निर्णय नं. ३१३१ - परमादेश वा जुन उपयुक्त हुन्छ आज्ञा आदेश वा पुर्जी जारी गरि पाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३१३१ - परमादेश वा जुन उपयुक्त हुन्छ आज्ञा आदेश वा पुर्जी जारी गरि पाउँ । भाग: २९ साल: २०४४ महिना: असोज अंक: ६ फैसला मिति :२०४४/०५/१४ २४०५ निर्णय नं. ३१३१ ने.का.प. २०४४ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४४ सालको रिट नं. २३४८ विषय : परमादेश । निवेदक :का.जि.का.न.पं. वडा नं. ३२ डिल्लीबजार डेरा गरी बस्ने ठाकुर प्रसाद पन्त । विरुद्ध विपक्षी : श्री ५ को सरकार गृह मन्त्रालय, सिंहदरवार । जिल्ल प्रहरी कार्यालय,कपिलवस्तू । श्री लुम्बिनी अन्चलाधिश कार्यालय,बुटवल । कृष्णनगर भन्सार कार्यालय,कपिलवस्तू । आदेश भएको मिति: २०४४।५।१४।१ मा आवश्यक अनुसन्धानको कार्य पुरा गरी मिसिल तामेलीमा राखिपाउँ भन्ने माग राखी प्रहरी प्रतिवेदन सहितको मिसिल अदालतमा बुझाई सकेको भन्ने देखिन आएको अवस्थामा माग बमोजिम आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री राजाराम कर्माचार्य प्रत्यर्थीतर्फबाट : विद्वान सह-न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट उल्लेखित मुद्दाःX आदेश न्या.प्रचण्डराज अनिलः संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको विवरण संक्षिप्त यस प्रकार छ : २. मिति २०४२।४।१ गते रातको समयमा भ्रष्टाचारको पैसाको निहुँबाट कृष्णनगर भन्सार कार्यालयमा कर्मचारीहरूले आपसमा झगडा गरी मेरो छोरा रामचन्द्र पन्तलाई सुतेको कोठाको ढोका थुनी कुटीपिटी मारेछन्, लाश कहाँ दवाएछन ज्ञात छैन । यस सम्बन्धमा मिति २०४२।४।१८ मा जाहेरी दर्खास्त दिएको थिएँ । साथै यसै विषयमा श्री ५ महाराजाधिराज सरकार र गृहमन्त्रालय समक्ष पनि निवेदन दिएँ । तर आजसम्म ठोस रुपमा अपराधी उपर कारवाही र सजायँ गर्ने तर्फ वादी पक्षबाट तहकिकात र अनुसन्धान गरिएको छैन । ३. मैले पटक पटक चढाएको विन्तिपत्र र निवेदपत्रमा कृष्णनगर भन्सारका अधिकृत इश्वरीप्रसादको सहयोगबाट सोही भन्सारका व.रामगोपाल के.सी., परिचर खगेन्द्रराज शर्मा तथा निजकी श्रीमती समेतले अपराध गरेको हो भन्ने जिकिर गरिरहेको छु । निजहरूलाई प्रहरी कार्यालयले गिरÇतार गरी कारवाही चलाएकोमा कारवाहीको कुनै अंग नै नपुर्याई त्यसै छाडी दिएँ। यसतर्फ गंभिरतापूर्वक छानबीन गरिएको छैन । ऐन र नियमद्वारा निर्देशित कानूनी कर्तव्यको निर्वाह नगरी अपराध छिपाउने दुष्प्रयास भएको स्पष्ट छ । ज्यान जस्तो गंभीर अपराधमा अनुसन्धान तहकिकात एवं अपराधी उपर मुद्दा दायर गर्न विपक्षहरूद्वारा गरिएको अत्याधिक विलम्बले गहन पीडा र मार्का भएको छ । ४. विपक्षीहरूले मेरो छोरालाई मारेको होइन । निज हाल नयाँ दिल्ली भारतमा काम गरी बसेको छ भन्ने कुरा देखाउँदै निजको फोटो समेत जाली बनाई केशलाई शून्य बनाउने कार्य गर्दैछन भन्ने कुरा पनि सुनिएको छ । यथार्थमा मेरो छोराको वास्तविक फोटो यसैसाथ छ कपोलकल्पित अनुमानको भरमा केशलाई दवाउन निश्चय नै मिल्दैन । यस्तो संवेदनशील मुद्दामा वादी पक्षबाट अविलम्ब अनुसन्धान गरिनु पर्नेमा अहिलेसम्म सकारात्मक कारवाही नगरिएको हुँदा नजीर समेतको पूर्णतः अवज्ञा भएको छ । ५. अतः उपरोक्त उल्लेखित कृयाकलापबाट म निवेदकको संविधानको धारा १०(१) द्वारा प्रदत्त मौलिक धारा ११(१) द्वारा प्रदत्त वैयक्तिक स्वतन्त्रताको मौलिक हक समेत कुण्ठीत भएकोले यो निवेदन गर्न आएको छु । कानून बमोजिम अनुसन्धान र तहकिकात गरी अदालतमा प्रहरी प्रतिवेदन दायर गर्नु भन्ने परमादेशको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी ज