निर्णय नं. ३१३२ - उत्प्रेषण मिश्रित परमादेश लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१३२ - उत्प्रेषण मिश्रित परमादेश लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: असोज अंक: ६ फैसला मिति :२०४४/०५/१४ २६०५ निर्णय नं. ३१३२ ने.का.प. २०४४ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४३ सालको रि.नं. २४०० विषय : उत्प्रेषण मिश्रित परमादेश लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक :का.जि.का.न.पं. वार्ड नं. ३ महाराजगञ्ज बस्ने शान्ता गुरुङ । विरुद्ध प्रत्यर्थी : श्री वागमती अञ्चलाधीश कार्यालय, रत्नपार्क,काठमाडौं । श्री मालपोत कार्यालय,काठमाडौं । का.जि.का.न.पं.वा.नं. ३ महाराजगंज बस्ने चम्पादेवी अमात्य । श्री मेन्टिनेन्स नापी शाखा,काठमाडौं । आदेश भएको मिति: २०४४।५।१४।१ मा आफूले हासिल गर्न सक्ने सुविधा उपभोग गरिसकेपछि सोहि निर्णय वा कारवाहीमा विवाद गर्नु (Approbate and Reprobate) सिद्धान्ततः मिल्ने कुरा होइन, मिलापत्रलाई स्वीकार गरी पर्खाल बनाई सकेपछि बाँकी कारवाही अनाधिकृत भन्न नसकिने । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री बद्रिबहादुर कार्की प्रत्यर्थीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल र विद्वान सह-न्यायाधिवक्ता श्री जितबहादुर कार्की उल्लेखित मुद्दाःX आदेश न्या.प्रचण्डराज अनिल: नेपालको संविधान २०१९ को धारा १६।७१ अन्तर्गत परी निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण : २. का.जि.का.न.पं. वडा नं. ३ महाराजगन्जको कि.नं. ११५,११९, १२० तीन कित्ताको जम्मा रोपनी १–१३–० म निवेदकले २०३५।४।२२ मा साविक जग्गा धनी द्वय सुकवीर देवान र राजेन्द्र राईबाट हालैको बकसपत्रद्वारा प्राप्त गरी भोग गरिआएको । ३. विपक्षी मध्येकी चम्पादेवीको पति चिनियामानले कपुरानन्दबाट राजीनमा गरी लिएको रोपनी ०–११–१–० कि.नं. १५० को जग्गा मेरो कि.नं. ११९, १२० संग जोडिएको तर्फ उठेको विवाद अदालतबाट अन्तिम रहेको । शान्ति सुरक्षातर्फ अञ्चलाधीश कार्यालयमा हामी उपस्थित भएका थियौं । ४. कानून बमोजिम मैले कसैलाई हक स्वामित्व नछोडेको अवस्थामा अनाधिकार प्रत्यर्थी अञ्चलाधिश कार्यालयले २०४१।४।२५ को शान्ता गुरुङ र चम्मादेवी समेतका बीच भएको मिलापत्र अनुसार कित्ताकाट गरिदिनु भन्ने आदेश दिएको र सो आधारमा प्रत्यर्थी मेन्टिनेन्स नापी शाखाले सिमांकन र कित्ता फोड गरको, मालपोत कार्यालयले शान्ता गुरुङ र चम्पादेवीको विवाद परेकोले कि.नं. १२० कित्ताफोड भई कायम कि.नं. १९४ शान्ताले रजिष्ट्रेशन पास गरिदिएका बखत चम्पादेवीको नाममा दा.खा. हुने र १९२ यसैमा कायम भनी ०४१।१२।२६ मा मेरो नाउँको लालपूर्जामा जनाएको र मेरा पति २०४१।०४२ को मालपोत तिर्न जाँदा कि.नं. १२० को सट्टा १९४ र १९५ समेतको मालपोल असूल गरेको देखियो । ५. हक स्वामित्व छोड्ने छोडाउने गरी जग्गाको हक बेहक सम्बन्धमा मिलापत्र गराउने, सो आधारमा प्रत्यर्थी मालपोल कार्यालयलाई दाखिल खारेज गर्न आदेश दिने अधिकार प्रत्यर्थी अञ्चलाधीश कार्यालयलाई छैन । अनाधिकार एवं गैर कानूनी उपरोक्त आदेश मानी मालपोत कार्यालयले टिप्पणी उठाएको, मेन्टिनेन्स नापी शाखालाई कित्ताकाट तथा कित्ता फोड गर्नु भन्ने आदेश दिएको समेत गैरकानूनी र प्राकृतिक न्याय सिद्धान्त समेतको आधारमा बदरभागी छ। मिति ०४१।४।२५ को तथाकथित मिलापत्र र सो आधारमा कित्ताकाट गरी लालपूर्जा सच्याउने ०४१।१२।१८ समेतको टिप्पणी आदेशहरू बदर गरी मलाई साविक बमोजिमको लालपूर्