निर्णय नं. १९६ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९६ - अंश भाग: ६ साल: २०२० महिना: बैशाख अंक: १ फैसला मिति :२०२०/०२/१४ २५५० निर्णय नं. १९६ ने.का.प. २०२० फुल बेञ्च माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान माननीय न्यायाधीश श्री भगवतीप्रसाद सिंह माननीय न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री माननीय न्यायाधीश श्री भैरवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री वाशुदेव शर्मा दे.फु.नं. २४१ निवेदीका, प्रतिवादी : टिकादेवी थपेनी विरुद्ध विपक्षी, वादी : पवित्राकुमारी थपेनी क्षेत्रीनी मुद्दा : अंश (१) २०००।७।१ देखि अघिकोमा मानु छुट्टिएको मिति कस्तो प्रमाणबाट कायम गर्नुपर्ने ? सम्वत् २०००।७।१ देखि उप्रान्तलाई मानु छुट्टिएको र जोरिएकोमा लिखत भई रजिष्ट्रेशन पास गर्नु पर्ने । सो नभए सदर हुँदैन । २०००।७।१ देखि अघिकोलाई मानु छुट्टि भिन्न बसेको कागज पास गराए पनि बदर हुँदैन भन्ने रजिष्ट्रेशनको ३क. नं. मा उल्लेख भएको हुँदा २०००।७।१ देखि पछिको हकमा प्रष्टै कानूनी व्यवस्था भईराखेको हुनाले त्यसतर्फ केही विचार गरिरहन परेन । २०००।७।१ देखि अगाडिको हकमा कस्तो प्रमाणलाई पक्का मान्नु पर्ने हो ? भन्नेतर्फ विचार गरेमा, कागज पास नगराए पनि बदर हुँदैन भन्ने उक्त रजिष्ट्रेशनको ३क. मा उल्लेख भएको, सो रजिष्ट्रेशन ३क. दफा लागू हुनुभन्दा अगाडि मानु छुट्टिएको मितिको कागज हुनैपर्छ भन्ने बाध्यता तत्काल प्रचलित कानूनमा भएको नदेखिएकोले कागज भएकोमा पास नगराए पनि बदर नहुने संकेतसम्म गरेको देखिने हुनाले मानु छुट्टिएको देखिने भएको वा दुवै पक्षको मुख मिलेकोमा सोहीबमोजिम मुख पनि नमिलेको लिखत पनि नभएकोमा भोग दर्ता तिरो समेतका अरु पक्का प्रमाणका आधारमा मानु छुट्टिएको मिति कायम गर्ने माथि लेखिएबमोजिम कुनै पनि पक्का सबुद आउन नसकेमा फिराद दायर भएको अघिल्ला दिनलाई मानु छुट्टिएको मिति कायम गर्न मनासिव देखिन्छ । (प्रकरण नं. १७) फैसला १. यसमा सर्वोच्च अदालत फुल बेञ्चबाट ०१९।३।१।६ मा किनारा गरेको उपर निवेदकले श्री ५ महाराजाधिराजका हजुरमा मुद्दा दोहर्‍याई पाउँ भनी दिएको निवेदनमा दोहर्‍याई दिनु भन्ने हुकुम प्रमांगी बक्स भई आई दायर भएकोबाट दुबै पक्ष राखी पेश हुन आएको प्रस्तुत मुद्दा हेर्दा, २. मेरो ससुरा चन्द्रबहादुरका २ छोरामा जेठो प्र. लोग्ने खड्गबहादुर कान्छा मेरो लोग्ने टेकबहादुर सगोल बसी रहेमा ससुरा पनि सगोल भई परलोक भएका । साल मितिको सम्झना भएन अन्दाजी ७–८ बर्ष जति भयो मेरो लोग्ने टेकबहादुर परलोक भएका र प्र. को लोग्ने खड्गबहादुर पनि अहिले ३।४ बर्ष भयो परलोक भए तापनि जेठानी प्रतिवादी र मसमेत सगोलमा रहे बसेकोमा ०१३।२।१६ गतेका दिन बिहान देखि प्र.ले कलझगडा गरी सो दिन बेलुकादेखि मलाई खान लाउन र अंशसमेत नदिएकोले हामीहरूले मानु छुट्टिएको मिति ०१३।२।१६ गतेसम्मको सगोल अबण्डाको घर खेत जग्गा जमिन गैह्रको प्र. बाट तायदाती लिई मेरो अंश भाग आधी दिलाई पाउँ भन्नेसमेत व्यहोरा ०१३।५।१६ को पवित्राकुमारीको फिराद । ३. वादीसँग ०१३।२।१६ गते मानु छुट्टिएको होइन । वादीलाई अंश दिनुपर्ने पनि होइन । ससुरा छँदै ८२।८।१५ गते घरको चलअचल श्रीसम्पत्ति बण्डा गरी लिई दिई ससुरा वादीको लोग्नेसँग बसेका । मेरा लोग्ने छुट्टै बसी आफ्नो कमाइ खाइ ब्यहोरी आएकोमा ससुरा चन्द्रबहादुरले सगोलकै अवस्था ७६।४।१३ गतेमा भिमबहादुरसँग मो.रु. १२०। कर्जा लिई सो रुपैयाँमा चोबु खेत माटो मुरी ।७।७ के जग्गा भोगबन्धकी दिएकोमा ८३ सालमा ससुरा परलोक भएपछि मेरो लोग्ने काजकृया गरी भिमबहादुरको तमसुकी रु. १२०। भिमबहादुरको छ