निर्णय नं. १९७ - जिउनी जग्गा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९७ - जिउनी जग्गा भाग: ६ साल: २०२० महिना: बैशाख अंक: १ फैसला मिति :२०२०/०१/१० ३३५८ निर्णय नं. १९७ ने.का.प. २०२० फुल बेञ्च माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान माननीय न्यायाधीश श्री भगवतीप्रसाद सिंह माननीय न्यायाधीश श्री वाशुदेव शर्मा दे.फु.नं. १९२ निवेदक, प्रतिवादी : डि. बलबहादुर कार्की क्षेत्री, डम्बरकुमारी कार्की क्षेत्रीनी विरुद्ध विपक्षी, वादी : देवीप्रसाद कार्की समेत मुद्दा : जिउनी जग्गा (१) लोग्ने मरेपछि निजको सम्पत्तिमा निजको स्वास्नीको हक पुग्ने । पोइला गएमा पोइला गएको मितिबाट अपुतालीको २५ नं. को म्यादभित्र उजुर परे म्याद भित्रको मान्नुपर्ने । पहल सिं मरेपछि निजको सम्पत्ति सत्यमा रहे बसेसम्म बेगल बस्ने वादी प्रतिवादीको हक नपुगी साथमा बस्ने स्वास्नी नन्दकुमारीको हक पुग्ने र निज १० सालमा पोइल गएपछि विधवा अंशधनको २ नं. ले हकवालाको हकमा आउने कुरा प्रष्ट छ । यस्तोमा यो यतिम्याद भित्र खोजी गर्नु भन्ने प्रष्ट कानूनी व्यवस्था पनि नदेखिएको र नन्दकुमारी पोइला गैसकेपछिको अवस्थाको विचार गर्दा, हुन त साधारणतया कुनै व्यक्ति मरेपछि मात्र अपुताली परेको भन्न पर्ने कानूनी व्यवस्था भएको, कुनै स्वास्नी मानिस आफ्नो पतितर्फको कुललाई छाडी अन्यत्र पोइला गई छ भने निज पोइला जाने स्वास्नी मानिस अघिल्लो पोइको कुलका निमित्त निजको जुन अस्तित्व थियो, सो सदाको लागि मेटिने हुँदा कानूनको तात्पर्यको लागि मरेकै सरह सम्झनु पर्ने हुनआउँछ । यस्तो अवस्थामा अपुतालीका म्याद भित्र खोजी गर्न आउने हकदारहरूलाई अपुताली खानबाट बञ्चित गर्न न्यायोचित देखिन्न । तसर्थ, नन्दकुमारी पोइल गयो भनेको मितिबाट अपुतालीको २५ नं. को म्याद ३ बर्ष भित्रै वादीहरूले खोजी गरी उजुर दिएको देखिनाले म्याद नाघेको भन्न मिलेन । (प्रकरण नं. १४) (२) शेषपछिको बकसपत्र दिने व्यक्ति पोइला गएमा बकसपत्र दिने जिवितै रहे पनि अघिल्लो कुलको लागि कानूनको तात्पर्यको लागि मरेकै सरह हुने हुँदा बकसपत्र सदरै हुने । अब ३ सालमा सुवेदार पहलमान मरेपछि विधवा नन्दकुमारीले ०।५।७।५ मा निवेदक, प्रतिवादी डम्बरकुमारीलाई शेष पछिको बकसपत्र दिई १० साल मार्गमा निज पोइला गएकीले बकस सदर बदर के हुने हो ? भन्नेतर्फ विचार गर्दा, सो बकसपत्र उपर यिनै वादीमध्येको देवीप्रसादको उजुर पर्दा आखिर प्रधान न्यायालय सिंगलबेञ्चबाट चलमा आधी र अचलमा ३ खण्डको १ खण्ड मात्र आफूखुस गर्न पाउने हुनाले सोबमोजिम सदर ठहराई १९।९।१८।१ मा अन्तिम किनारा लागेको मिसिल सामेल रहेको फैसला नक्कलबाट देखिएको । दानदातव्यको ९ नं. मा उल्लिखित अवस्था पारी बकस दिएको पनि नदेखिएकाले फैसलाले कायम गरेको चलमा आधी र अचलमा ३ खण्डको १ खण्ड सदरै हुने । नन्दकुमारी पोइला गए पनि जिवितै हुनाले शेषपछि मात्र बकस पाउने डम्बरकुमारीको हक नहुने हो कि भन्न पनि माथि लेखिएबमोजिम अघिल्लो पतिको कुल छाडी पोइला गएपछि सो कुलका निमित्त मरेकै सम्झनु पर्ने भई निजको शेषपछि सरह नै हुन आएकोले कायम ठहरेको बकसपत्रबमोजिम निवेदक डम्बरकुमारीको हक हुने। (प्रकरण नं. १६) निवेदक तर्फबाट : एडभोकेट श्री कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : एडभोकेट श्री कृष्णप्रसाद भण्डारी फैसला १. सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको फैसलामा चित्त बुझेन । मुद्दा दोहर्‍याई पाउँ भनी सर्वोच्च अदालत नियमावली, २०१३ को संशोधित नियम ६२ अन्तर्गत निवेदन परी ऐजन नियमावलीको संशोधित नियम ६३ को उपनियम ४ बमोजिम दोहर्‍याउने निस्सा भई दुवै पक्ष राखी पेश हुन आएक