २० नं.को ऐनमा “अक्षर नजान्नेको र लेख्न जान्नेको पनि यसै महलको २०(ग) रजिष्ट्रेशनको २३ नं.का समेत ऐनले औंठाको ल्याप्चे सहीछाप गर्नु गराउनु पर्ने कागजमा ल्याप्चे सहीछाप गर्दा गराउँदा दाहिने हातको बुढी औंठाको, दायाँ बायाँ दुवै हातको बुढीऔंलाको सहीछाप गर्नुपर्ने । रीतपूर्वक सहीछाप नपरेको कागजबाट तपसीलमा लेखिएको बाहेक नालेस उजुर लाग्न सक्तैन भन्ने लेखिएको । ऐजन २०(ग) मा नासो धरौट बुझी लिएको कागजमा दायाँ बायाँ दुबै हातको बुढी औंठाको सहीछाप हुनुपर्छ भन्ने उल्लेख भएको । प्रस्तुत लिखतमा उक्त ऐनबमोजिम रीत पुर्याई ल्याप्चे सहीछाप गराई लिएको नदेखिएको र सो लिखत लेखी दिने भनी वादीले भनेको र साक्षीसमेत राखेको जि.कृष्णप्रसाद समन म्यादमा हाजिर हुन नआएको र वादी आफैंले पनि आफ्नो प्रमाण निमित्त अड्डामा उपस्थित गराउन नसकेको । नासो धरौट लिएको कागजमा साक्षी राखेको पनि नदेखिएकोले त्यस्तो कानूनको रीत नपुगेको र अरु कुराबाट समर्थन हुन नआएको लिखतलाई मान्यता दिन मिलेन । (प्रकरण नं. १२) (२) नासो धरौटको १० नं. अनुसार वादीले साक्षी गवाहीबाट प्रमाण गुजार्न नसकेमा सो ऐन अन्तर्गतको कारवाई भन्न नमिल्ने । अब नासो धरौटको १० नं.मा अतास परेमा लुकाउनको खातिर नासो राखेकोमा लिखत नभए पनि साक्षी गवाही मात्र भए पनि सुनी मामिला फैसला गर्नु भन्ने उल्लेख भएकोले वादीले साक्षी गवाहीबाट प्रमाण गुजार्न सकेको छ छैन भनी विचार गर्दा, फिरादपत्रमा २ जना साक्षी राखेकोमा निजहरूलाई माथि लेखिएबमोजिम वादीले अड्डामा ल्याई आफ्नो दावीलाई पुष्ट्याईं गराउन नसकेकी र अड्डाबाट तामेल भएका समनको म्यादसमेत निजहरूले गुजारी बसेकाले त्यसतर्फबाट पनि वादीको दावी समर्थन हुन नसकेकाले वादीतर्फका विद्वान वकीलको बहस जिकिर मनासिव देखिएन । (प्रकरण नं. १३) निवेदक तर्फबाट : विद्वान एडभोकेट कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : विद्वान प्लिडर श्री कुलराज फैसला १. डिभिजन बेञ्चबाट भएको फैसलामा चित्त बुझेन । मुद्दा दोहर्याई पाउँ भनी निवेदकको सर्वोच्च अदालत नियमावली, २०१३ को नियम ६२ अन्तर्गत निवेदन परी ऐजन नियमावली नियम ६३ बमोजिम दोहर्याउने निस्सा भई पेश हुन आएको मुद्दा हेर्दा, २. २००९ साल पौष महिना देखि खोटाटक मुद्दामा लोग्ने थुनिएको । घरमा जानकार कोही नहुँदा चोरी डकैतीको डरले प्रतिवादी नातेदार माथवर भएकोले देहायको बिगो रु. १७२२। को धनमाल जिम्मा दिई मलाई चाहिएका बखत फिर्ता लिने गरी प्रतिवाद