निर्णय नं. २६९३ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६९३ - अंश भाग: २८ साल: २०४३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४३/०३/२३ २३६२ निर्णय नं. २६९३ ने.का.प. २०४३ अङ्क -४ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४२ सालको दे.पु.नम्बर ४९७ फैसला भएको मिति : ०४३।३।२३।२ मा पुनरावेदक/प्रतिवादी : अभिटाव गा.पं.वडा नं.७ इन खेरिया बस्ने अब्दूल मजिद शेख सैरुनिस्साको मु.स.गर्ने वर्ष ४१ को अकरम हुमेन शेष विरुद्ध विपक्षी/वादी : जि.कपिलवस्तु विजुवा गा.पं.वार्ड नं. ५ बस्ने अब्दुल सलिम उर्फनोट शेषसमेत मुद्दा : अंश (१) हक लाग्ने भए राजीनामाहरूमा हाम्रो पनि हक लाग्ने भनी उजूर गरी बदर गराउन सक्नु पर्ने । (प्रकरण नं. १०) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज विहारीप्रसाद सिंह फैसला न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव : प्रस्तुत मुद्दा प.क्षे.अ.बाट मिति ०४२।३।४ मा निर्णय भएकोमा प्रतिवादीको चित्त नबुझी पुनरावेदन गर्न अनुमति पाउँ भनी निवेदन पर्न आई पुनरावेदन गर्ने अनुमति प्रदान भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. यस मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छ । शेष नजिरको जेठो कारनी अब्दुल मजिदा, माइलो अब्दुल नइम साइलो महम्मद सरिफ उर्फ भिज्ज कान्छो म अब्दुल सलिम उर्फ शेष समेत ४ छोरा भएको अब्दूल नइम तथा महमद सरिफ समेत ४ अंशियार हौं । हामी सबको अंशबण्डा भएको छैन । पैतृक सगोलको आर्जन जेथाबाट कारणी सैरन्नाको नाउँमा जग्गा खरीद भएको निजैको नाउँमा दर्ता राखी सगोलमै भोग भएको अंश छुट्याई दिनुहोस् भनी २०३४ साल चैत्र मसान्तमा भन्दा अंश दिन्न भनेकोले नालेश गरेका छौं । फाँटवारीलाई ४ भाग कायम गरी एक भाग अंश कारणीहरूबाट दिलाई पाएँ भन्ने समेत दावी । ३. शेष नजीरको जेठो छोरा अब्दुल मजिद, माहिला अब्दुल नइम, साहिला मोहमद सरिफ उर्फ झिन्कन, अब्दुल उर्फ नौट समेत ४ दाजु भाइ भएको अब्दुल नइमको स्वास्नी वादी अलि मुन्निसा भएको, अब्दूल नइमको छोरा कुर्वानी अलि हुनाशेष नाजिर र अब्दुल नइमको समेत मृत्यु भएको अब्दुल मजिदको स्वास्नी सैरु निसा हुँ । वादी अलि मुन्निसाको लोग्ने अब्दुल नइम, वादी अब्दूल सलिम उर्फ नौटशेष र मोहमद सरिफ उर्फ झिन्कन, अब्दुल मजिद शेष समेतको बाबु ससुरा शेष नाजीरको समेत चित्त नमिली २००७ सालमा खानु मानु छुट्याई भिन्न बसेको उस बखत नेपालमा केही नभएको भारततर्फ मात्र भएको जुन अंश भाग बण्डा दिइसकेको, भारतको घर जग्गा बाबु ससुरा शेष नाजिरको जीवनकालसम्म उहाँ जिम्मा थियो मानो छुट्टि सकेपछि म अब्दुल मजिदले भारतको घर जग्गा निजी आर्जनले कमाई गरेको हो । अब्दुल नइम तथा वादी अब्दुल सलिम र मोहमद सरिफ उर्फ झिन्कन समेतले पनि भातरमा निजी आर्जनबाट छुट्टै जग्गा आर्जन गरेको निजहरूकै नाउँमा दर्ता छ, केही बिक्री गरेका छन् मानो छुट्टिएपछि सैरुन्नाले आफ्नो माइत कपिलवस्तु विजुवा मान खोरिया बसी दाइजो पेवाको धन र निजी आर्जन समेतबाट मानखोरिया मध्य तघारी भोगे रामपावर मध्य, हरनामपुर मध्य शिवानगर मध्य, शिवपुर मध्य समेत जग्गा जमीन २००९।३।२७ मा खरीद गरी खेती गरेको स्वास्नीको मायाले म अब्दुल मजिद पनि मन खोरियामा बसेको । यस नेपालको सम्पत्ति म सैरुन्नीको पेवाको र निजी आर्जनको स्त्री अंशधनको ४।५ नं. र अंशबण्डाको १८ नं. ले समेत आफुखुस गर्न पाउने बण्डा गर्नुपर्ने होइन अब्दुल नइमको छोरा कुर्वान अलिको र मुहम्मद सरिफ उ