निर्णय नं. ३१२८ - लिलाम बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१२८ - लिलाम बदर भाग: २९ साल: २०४४ महिना: असोज अंक: ६ फैसला मिति :२०४४/०५/३१ २६८७ निर्णय नं. ३१२८ ने.का.प. २०४४ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको दे.पु.नं. ५३२ मुद्दा : लिलाम बदर । पुनरावेदक/प्रतिवादी:काठमाडौं जिल्ला,का.न.पं. वार्ड नं ९ यटखाटोल घर भै हाल जि.पर्सा वि.न.पं. वार्ड नं. १० गहवा बस्ने पुष्पराज जोशी । विरुद्ध प्रत्यर्थी/वादी: जि.पर्सा भवानीपुर गा.पं. वार्ड नं.६ को हाल वार्ड नं.९ सुखचैना बस्ने बासमती देवी कुर्मिनी । ऐ.ऐ बस्ने मौलेश्वरी भन्ने मौलीदेवी कुर्मिनी । ऐ.ऐ बस्ने मुनीलाल राउत कुर्मी । ऐ.ऐ बस्ने छोटेलाल राउत कुर्मी । ऐ.ऐ बस्ने राजेन्द्र राउत कुर्मी । फैसला भएको मिति: २०४४।५।३१।४ मा नागरिक अधिकार ऐन, २०१२ अन्तर्गत सरकारी कर्मचारी समेत उपर फिराद दिन मुलुकी ऐन दण्ड सजायँको ६१ नं. ले बाधा दिएको मान्न मिलेन । (प्रकरण नं. १४) पुनरावेदकतर्फबाट: विद्वान अधिवक्ता श्री सुधानाथ पन्त प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास उल्लेखित मुद्दाःX फैसला न्या.महेशराम भक्त माथेमाः म.क्षे.अ. को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी निणयार्थ पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ : २. विपक्षी सिताराम हाम्रो पिता, पति, जेठाजु भैयारामसँग भिन्न वसी जमीन आफ्नो नाउँमा दर्ता भोगचलन गर्दै आएको र निजले आफ्नो नाउँको विभिन्न जग्गाको हक हस्तान्तरण गरेका हुन । त्यस्तो स्थितिमा विपक्षी पुष्पराज जोशीले सीताराम उपर २०३२, २०३३ २०३४ सालको कुतवाली सम्बन्धमा फैसला बमोजिम निजको सम्पत्तिबाट असूल उपर गर्नु पर्नेमा हाम्रो जेठाजु, पति पिता भैयाराम राउतलाई आफ्नो विगो भराउने दर्खास्त सीताराम राउतको सगोलको भाइ देखाई निजको नाउँमा दर्ता रहेको पर्सालाल पर्सा पं. वार्ड ८ कि.नं. २२१ र ऐ.२२२ को समेत ज.वि. ०–५–० जग्गा दर्खास्त दिएँ । सो जग्गा लिलाम गर्दा हामीलाई नबुझी हाम्रो सम्पत्ति अपरहण भएकोले सो लिलाम बदर गरिपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. वादी दावी झुठ्ठा हो, वादीको र मेरो सम्पत्ति सगोलमा छ, बण्डापत्र पास छैन । वादीहरू उपर अंश मुद्दा चलिरहेको छ, तसर्थ सो फिराद खारेज हुनु पर्ने भन्ने समेत व्यहोराको सीताराम राउत कुर्मीको प्रतिउत्तरपत्र । ४. प्रतिवादीले जारी भएको म्यादमा बुझाउनु पर्ने रकम बुझाउन नल्याएकोले कानून बमोजिम सूचना टाँस गरी कानून बमोजिम साक्षी समेत राखी लिलाम गर्ने कार्य भएकोमा अरु कसैले नसकारेको, पुष्पराजले नै सकारेको हुँदा सोको चलनपुर्जी समेत प्रदान गरिएको हो भन्ने समेत व्यहोराको पर्सा जि.अ. को प्रतिउत्तरपत्र । ५. प्र.पुष्पराज जोशीले २०३७।७।११ को म्याद गुजारी बसेको । ६. अञ्चल तथा जिल्ला अदालत नियमावली, २०३४ को नियम ६८(१) र मलुकी ऐन दण्ड सजायँको २६ नं. को मनसाय समबन्धित व्यक्तिले सम्पत्तिबाट बिगो भराउनु पर्ने हुँदा सो बमोजिम तायदात नगरी गरेको लिलाम दावी बमोजिम बदर हुन्छ भन्ने समेत व्यहोराको २०३८।२।७ को नारायणी अञ्चल अदालतको फैसला । ७. अ.बं. २०८ नं. बमोजिम प्रतिउत्तर दिन आएको छु, वादीको नालेश कानून विपरीत छ । विगो असूल गर्न सीतारामको नाउँमा अचल सम्पत्ति फेला नपरेकोले सगोलको भाइ भैयारामको नाउँको सम्पत्ति देखाएको हो, लिलाम टाँस हुँदा कसैको उजूर परेको छैन, मैले लालपूर्जा समेत पाइसकेको छु । तसर्थ लिलाम सदर हुनु पर्ने भन्ने समेत व्यहोराको पुष्पराज