निर्णय नं. २६९४ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६९४ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४३/०४/२० २२५१ निर्णय नं. २६९४ ने.का.प. २०४३ अङ्क -४ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको रि. नं. २४३४ आदेश भएको मिति : २०४३।४।२०।२ मा निवेदक : जि.सर्लाही सेखौना गा.पं.वा.नं. ७ बस्ने वर्ष ४५ को धरीछन महतो कोइरीसमेत विरुद्ध विपक्षी : भूमिसुधार कार्यालय, सर्लाहीसमेत विषय : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) भू.सु.का.बाट निवेदकहरूको नाममा तामेल भएको म्याद बुझी सही गरेको समेत देखिएबाट थाहा नपाएको भनी प्राकृतिक न्याय सिद्धान्त विपरीत निर्णय भएको भन्ने जिकिर कानुनसंगत मान्न मिलेन । (प्रकरण नं. १०) (२) आफ्नो हकप्रति सजक नरहनेलाई अदालतले सहयोग गर्न सक्तैन । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सुधीर श्रेष्ठ विपक्षीतर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री मोहनमणि दाहाल र विद्वान अधिवक्ता श्री जयकान्त लालदास आदेश न्या.हरगोविन्द सिंह प्रधान : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर संक्षेमा यसप्रकार रहेछ । २. निवेदक परिछन महतोको नाममा सर्भे दर्ता भएको जि.सर्लाही, बगदह गा.पं.वा.नं. ५ कि.नं. ९९ को ज.वि.०–८–१५ र निवेदक परिछन महतोको नाममा दर्ता रहेको ऐ.वा.नं.५ कि.नं. १०० को ०–६–१० समेत जम्मा जग्गा ०–१५–५ जग्गा मोही शिवदास तत्माले कमाएकोमा निज शिवदासको ०३५ सालमा परलोक भई निजकी पत्नी परिवार कोही नभएको हुँदा ऐ.ऐ.वा.नं. ६ बस्ने किसुन दासको छोरा मोहनदास तत्मालाई जग्गा अधियामा कमाउन दिई त्यसरी कमाउन दिए बापत हामी निवेदकहरूले पाउन पर्ने बाली विपक्षीहरूको अनुरोधमा पञ्चायतको रोहवरमा लिने गरी आएको र कुनै प्रकारको विवाद खिचोला नभएकोमा विपक्षी मोहन दासले निवेदकहरूको जग्गा कमाउने साविक मोही शिवदास तत्मा मेरो धर्मपिता हो र सो जग्गा निज शिवदास मरेपछि मैले ०३५ सालदेखि बाली कमाई आएकोले मोही कायम गरिपाउँ भनी विपक्षीको ०३९।८।१४।२ मा भू.सु.का.सर्लाहीमा निवेदन परी ०४१।४।३।४ मा निज मोहन दासलाई मोही कायम गरी भू.सु.का.बाट निर्णय भएको मिति ०४२।१।२७ मा नक्कल लिएबाट थाहा पाएँ । ३. धर्मपुत्रको रीतपूर्वकको लिखत भई रजिष्ट्रेशन पास भएको हुनु पर्नेमा त्यस्तो धर्मपुत्रको लिखत विपक्षीले पेश गर्न नसकेको हुँदा विपक्षी मोहनदास, शिवदास तत्माको धर्मपुत्र नहुँदा मोहियानी पाउन सक्ने होइन, निजले मोहियानीको कबूलियत पेश हुन नसकेकोबाट भू.सु.का.को निर्णयमा भू.सं.ऐन, २०२१ को दफा ३४(१) को समेत त्रुटि भएको र हामी जग्गा धनीहरूको नाममा अ.बं.११० नं. बमोजिमको रीत नपुर्याई म्याद तामेल भएको हुँदा कुनै सूचना समेत नपाई प्राकृतिक न्याय सिद्धान्त समेतको विपरीत भएको हुँदा भू.सु.का.को मिति ०४२।१।२७ को निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरी हनन् भएको हकको प्रचलन गराई पाउँ भन्ने समेत रिट निवेदन रहेछ । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाउनु भन्ने सिंगलबेञ्चको मिति ०४२।४।२० को आदेशानुसार प्राप्त लिखितजवाफको व्यहोरा संक्षेपमा यसप्रकार रहेछ । ५. विपक्षी मोहनदास तत्माले रिट निवेदकको जग्गा अधियामा कमाएको कुरा स्वयं निजबाटै पुष्टी हुन आएकोले पञ्चायतबाट निजलाई धर्मपुत्रको सिफारिश भई आएको समेत हुँदा भू.सं.ऐन, २०२१ को दफा २५(२) बमोजिम मो