निर्णय नं. २६९६ - जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६९६ - जग्गा खिचोला भाग: २८ साल: २०४३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४३/०४/०६ २३८४ निर्णय नं. २६९६ ने.का.प. २०४३ अङ्क -४ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४१ सालको दे.पु. नं. ७३४ फैसला भएको मिति : २०४३।४।६ मा पुनरावेदक/प्रतिवादी : हाल जनकपुर न.पं.वा.नं. १४ बस्ने फुलगेन साहु व्याहुत सुढी समेत विरुद्ध विपक्षी/वादी : हाल ज.न.पं.वा.नं. १ बस्ने कृष्णदेवी ब्याहुत सुडी मुद्दा : जग्गा खिचोला (१) एकपटक सर्वोच्च अदालतबाट भएको अन्तिम फैसलाको आधारमा कारवाही चली तहतह फैसला हुँदै आइसकेको कुरामा फेरि सोही कुराको आधारमा पुनरावेदनको अनुमति प्रदान गर्दा र सो आधारमा पुनः उक्त विवादको विषयमा सर्वोच्च अदालतबाटै विचार गरी निर्णय गर्दा न्यायको निश्चिततामा धक्का पर्न गई न्यायमा अनिश्चितता पर्न आउने । (प्रकरण नं. १३) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास विपक्षी/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री राधेश्याम पराजुली फैसला न्या.हिरण्येश्वरमान प्रधान : मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसलामा पुनरावेदनको अनुमति प्राप्त गरी आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार छन् : अम्बरखाना मोठबन्दी भित्रको फिरादमा लेखिएको हद नम्बरको मेरा नाउँमा नम्बरी दर्ता रहेको जग्गा विगहा १९।।३।। को मालपोत ३९३।५८ प्र. मध्येका प्र.पटवारी प्रितमलाललाई बुझाउन जाँदा नबुझेकोले धनुषा मालमा २०२३ सालमा फिराद गर्दा जग्गा राम औतारको नाउँमा दर्ता देखिँदा जग्गाको तेरो मेरो हुँदा अदालतमा नालेश गरी हक कायम गरी ल्याएमा कारवाही हुने भनी मालबाट २०२३।१२।९ मा खारेजी फैसला गरी दिएको विपक्षी मध्येका फुलगेन मेरो जेठाजु हुँदा जग्गाको रेखदेख मालपोत हस्तेवारी दिने गरी रसीद जेठाजुकै साथमा रहने सो जग्गा मेरो लिखत बेगर अरुका नाउँमा जानै नसक्ने र मालपोत बाँकीमा लिलाम हुनै नसक्ने अगाडिको मिति हाली जे गरे पनि हुने हुँदा राम औतारका नाउँमा १ नं. फाराम खडा गरी १९।३।। जग्गा राम औतारका नाउँमा दर्ता देखाई त्यसबाट रामप्रसाद समेत ३ जनाले सकार गरेको भनी १०।।, ।।।२ जग्गा दोवाका नाउँमा जनाएको छ, यस कारणबाट आएको भन्ने उल्लेख छैन । सो फाराम जालसाजी हो अर्काको हक मेटाउनको लागि ३९,०००।– को जग्गा जालसाजीको काम गरी बिनाआधार अगाडिको मिति हाली मेरो सही छाप बेगर १ नं. फाराम खडा गरी आफ्नो हक गराएको मिति २०२३।१०।१२।४ मा मालबाट थाहा हुन आएकोले जालसाजीबाट खडा गरेको उपर्युक्त श्रेस्ताहरू बदर गराई खिचोला समेत गरेमा खिचोला मेटाई उक्त जग्गा मेरो हक कायम गरिपाउँ भन्ने समेत फिराद दावी । २. अदालतबाट हक कायम गरी लिनु दिनु अदालतबाट निर्णय भएको हुँदा सो निर्णयले जग्गामा मात्र दावी लिई फिराद गर्न पर्नेमा जालसाजी तर्फको फिराद हुँदा फिराद खारेज गरिपाउँ भन्ने समेत प्र.राम औतार समेतको प्रतिउत्तरपत्र । ३. वादीको नाउँको जग्गा वादीको लोग्ने रामचन्द्रले नमालुम कुन तरिकाबाट राम औतारको नाउँमा दर्ता गराई दिएका हुन्, दावी बमोजिम २०२३।४।२५ गतेमा कुनै कागज भएको र नामसारी दर्ता भएको छैन भन्ने समेत फुलगेनको प्रतिउत्तरपत्र । ४. अ.बं. ७८ नं. को रीत नपुगेको हुनाले प्रस्तुत मुद्दाबाट कारवाही किनारा गर्न नमिल्ने हुनाले खारेज हुने ठहर्छ भन्ने समेत धनुषा जिल्ला अदालतको फैसला । ५. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादीको अञ्चल अदालतमा परेको पुनरावेदनपत्र । ६. व