निर्णय नं. १९८ - बन्धकी थैली बुझाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९८ - बन्धकी थैली बुझाई पाउँ भाग: ६ साल: २०२० महिना: बैशाख अंक: १ फैसला मिति :२०२०/०३/२८ १९०० निर्णय नं. १९८ ने.का.प. २०२० फुल बेञ्च माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान माननीय न्यायाधीश श्री भगवतीप्रसाद सिंह माननीय न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री माननीय न्यायाधीश श्री वाशुदेव शर्मा माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह दे.फु.नं. ६४ निवेदक, प्रतिवादी : भवीलाल पाध्या विरुद्ध विपक्षी, वादी : झगरी पाध्यानी मुद्दा : बन्धकी थैली बुझाई पाउँ (१) मनासिव माफिकको कारण नभई बन्धकी खाने साहुले जग्गा निखन्न दिन्न भन्न नहुने । तेरो मेरोमा अदालतमा जानु भनी सुनाउनु पर्नेमा मालबाटै निर्णय भयो । मेरो खेत मुरी ३४। समेत किल्ला भित्र परेको छ भन्ने जिकिरका हकमा “साहु म्यादभित्र हाजिर हुन आई मनासिव माफिकको कारण बताई थैली बुझिलिन मुन्जुर नगरे सोही व्यहोराको कागज गराई निखन्न आउनेलाई ३५ दिन भित्र अदालत अमिनीमा नालेस गर्न जानु भनी सुनाउनु भन्ने ०४।४।६ को सनदमा उल्लेख भएकोले माल गोश्वाराले गरेको निर्णय बेठीक भनी भन्न मिलेन । (प्रकरण नं. १४) निवेदक तर्फबाट : प्लिडर मायानाथ विपक्षी तर्फबाट : एडभोकेट कृष्णप्रसाद घिमिरे फैसला १. डिभिजन बेञ्चबाट भएको फैसलाउपर चित्त बुझेन । दोहराई पाउँ भन्ने निवेदकको निवेदनमा सर्वोच्च अदालत नियमावली नियम ६३ को संशोधित उपनियम ४ अन्तर्गत दोहरिने निस्सा भई दायर भएकोबाट दुवै पक्ष राखी पेश हुन आएको प्रस्तुत मुद्दा हेर्दा, २. मेरा एकासगोलका कान्छा ससुरा गोविन्द पाध्याले अन्यायवालाबाट ने.रु. १००१ कर्जा लिई सो वापतमा पदमपाणी जिम्माको निज गोविन्दका नाउँमा दर्ता भएको खेत मुरी ६० मध्ये पूर्व रवीलालको खेत पश्चिम प्रेमनारायणको खेत उत्तर कपले निरादलीको खेत दक्षिण कुलो यति ४ किल्ला भित्रको तिरो रु. १।४२।१ लागेको पिपले भन्ने खेत मुरी ।६।१५ को कित्ता १ पूर्व यामनारायणको खेतसमेत ४ किल्ला भित्रको तिरो रु. ५।६२।३ लागेको पिपले भन्ने खेत मुरी ।२० को कित्ता १ समेत २ कित्ता जग्गा ८३।१२।५ गते घरसारमा भोगबन्धकी तमसुक गरी दिएको सो भोगबन्धकी थैला बुझाउन १७।११।५ गते निज अन्यायवाला कहाँ जाँदा बुझी नलिएकोले उक्त थैली १००१।– दर्खास्तसाथ धरौट राख्न आएकी छु । निज अन्यायवालालाई बुझाई पाउँ भन्ने उजुरी दर्खास्त । ३. ने.रु. १००१ मा भोगबन्धकी लिएको हुँ । निज उजुरवाली मेरा घरमा थैली बुझाउन गएकी थिई । निजको एकाघरसँगको देवर ऋतुनाथ विदेश गएको । निज आई बुझाएमा बुझी लिने थिएँ । निजबाट बुझी लिएमा अर्कैलाई राजिनामा दिने हुनाले बुझी लिन्न भनेको हुँ । झगरीबाट थैली बुझी लिई फट्टा दरपिट गरी दिन मञ्जुर छैन भन्नेसमेत भवीलालको प्रतिवादी सरहको ठाडो कागज । ४. बुझिएसम्मबाट बन्धकी भन्ने कुरामा विपक्ष लाचारैे भएको देखिएपछि बुझी लिन पर्ने थैली विपक्षीले बुझिनदिएकै ठर्हछ भन्नेसमेत १८।४।२४।३ को स्याङ्गजा मालको पर्चा । ५. निज झगरीबाट जालसाजबाट धरौट राखे रखाएको ठेली बुझ्न कर नलाग्नेमा बुझ्नुपर्छ भनी अन्यायमा हराउँदा चित्त बुझेन भन्नेसमेत प्रतिवादी भवीलालको अपील । ६. मुख्य दामकाम गर्ने वादी देखिएकोले इन्साफ शुरु स्याङ्गजा मालको मनासिव भन्ने पं.४ नं. गोश्वाराबाट १८।८।७।४ मा फैसला भएको । ७. आफ्ना घरमा नबसी नाता स्नेहसमेत नपर्ने खेमकान्तको घरमा गई बसेकोले निखन्न दिनु नपर्ने भन्नेसमेत प्र. भवीलालको अपील । ८. प्रतिवादीले मेरो हकको खेत मुरी ३४ को जग्गासमेत किल्ला भित्र बारेको भन्नेतर्फ थैल