निर्णय नं. ३१३० - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३१३० - उत्प्रेषण समेत भाग: २९ साल: २०४४ महिना: असोज अंक: ६ फैसला मिति :२०४४/०४/१८ २३९९ निर्णय नं. ३१३० ने.का.प. २०४४ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल विषय : उत्प्रेषण समेत । निवेदक : जिल्ला पर्सा वीरगन्ज न.पं.वा.नं. १५ स्थित स्वस्तिक उद्योगको हकमा ऐ. बस्ने प्रो. मंजु तापडिया विरुद्ध विपक्षी : बिक्रीकर फछ्र्यौट आयोग, श्री ५ को सरकार, वीरगन्ज । कर कार्यालय बिक्री कर शाखा ,वीरगंज । श्री ५ को सरकार अर्थ मन्त्रालय,हरिहर भवन । आदेश भएको मिति: २०४४।४।१८।२ मा निवेदिकाले मिति ०३५।१०।११।५ मा घरेलु तथा ग्रामिण उद्योगबाट श्री स्वस्तिक उद्योग रजिष्ट्रर गरी प्रमाणपत्र लिएको देखिन्छ, उक्त उद्योग घरेलु उद्योगको वर्गीकरण भित्र पर्ने कुरामा विवाद देखिँदैन, उक्त उद्योगको उद्देश्य चप्पलको फित्ता बनाउने भएको उद्योग रजिष्ट्रर प्रमाणपत्रमा उल्लेख भएको पाइन्छ, औद्योगिक व्यवसाय ऐन, २०३० को दफा ९(१) क(२) मा त्यस्तो उद्योगको लागि आयात गरिने मेशिनरी, पार्टपूर्जा तथा विजुलीका सरसामान र आधारभूत तथा सहायक कच्चा पदार्थमा एक प्रतिशतले मात्र भन्सार महसूल लगाइनेछ, र विक्री कर छुट हुनेछ भन्ने व्यवस्था भएको पाइन्छ, उक्त व्यवस्था बमोजिम निवेदिकाको उद्योगले सहायक कच्चा पदार्थमा मात्र बिक्रीकर छुट पाउने देखियो, ०४२।११।१५ को बिक्रीकर फछ्र्यौट आयोगको बिक्री कर निर्धारण आदेश हेर्दा अन्य सानो ठुलो फित्ताको असूल गरेको विक्री कर बाहेक रु. ४२८१७।९५ पि.भि.सि. कम्पाउण्ड कच्चा पदार्थमा बिक्रीकर लगाएको देखिन्छ , उक्त कच्चा पदार्थमा उल्लेखित दफा ९(१) (क)(२) ले बिक्री कर लाग्न नसक्ने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री वद्रिबहादुर कार्की विपक्षीतर्फबाट : विद्वान का.मु. सह न्यायाधिवक्ता श्री बलराम के.सी उल्लेखित मुद्दाः X आदेश न्या.प्रचण्डराज अनिलः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार रहेछ । २. घरेलु तथा ग्रामिण उद्योग विभाग अन्तर्गत मिति ०३५।१०।११।५ मा स्वस्तिक उद्योग नामको फर्म दर्ता गराई प्रमाणपत्र समेत पाएको छु । प्रत्यर्थी अर्थ मन्त्रालयको ०४२।३।१७ को सूचनाद्वारा गठित प्रत्यर्थी विक्री कर फछ्र्यौट आयोगले ०४२।९।२३ मा निवेदिकाको हकको उद्योग घरेलु उद्योग हो भन्ने अवगत हुँदाहुँदै औ.व्य. ऐन, ०३० को दफा ९(१) (क) र (ग) समेतले विक्री कर छुट दिएकोमा सो को विपरीत निर्णय गरी कच्चा माल पि.भि.सी. कम्पाउण्ड ९,८०० के.जी. र तयारी फित्ता सानो १५७५८ जोर र ठुलो ७,४२३ जोर स्टक कायम गरी मिति ०३६।१२।२२ देखि ०३७।१।२४ सम्मको अवधिको लागि रु. ६४,२३९।६३ बिक्री कर लगाई ३५ दिनभित्र सो रकम तोकिएको बैंकमा दाखिल गर्नु भनी ०४२।११।१५ मा मेरो उद्योगको नाउँमा जारी गरिएको आदेश ०४३।१।२१ मा प्राप्त हुन आयो । सोही मितिमा कानून विपरीत धरौटी लिइराखेको रु. ११,४२४।९६ समेत असूल भएको निर्णय गरियो । प्रत्यर्थी उद्योगको ०४२।९।२३ को निर्णय र सो सम्बन्धी ०४२।११।१५ को आदेशद्वारा मौलिक तथा कानूनी हक अतिक्रमण हुन गएकोले संरक्षित एवं प्रचलित गरिपाउँ । ३. निवेदिकाको उद्योग घरेलु उद्योगको वर्गीकरण भित्र पर्ने भएकोले तत्कालिन औ. व्या. ऐन, २०३० ले बिक्रीकर छुट दिएकोमा सो कानून विरुद्ध कर निर्धारण गर्नु संविधानको धारा ५८(१) विरुद्ध हुन जान्छ । प्रत्यर्थी आयोगले कर फछ्र्यौट आयोग ऐन, २०३३ को दफा ६