निर्णय नं. २६९७ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २६९७ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४३/०४/१० २३१४ निर्णय नं. २६९७ ने.का.प. २०४३ अङ्क -४ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् ०४२ सालको रिट नं. १४६६ आदेश भएको मिति : २०४३।४।१०।६ मा रिट निवेदक : जि.भक्तपुर गा.पं.चागुँ वार्ड नं.५ बस्ने रामबहादुर तामाङ विरुद्ध विपक्षी : भू.सु.शाखा, भक्तपुरसमेत विषय : उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) आधिकारिक व्यक्तिबाट विषयगत कारवाई किनारा गर्दा छुट्टाछुट्टै (Seperately) मिसिल खडा गरी विवादको निरोपण गर्नुपर्ने । (प्रकरण नं. १२) रिट/निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री विष्णुप्रसाद नेपाली विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्‍न तुलाधर र विद्वान का.मु.सहन्यायाधिवक्ता श्री मोहनमणि दाहाल आदेश न्या.हिरण्येश्वरमान प्रधान : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको रिट निवेदनको संक्षिप्त विवरण एवं जिकिर यसप्रकार छ : २. विपक्षी कृष्णमान श्रेष्ठ र विपक्षी मध्येका चन्द्रमान श्रेष्ठको बाबु जगतमान श्रेष्ठ १ समेत जना दुईका नाममा सगोल दर्ता भएको मालपोत कार्यालय भक्तपुरको लगतमा भ.पु.चाँगु गा.पं.वार्ड नं. ५(ग) कि.नं. ८९ को क्षेत्रफल ६–३–० ऐ.ऐ.कि.नं. ९५ पा.दो. क्षेत्रफल २–७–० ऐ.ऐ.कि.नं. १०५ दो. क्षेत्रफल ४–१–० समेतका तीन कित्ता जग्गा मैले साविक देखिन जोती जोताहा मोहीको प्रमाणपत्र समेत प्राप्त गरेको छु । जग्गावाला जगतमान श्रेष्ठको परलोक पछि निजको छोरा चन्द्रमान श्रेष्ठले जग्गावालाको हक दायित्व बहन गरी आउनु भएको हो । ०४१ सालको गहुँ बालीमा विपक्षी जग्गावालाले जोत बेदखली गरेको हुँदा मिति ०४१।९।११ मा भू.सु. शाखामा मेरो उजूर परेकोमा विपक्षी जग्गावालाहरूले म जोताहा मोहीले २०२४ सालमा जोत छोडपत्र गरेको हुँदा विपक्षी चन्द्रमानको आधा भाग जग्गा धनबहादुर पण्डितलाई विपक्षी कृष्णमानको आधा भाग पद्‌मबहादुर पण्डित क्षेत्रीलाई प्रत्येक कित्ताबाट आधा आधाका दरले कबूलियत गरी कमाउन दिएको हुनाले वेदखली गरेको होइन भनी प्रतिवादी बयान गर्नु भएछ । म निवेदकले उल्लिखित जग्गाका जोत छोडपत्र गरेकोले ०३१ साल देखि कूत कबूलियत गरी कृष्णमानको आधा जग्गामा जोत कायम गरिपाउँ भनी मिति ०४१।१०।१९ मा धनबहादुर पण्डितले निवेदन गरेको तथा विपक्षी चन्द्रमान, कृष्णमान, पद्‌मबहादुर समेत जना ३ ले सोही व्यहोराको कूत कबुलियत बमोजिम पद्‌मबहादुर र धनबहादुरको नाममा संयुक्त मोहियानी कायम गरिपाउँ भन्ने ०४१।१२।४ मा संयुक्त निवेदन परेछ । मैले जोत हक नछोडेको छोडपत्र झुक्याई गराएको भन्ने व्यहोराको प्रतिवाद गरेको थिएँ । छोडपत्र गरी सकेपछि मोही कायम हुन पुनः कानुनी प्रक्रिया अपनाउनु पर्नेमा सो नगरेको समेत हुँदा सजायँ समेत गर्ने गरी विपक्षी भू.सु.शाखाका शाखा अधिकृतले फैसला गर्नुभयो । ३. मिति ०४१।९।११ मा वादी म र प्रतिवादी कृष्णमान, चन्द्रमान बनाई दिएको उजूरीबाट चलेको मुद्दा १, विपक्षी जग्गावालाहरू तथा विपक्षी धनबहादुर पद्‌मबहादुर समेतले जोत कायम गरिपाउँ भनी ०४१।१०।२९ मा र ०४१।१२।१ मा दिएको उजूरीबाट चलेको मुद्दा १ समेतको उजूरी छुट्टाछुट्टै दर्ता भएकोमा ती मुद्दाको मिसिल एउटै मिलाई भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५, २६ अ.बं. १८, १९ र २० को प्रत्यक्षतः उल्लंघन गरी भएको निर्णयमा अधिकार क्षेत्रको दुरुपयोग भएको