निर्णय नं. ८८६२ - आयकर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८८६२ - आयकर भाग: ५४ साल: २०६९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६८/०५/०६ ४६२६ ने.का.प. २०६९, अङ्क ७ निर्णय नं. ८८६२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री भरतराज उप्रेती पुनरावेदन नं. २०६४–CR–०५२९ फैसला मितिः २०६८।५।६।३ मुद्दा : आयकर (आ.व. २०५८/०५९) । पुनरावेदक वादीः ठूला करदाता कार्यालय, हरिहरभवन, ललितपुरको तर्फबाट प्रमुख कर प्रशासक नवराज भण्डारी विरुद्ध प्रत्यर्थी प्रतिवादीः विराटनगर उपमहानगरपालिका, वडा नं ३ स्थित अरिहन्त मल्टी फाइवर्स लि. का सञ्चालक राजकुमार गोल्छा शुरु फैसला गर्ने : प्रमुख कर अधिकृत, ठूला कर दाता कार्यालय पुनरावेदन फैसला गर्ने : अध्यक्ष श्री विनोदकुमार ढुंगेल लेखा सदस्य श्री गणेशकुमार कार्की § मौज्दात रहेको कुनै वस्तु आगलागी वा अन्य कुनै कारणले नोक्सानी भएमा यस्तो वस्तुको बिक्री हुने अवस्था नहुँदा यस्तो वस्तुको बजार मूल्य वा निसर्ग वा बिक्रीबाट प्राप्त हुने रकम वा बिक्री मूल्य पनि शून्य हुने हुँदा आयकर ऐन, २०५८ को दफा १५(२) अनुसार लागत खर्च कट्टी हुने रकम यकीन गर्ने प्रयोजनको लागि यसको बजार मूल्य पनि शून्य हुने हुँदा नोक्सानी भएको मौज्दातको अन्तिम मूल्य र अन्तिम लागत एउटै हुने हुँदा लागत मूल्यलाई नै दफा १५(१) को प्रयोजनको लागि मौज्दात सामानको लागत खर्च वा मूल्य मान्नुपर्ने । (प्रकरण नं.३) § आयकर ऐन, २०५८ को दफा दफा १४(१)(क) र (ख) मा को व्यवस्थाअनुसार व्यवसाय सञ्चालन गर्न भनी लिएको ऋणमा तिरेको वा तिर्न पर्ने भएको ब्याज रकम खर्च कटृा गर्न पाउने सुविधा प्राप्त गर्नको लागि निम्न शर्तहरू पूरा गरेको हुनुपर्नेः (क) जुन आर्थिक वर्षमा ऋण लिएको हो सो ऋण सोही आर्थिक वर्षमा प्रयोग भएको वा सो वर्षमा प्रयोग भएका कुनै सम्पत्ति खरीद गर्न प्रयोग भएको हुनु पर्दछ । (ख) प्राप्त गरिएको ऋण वा यसको दायित्व आफ्नो व्यवसाय सञ्चालन गर्न वा आय आर्जन गर्ने काममा मात्र प्रयोग भएको हुनु पर्दछ । § कुनै ऋणको रकम व्यवसाय सञ्चालन गर्ने काममा प्रयोग नभएको वा आय आर्जन गर्ने काममा प्रयोग नभएको अवस्थामा यस्तो ऋणमा तिरेको वा तिर्न पर्ने भएको ब्याजको रकमलाई आय गणना गर्दा खर्च कटृा गर्न नपाउने भएपछि आफ्नो व्यवसाय सञ्चालन गर्न आफूसँग नगद रकम नभएको भनी कुनै आर्थिक बर्षमा ऋण लिने कुनै व्यक्ति वा करदाताले सोही आर्थिक वर्षमा अन्य कुनै व्यक्ति वा फर्मलाई ब्याज लिई वा नलिई जुनसुकै शर्तमा सापटी वा ऋण दिएको अवस्थामा यस्तो व्यक्तिले प्राप्त गरेको ऋणको रकम पूर्णरुपमा आफ्नो व्यवसाय सञ्चालन गर्न वा आय आर्जन गर्ने कार्यमा प्रयोग भएको छ भनी मान्न नसकिने । § ऋण लिने करदाताले अन्य कुनै व्यक्ति वा फर्मलाई अधिविकर्ष सुविधा वा उधारोमा सामान बिक्री गरेको वा उधारो बिक्री (ऋचभमष्त ीष्mष्त) दिएको अवस्थामा पनि लागू हुन्छ । आफ्नो व्यवसाय सञ्चालन गर्न नगद रकम अपुग भएको भनी ऋण लिने र सो ऋणमा तिरेको ब्याजलाई खर्चमा कट्टी गर्ने वा खर्च कट्टीको दावी गर्ने तर आफूसँग भएको नगद रकम अन्य व्यक्तिलाई कुनै व्यहोराले सापटी दिएको अवस्थामा यसरी सापटी दिएको रकमलाई व्यवसाय सञ्चालन गर्न वा आय आर्जन गर्न प्रयोग भएको रकम भनी भन्न नसकिने । (प्रकरण नं.६) § खर्च कट्टीको लागि दावी गरिएको कुनै खर्चको रकम आय आर्जन गर्ने कार्यको लागि भए गरेको भनेर मात्र हुँदैन । यो कुरा खर्चसम्बन्धी वील, भौचर वा बिक्री वा खरीद सम्झौताबाट निर्विवाद रुपमा समर्थन भएको हुनुपर्दछ । बनावटी