निर्णय नं. २६९२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २६९२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४३/०४/१२ २१८९ निर्णय नं. २६९२ ने.का.प. २०४३ अङ्क -४ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको रि.नं. २३२५ आदेश भएको मिति : ०४३।४।१२।१ मा निवेदिका : राजविराज न.पं.वार्ड नं. ४ बस्ने मालती सिंह विरुद्ध विपक्षी : श्री मालपोत कार्यालय राजविराज सप्तरीसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) उजूरी तथा निवेदन मालपोत कार्यालयमा पर्न आएपछि दुवैपक्षबाट पेश हुन आएका कागज प्रमाणहरूको छानबीन गरी हेरी ऐन बमोजिम निर्णय गर्नुपर्ने । (प्रकरण नं. १४) निवेदिकातर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी आदेश न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव : मालपोत कार्यालय सप्तरी राजविराजको मिति ०४१।२।१ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधान २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको विवरण यसप्रकार छ । २. जि.सप्तरी राजविराज न.पं.वार्ड नं. ४ स्थित जनकमण्डलका घर जग्गाले पूर्व सडक से पश्चिम सरकारी नाल से उत्तर शिवनारायण साहु समेत से दक्षिण यति चार किल्ला भित्रको ब्लक नं. २ को चारैतिर पर्खालले घेरी घर कम्पाउण्ड बनाई पाँचघर समेत कायम गरी घरबास गरी बसी आएको मेरो हक भोग चलनको घरबासको जग्गा हो । सो कम्पाउण्ड भित्रको जग्गामा आई पोखरी, ट्यूवेल समेत लगाई भोग गरी आएको छु । ०१७ सालमा फुसको घर बनाएको न.पं.मा घर धुरी कर पनि बुझाएको छु । ३. विपक्षी योगेन्द्र झाले सप्तरी राजविराजको न.पं.वार्ड नं. ४ मा रहेको आफ्ना नाउँकै साविक कि.नं. ५३० मालतीदेवी से उत्तर पर्खाल से दक्षिण गोविन्दप्रसाद से पूर्व सडक पर्खाल से पश्चिमको ब्लक नं. २ को ०–४–० चारकठ्ठा जग्गाको मालपोत बुझी रसीद दिनु होला भनी विपक्षी मालपोत कार्यालयमा मिति ०४०।७।१५ मा निवेदन दिनु भएको रहेछ विपक्षी मालपोतले मलाई गुपचुप राखी मलाई कुनै सूचना नदिई बेरितसँग सूचना प्रकाशित गरेकोमा केही दिनपछि थाहा पाई निवेदकले दावी लिएको जग्गामा मैले पर्खाल लगाई घेरी पोखरी, घर समेत बनाई भोग चलन गरी आएको छु भनी मेरो तर्फबाट उजूर परेको थियो । मैले घर बनाई भोगी आएकोमा थप घर बनाउँदा विपक्षीको मानिसले उजूर गर्दा नगर पञ्चायतले मलाई जरिवाना समेत गरेको छ । ब्लकको पोत नलाग्ने र आजसम्म असूल उपर नभई रहेको कुरामा मेरो पक्की कच्ची घर समेत बनाई भोग चलन गरी आएको जग्गामा असर पार्न झुठ्ठा उजूरी दिएको भन्ने ०४०।१०।१५ मा मेरो तर्फबाट उजूर परेको थियो । ४. यस्तो स्थितिमा हक बेहकको निर्णय गर्नुपर्ने अधिकारै नभएको कुरामा विचारै नगरी सबूद प्रमाण हेरी राजीनामा समेतको लिखत समेतको प्रमाण हेरी भन्दै जोगेन्द्र झाको हक भोगमा रहेको, जिल्ला पञ्चायतको सिफारिश भएको भन्दै उत्तर पूर्व कुनाबाट ०–४–० जग्गा भोग चलनमा रहेको भनी सरजमीन मुचुल्का मालती देवीले घर कर तिरेको भोगको खास प्रमाण पेश गर्न नसकेको भन्दै सम्बन्धित अदालतमा उजूर गर्न जानु भनी सुनाई मालपोत बुझी लिनु पर्ने ठहर्छ भनी ०४१।२।१ मा विपक्षी मालपोत कार्यालय निर्णय भएको छ । ५. नगर पञ्चायत क्षेत्रभित्रको ब्लकको जग्गाको पोत बुझाउन पर्ने होइन अतः र पोत बुझाई पाउँ भन्ने विपक्षीको निवेदन उजूरी लिई सो आधारमा सरजमीन बुझ्ने आदि सम्पूर्ण क्रियाकलाप गर्न