निर्णय नं. २६९८ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६९८ - अंश भाग: २८ साल: २०४३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४३/०४/१९ २६३६ निर्णय नं. २६९८ ने.का.प. २०४३ अङ्क -४ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४१ सालको दे.पु.नं. ४२८ फैसला भएको मिति : २०४३।४।१९।१ मा पुनरावेदक/प्रतिवादी : धादिङ जि.नौविसे गा.पं.वडा नं.४ बस्ने श्रीमती केशरकुमारी पाण्डे विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने सरस्वती पाण्डेसमेत मुद्दा : अंश (१) वादी दावी स्वीकार गर्दै प्रतिवाद गरेको हुँदा पिता तथा पतिबाट अंशबण्डा भइसकेको भन्न मिलेन । (प्रकरण नं. १३) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री सुधानाथ पन्त विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री दुर्गाप्रसाद सुब्बा फैसला न्या.प्रचण्डराज अनिल : मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त नबुझी पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादी केशरकुमारी पाण्डेको यस अदालतमा निवेदन परी पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत अंश मुद्दाको संक्षिप्त विवरण यसप्रकार छन् : २. विपक्षी विष्णुप्रसाद हाम्रो पति पिता र केशरकुमारी बुहारी भाउजु हुन् । विष्णुप्रसादका जेठा छोरा देवप्रसाद, माहिलो म दामोदर, साहिलो म सूर्यप्रसाद, काहिलो म श्रीधर र कान्छो म मुकुन्दराज समेत ५ भाइ एकसगोलमा बसी आएका थियौं । नापी आउँदा देवप्रसादले राम्रो र धेरै आफ्नो नाउँमा अरु भाइ र बाबुको नाममा नपाई आमाको नाममा १ रोपनी पनि नपाएको रहेनछ । मिति ०३५।१२।१६ मा देवप्रसादको परलोक भएपछि यही वैशाख १६ गतेदेखि मानु छुट्टि भिन्न खान थालेकोले म सरस्वती र अरु छोरा जेठी बुहारी आफ्नु समेत अंश भाग छुट्याई दिनुहोस् भनी अनुरोध गर्दा जेठी बुहारीकै पक्षमा लागी जति जति दर्ता भएको छ उति जग्गा लिन बाध्य गराउने इच्छा गर्नुभएकोले पृथक पृथक छोराको नाममा नापी भएको भन्दैमा त्यसलाई बण्डा भन्न कानुनले नमिल्ने हुँदा सबैको नाममा नापी भएको जग्गा जमीनको जो जति छ फिराद परेको अघिल्लो दिन सम्मको तायदाती फाँट विपक्षीहरूबाट लिई ७ अंशियार भएको र म मुकुन्दराजको विवाह खर्च परसारी ५ भाग अंश हामीहरूको भाग छुट्याई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. वादीहरू र जेठी बुहारी समेत मेरो समान हुन कसैलाई कमसल र धेर थोर दिने मेरो उद्देश्य नभएकोले नरम गरम मिलाई सबै छोरा बुहारी र श्रीमतीलाई बराबर अंश दिन मञ्जूर छु भन्ने समेत व्यहोराको विष्णुप्रसादको प्रतिउत्तरपत्र । ४. मेरो खसम छँदै वादीहरू एकासगोलमा बस्ने हुँदा ससुरा सासुको २ भाग ससुरा विष्णुप्रसादको भागमा सगोल राखी अरु विपक्षीहरूको र मेरो खसमको पृथक पृथक अंश भाग लगाई ०२६ साल मै छुट्टि बेगल भई आफ्नो आफ्नो अंश भाग आ–आफूले भोग तिरो गरी खाई आएको हुँदा सर्भेमा विभिन्न कित्ता छुट्टाछुट्टै आ–आफ्नो नाममा नापी दर्ता गराई भोग तिरो गरी जग्गाधनी प्रमाण पूर्जा लिई आएका छौं । मेरो खसम देवप्रसादले मकवानपुर मालमा तिरो तिर्नु पर्ने हाडीखोला भन्ने जग्गा विगहा १–१३–४ ०२८।०२९ सालमा राजीनामा गरी लिई खसमको शेषपछि मेरो एकलौटी हक रहेको जमीन हात लाउने उद्देश्यबाट झुठ्ठा फिराद दावी गरेकोले झुठ्ठा दावीबाट अलग फुर्सद भई ०२६ सालमै छुट्टी बेगल भई आ–आफ्नो नाउँमा दर्ता भएको लेखत प्रमाणलाई कायम गरिपाउँ भन्ने व्यहोराको केशरकुमारीको प्रतिउत्तरपत्र । ५. वादी प्रतिवादी ०२६ सालमा छुट्टिएका हुन देवप्रसादले आर्जेको सम्पत्ति खान झुठ्ठा उजूर गरेको हो भन्ने समेत व्यहोराको प्र.केशरकुमारीको सा